शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • च्याउ खाँदा दाजुभाईको मृत्यु , ३ जना बिरामी

च्याउ खाँदा दाजुभाईको मृत्यु , ३ जना बिरामी

  • मङ्लबार, भदौ २, २०७७
च्याउ खाँदा दाजुभाईको मृत्यु , ३ जना बिरामी

प्यूठानमा विषालु च्याउ खाँदा दाजुभाइको मृत्यु भएको छ । एकै परिवारका तीन जना विरामी परेका छन् ।

जंगलमा पाइने विषालु च्याउ खाँदा नौवहिनी गाउँपालिका ६ ढाखोलाका १५ वर्षका सुरेश घर्ती र उनका भाइ १३ वर्षका सुगम घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

नौबहिनी गा.पा.६ ढाखोला बस्ने बर्ष ३५ को बिष्णु घर्तिले जंगली बिषालु च्याउको तरकारी पकाई खादाँ झाडापखाला लागी घरका ५ जनाको परिवार सिकिस्त बिरामी भएको भएको थियो ।

बिरामीहरुलाई उपचारको लागी जिल्ला अस्पताल बिजुवार प्यूठान पठाएकोमा ५ जना परिवार मध्ये २ जनाको बाटोमै मृत्यु भएको र अन्य बिरामीहरुको जिल्ला अस्पताल बिजुवार प्यूठान उपचार हँुदै जिल्ला प्रहरी कार्या प्युठानले जनाएको छ ।

प्यूठान नौबहिनी गा.पा.६ ढाखोला बस्ने बर्ष ३५ को बिष्णु घर्ति ,उनकी श्रीमती बर्ष ३४ कि लिला घर्ति र छोरा बर्ष १६ को शसि घर्तिको उपचार हुदै गरेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार