शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • कोरोनाबाट नेपालगन्जमा एकको मृत्यु

कोरोनाबाट नेपालगन्जमा एकको मृत्यु

  • मङ्लबार, भदौ २, २०७७
कोरोनाबाट नेपालगन्जमा एकको मृत्यु
फाइल फाेटाे

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका-५ का ६२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार सोमबार राति ११ः४० बजे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

३० साउनमा कोरोनाको लक्षण देखिएपछि ३२ साउनदेखि उनी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएका थिए । उनमा निमोनियाका देखिएको अस्पताललाई फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।  सोमबार दिउँसो उनको स्वाब संकलन परीक्षण गरिएको थियो । योसँगैै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ।

चर्चामा

सम्बन्धित समाचार