बिहिबार, बैशाख १३, २०८१

अप्राध (लघुकथा)

  • सोमवार, भदौ १, २०७७
अप्राध (लघुकथा)

सुरेशकुमार पान्डे।
बहुदुर छिट्टै आईज!दोकानमा ग्रहाक बसेकाछन तँ घर आएर बसेको छस।नोकरी गर्ने मन छैन क्याहो?मालिकले बाटैमा मोटर साईकल रोकेर कराउँछ।डोरे बहादुरले भर्खर क्वाटरमा आएर नुहाउँन थालेको थियो दिउसोको तिन बजि सकेको थियो।साबित्री बाहिर हेर तो साहिद मालिक कराई राखेकोछ!डोरेले बाथरुम बाटै आफ्नो स्वास्नीलाई भन्छ।कराए पनि मैले के भनम त?उस्ले भनेको मैले बुझ्दैन मैले भनेको उले बुझ्दैन!साबित्रीले भन्छे।जाउ नाउँदैछ भन्दिउ दैलो खोल्दिउ भित्र बस्न भने!भन्छ उस्ले सरिरमा साबुन लगाएको थियो।साबित्री भर्खर गाउँ बाट आएकी उस्लाई हिन्दी बोल्नै आउँदैनथ्यो।

तै पनि दैलो खोलेर बाबु जी भित्र आउ!उनि नाउँदैछन भनी।उ ले अलीबेर साबित्रीलाई खुट्टा बाट टाउका सम्म नियाल्छ।बहादुरले नाहुँन लागेको कुरा चाँहि बुझ्यो।अलीबेर साबित्री लाई नियालेर खिसिक्क हाँस्छ साबित्रीले कुरा नबुझी हाँस्दै लाजले भित्र पस्छे।दैलो खुल्लै थियो त्यो मोटर साईकलमै उभिएकोछ।डोरेले हत्तपत नुहाएर भाईर आउँछ ढोकाको सामन्ने मालिक उभिएको देखेपछि भित्र बोलाउँछ!मालिक भित्र पसेर कोठा तिर नियालछ त्यँहा एउटा खाट बिछेको थियो।नजिकै कुर्चीमा बस्न डोरेले ईसारा गर्छ।

मालिक बस्छ कोठामा दुई चारौटा भाँडा र एउटा स्टोब थियो साथै तिखा तिखा सरिया हरु चिम्टा एउटा कुनामा थन्केका थिए।पहिले यँहा दुई तिन जाना छाडा केटाहरु बेटर पार्टिमा कामगर्ने बस्थे डोरेले साबित्रीलाई घरबाट ल्याईपछि उनिहरु अन्तै बस्नथाले।बहादुर भाबि त खुबै शुन्दर भेटाएछस नी !भन्दै मालिकले ठट्टा गर्दै थियो।साबित्री देख्नमा अति शुन्दर थी मालिकले देखेपछि मालिकको नियतमा खोट पलायो।उ जति बेर त्यँहा बसेकोथियो साबित्री तिरै नजर थियो।
डोरेले हतपत्त तैयार हुन्छ अनि बस तीमि यो लिन आएकोछ जान्छु भन्छ अनि मालिकको पछाडि बसेर जान्छ।

