शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • (लघु कथा) छोरीको प्याउते

(लघु कथा) छोरीको प्याउते

  • मङ्लबार, भदौ २, २०७७
(लघु कथा) छोरीको प्याउते

सुरेशकुमार पान्डे।
आफ्नो बंश चलाउँन छोरा पनि ता चाहिन्छन!आखिर यत्रो सम्पत्ति आफ्नो सेक पछि कस्ले खाला?मुख्याले काजी लाई आफ्नो आपबिती सुनाउँछन।उन्का तिन भैनी छोरी पछी एउटा भर्खर छोरा जन्मिएको थियो।त्यसैको खुसिमा आज घरमा भब्य छैटीको कार्य हुँदैछ।
मुख्याको सम्पति त्यो गाउँका सबैको बराबर एक्लैको थियो।उ सारै कन्जुस मान्छे मध्यको भयपनि आज उस्ले छोरा को छैँठी मा कत्ति कसर नछाडी भब्य खर्च गर्दैर्छ।पुरै गाउँका मान्छेहरुको उपस्थिति थियो।उस्ले छोरीहरु जन्मिदा कसैलाई जानकारी पनि गराएन।तिनभैनी छोरिहरु थिए बिहानै उठेर उनिहरुले घरको सबै काम गर्नु पर्थ्यो।नजिकै सरकारी स्कुलमा पढ्न जान्थे तर नियमित त्यो पनि जान सक्दैनथे घरमा काम भयको बेला उनिहरुलाई घरकै काम गर्नु पर्थ्यो।देखावटी रुपमा भयपनि मान्छे ले के भन्लान भन्ठानेर दुईटी छोरी हरुलाई स्कुल पठाउँथे।बिहानै पिस्ने कुट्ने पानी ओसार्ने गाई भैँसीलाई घाँस आदी घरको काम सबै ति छोरीहरुले गर्थे।अहिलेपनि छोरी जन्मिएको भए मुख्याले आर्को बिहेको तैयारी गरेकै थियो। छोरा माथिकी कान्छी छोरी तिन बर्षकी थि त्यो जन्मिदा मुख्या केही दिन सम्म धुरु-धुरु रोएक थियो पछि मुख्खेनीलाई छोरी जन्माई भनेर मरुन्जेल कुटपिट पनि गय्रो।ठुली र माईली छोरी आमालाई नपिट्नुश बुबा बरु हाम्लाई मार्नुश भन्दै रोएका थिए।बल्ल बल्ल त्यो एक मैनाकी सुत्तकेरीलाई पिटेको देख्दा मुख्खे की बृद्धा आमाले मारे धम्काईछन र कुट्न भने छाडेको रैछ।
उ अत्यान्तै रकमि टाईपको ब्याक्ति थियो गाउँलेहरुलाई पनि समय समयमा ठग्ने डाँड्ने मार्ने काम गर्थ्यो।आफ्ना दुईटी छोरीलाई घरमा नोकर राखेको जस्तै कजाई राख्थ्यो।छोरीहरु पनि भगवानकै देन हुँन घरका लक्ष्मि हुन भन्दै तिन भैनी छोरी पछि शुन्दर बाबु जन्मेकोमा बधाई दिए काजीले ।एउटी छोरीले भित्र बाट हुक्काको चिलिम बनाएर मुख्यालाई टकार्छीन देख्नमा शुन्दर मेहनती देखेपछि काजीले मन मनै आफ्नो छोराको लागि मुख्याले दिए पछि बिबहा गर्ने बिचार गर्छन।अहिले बल्ल बाह्र बर्षकी कन्या हो, अर्की दश बर्षकी,उनैहरुले सबै घरको काम गर्थे।
अलि पर एकलाष्टमा एउटा बुकुरो बनाएको देखेपछी काजीले त्यो नानीलाई छोरी त्यँहा को बस्छ भनेर सोद्छन।त्यहाँ हाम्रि दिदी बसेकी थिईन त्यो ता अङकल छाउपिडी हो!उस्ले काजी सँग निर्धक भन्छे।उ भर्खर नौ पुगेर दशमा लागेकी थिई।काजीले त्यो घरको परमपरा को बारेमा बुझ्ने प्रयात्न गर्छन।
काजी अलि प्रगतिसिल उद्धारवादी स्वाभाबका ब्याक्ति हुँन मुख्याका पुराना साथी उनि पश्चिम तिरका बासिन्दा थिए यँहाको रहन सहन भिन्दै देखेर आजको यो एक्किसौ शताब्दीमा पनि आफु कतै पछाडि फर्किएको महेशुर्ष गर्दै थिए।उन्ले महिलाको हक हितको पक्षमा सम्झाउँने गर्थे तर यँहा ता कागलाई बेल भने झैँ पो रैछ।
यँहा महिँलाहरु लाई अहिलेपनि रस्वलको समय छाउगोठमा राख्ने चलन थियो।हुँन ता नेपाल भरीमा नै अलग बस्ने चलनत छँदैछ।
छैठीको यो कार्यक्रम सकिएपछि मुख्या सँग बिदा भयर काजी जान्छन। नानु मलाई अलि पर सम्म बाटो देखाई देउ त भन्दै माईली छोरीलाई सँगै ल्याएका थिए।बाटामा एउटा टपरीमा अछेता अनि धजा राखेको देख्छन यो केको लागि होला?उन्ले आश्चार्या हुँदै सोध्छन।उन्लाई अलिपर सम्म छोड्न आएकी छोरीले अंकल यो तल्ला घरकी बोई बिमारी हुँनु हुँध्यो हिँजो झाँक्रि बसेका नजीकै को उन्कै आफ्न्ति पर्ने बोक्सी लागिछन त्यसैले उन्लाई भगाउँन धनु लगाएकाछन ति हेर्नुश त धनु!भन्दै एउटा बाँसको लाठि देखाउँछिन।यो काजी वास्तबमा उन्को नाम थियो उनि एउटा स्कुलमा प्राध्यपक थिए।यँहाको बाताबर्ण देखेर उन्लाई नेपालको भबिस्यको बारेमा चिन्ता लाग्यो।आजपनि हाम्रो देशमा बोक्सी प्रथा छाउपिडी जस्ता सामाजिक कलंक छता छुल्लैछन।यस्ता स-साना बाल बालिका हरुलाई यस्तो सामाजिक शिक्षाले देशलाई कुन दिशा तिर डोराउला भन्दै मनैमन सोँचेकाछन।
छोरीहरुलाई कुनै कदर छैन छोराको सम्मानमा यति ठुलो भोज भतेर छ अनि त्यो बाह्र बर्षकि बच्चिलाई रस्वालको समयमा त्यो छाउ गोठ छि .कस्तो मानव बिहिन समाज हो यो भन्दै मनैमन काजीले त्यो बच्चिलाई खुब पढे छोरी भन्दै बिदा हुँन्छन।
एका तिर घरको सबै रेख देख र कामको जिम्मा छोरीलाई अर्को तिर अंश र बशं चलाउँन छोरा न भै नहुँने।छोरीलाई आजपनि अपमान अनि सामाजिक बेडीमा जक्डिएर उन्को प्रतिभालाई कुन्ठीत पार्ने यो समाज कदापी ठिक हुँन सक्दैन भन्दै गन गन गर्दै अगाडि बढ्छन।१८-०८-२०२०,(कथा काल्पनिक हो यस्का पात्रका नाम काल्पनिक हुँन।)

चर्चामा

सम्बन्धित समाचार