डोरे होटेलमा कुक थियो उस्ले तन्दुरमा कुखुरा बनाउँथ्यो।कुक को काम सबै गर्न जानेको थियो।केहि बर्ष बाट उस्ले यँहा काम गर्थ्यो र कतै बुकिङ्गमा पनि जान्थ्यो।मासु पकाउँन उ स्पोट थियो।देख्नमा होँचो होँचो फुच्चे भयपनि काम मा फुर्तिलो डोरे एउटा निडर ब्याक्तिहो।साँज काम सकेपछि मालिकले बहादुर घर जाँदा हाम्रो भाबी लाई खाना यतै बाट लिएर जानु हैँ बिचारी एक्लैले किन पकाउँन पय्रो भन्छ।डोरेले पनि ठिकै ता हो नी भन्ठानेर आफ्नो खानापनि सँगै प्याक गरेर लिएर जान्छ सँगै खान्छन।
यसरी बिस्तारै दिन बित्दै जान्छन।मालिकले पनि आफु जाँदा सँगै मोटर वाईकमा छोड्ने ल्याउँने गर्न थाल्यो।डोरेको मालिक नजिक्किएको देख्दा होटेलमा पनि केटाहरूले ठट्टा गर्न थाले।साँझमा कहिले कसो आफुले खाँदा बहादुरलाई पनि एक प्याक दिनथाल्यो।उति बेला धेरै जसो मान्छे असँगठित हुन्थे संगठन को प्रचारपनि त्यँहा पुग्न सकेको थिएन।मालिक यसरी नजिक्किनुको कारण डोरेले आफुले गरेको कामलाई संझन्थ्यो तर उस्को ठम्माई गलत थियो मालिकको कुनियत उस्कि स्वास्नीतीर थियो।
हिँजो आज त रक्सी दिनौ पिउँन थाल्नु भयोकोछ नी हजूरले?साबित्रीले आश्चार्या हुँदै सोध्छे।होईन त्यसो त मालिकले आफै दिउसभरी काम गर्छस थाकेको ज्यानलाई साँझमा एक दुई प्याक पिउ भनेर दिन्छ।आफ्नो पैसाले किनेर खाएको होईन!डोरेले सफाई दिन्छ।कैले कसो ता केहि भैन हजूरले त दिनौ पिएरै आउँनु हुन्छ!सुन्नुसतो मलाई त हजूरको मालिकको पनि ब्यबहार कस्तो कस्तो लाग्छ।साबित्रिले सिरियस भयर भन्छे।उनिहरु दुबै जनाले खाना खाँदै कुरा गर्छन।किन र?तिमिलाई केही भन्योर उस्ले!डोरेले सोध्छ।होईन मलाई त के भन्ने केहि बोलेको बुझ्दैन मैले,भनेर खिसिक्कै हाँस्छे।त्यसो केहि होईन उस्का पनि बाल बच्चा छन परिवार वाला हो भन्दै एक प्याक लगाउँछ।साबित्रीले जनजाती भयपनि पिउँने बानी छैन डोरेले जनजाति भयरपनि नपिउँने भन्दै धेरै कोसिश गय्रो तरपनि चाख्नपनि मानिन।केहि भनेपछि मलाई भनिहाले नडराईकिन भन्दै सम्झाउँछ।
खै मैले हिन्दी भाषा जानेकी छैन कहिले कसो बाहिरै बाट आउँदा जाँदा खिसिक्क हाँस्छ मुखमा हेरेर मलाई भने लाज लाग्छ भित्र गर्किन्छु!साबित्रीले भन्छे।कतै नेपाली हरु बस्ने तिर लगेर छाडेपनि ता हुन्थ्यो कहिले काँही!साबित्रीले याचना गर्छे।
डोरेलाई भने कतै राम्रो समाजको नजिक कहिले गयको पनि छैन पहिले बुकिङ्ग बिहेका पार्टीमा कुकको काम गर्थौ ।अहिले साबित्री आएपछि कतै जाने मनले मान्दैन तर रक्सि र मासु भने दिनौ खाएको हुँन्छ।यसरी समय बित्दै जान्छ।होटेलका केटाहरुलेपनि कोखे नजरले हेर्दा डोरेलाईपनि अर्कै अर्कै अनुभव भयको छ।
बहादुर आज तेरा घरमा पार्टी खानेहो मालिकले भन्छ।हौश आउँनुसन मैले कहिले मनागरेको छुँर डोरेले हाँसोगरेको जस्तै मानेर भन्छ।नत्र यँहि होटेलमै बनाउँला भनेर डोरेले भन्छ।मालिक एकछिन सोँचेको जस्तो गर्दै ओहो यँहा ता हुँदैन तेरै घरमा गर्नु पर्छ।मालिकले भन्छ।बाबु जी आखिर केको पार्टी ?डोरेले सोध्छ।बिर्सि सक्यो तेरो बिहेको पार्टी !मालिकले भन्छ।आखिर पार्टीको तैयारी हुन्छ।सबै होटलमै तैयार गराएर रक्सी अनि तन्दुरी कुखुरा लगायतका आबस्याक समान लिएर डोरे ले घरमा राख्छ।साबित्री का केहि दिन पहिलेका कुरालाई डोरेले बिर्सिएको थिएन।उस्लाई पनि मालिको नियतको बारे थोरै भनक भयको थियो।
रात्रि को भोजमा सबै होटेलका तिन जना र डोरेका दुई जना गरी पाँच जना थिए मालिकले बिभिन्न बहानामा होटेलका दुई जनालाई खाना ख्वाएर होटेलमा पठाई दिन्छ।आफु डोरेका घरमा डोरे सँग बसेर रक्सि पिएकै थियो राती अबेरा सम्म,उस्को नजर साबित्री तिरै थियो तर डोरेको नजर मालिक तिरै थियो।भाबी जी भन्दै कहिले गाला मसार्ने कहिले आँखा सन्काउँने गर्न थाल्यो।साबित्रीले लजाएर केहि भन्न सक्नु हुँदैन यस्लाई भन्दै आफ्नो लोग्ने तिर जर्किन्छे।साबित्री यस्लाई केहि भन्ने होईन केहि गर्ने हो भन्छ।रात छिप्दै गएको थियो बाहिर कुकुर हरु पनि सुति सकेका ले अहिले भुक्न छाडेका थिए!डोरेले जानेर रात छिप्पाउँदै थियो।
मालिकले डोरे लाई यो जाबो फुच्चेले केहि गर्न सक्दैन भन्ठानेको थियो।बहादुर भाबिलाई सम्झा आज म आएको छुँ!भन्छ उस्लाई रक्सि पुरै लगेको थीयो जीब्रो लटपट-लटपट राम्ररी लाग्न छाडेकोछ।डोरेले आफ्ना र साबित्रीका लुगा समान सबै एउटा झोलामा प्याक गर्दै थियो,साबित्रीले कुरा बुझ्न सकेकी छैन।मालिकले साबित्रीको हातमा छोप्छ र आफु तिर तान्छ।त्यही मौकामा डोरेले उस्को मुख बान्दिन्छ।अनि सरियाले धमा-धम कयौँ बार गर्छ यति गोब्छ कि जब हम्म मालिककले प्राण न त्याग्दा सम्म हानेको हानेई गर्छ।

मालिक मर्छ उस्लाई टुक्रा -टुक्रा पारेर बोरामा हाल्छ र कोठामा ताला लगाउँछ।त्यो भित्र लेख्छ!”गोर्खाली बफादार र पहेरेदार मात्र हुँदैनन,आफ्नो ईज्जतका लागी महाकाल पनि हुन्छन।मेहनत गरेर खानेहरु आफ्नो ईज्जतलाई प्राण भन्दा प्यारो ठान्छन।यसले गरेको गलतिको सजाएपनि एसै लाई मिल्यो।,”उनिहरु दुबैजना काँहा गए त्यो कसैलाई थाहा भयन दुई दिनपछि मालिकको लाश बोरामा भेट्टिन्छ।तर वास्तबमा सजाय कस्लाई मिल्यो त्यो भने बिचारणिय प्रश्न थियो।(यो कथा काल्पनिक हो कथा सँग कसैको निजि जिवन वा नाम मिल्न गयमा मात्र सञ्जोग हुँनेछ कृपया हत्या र हिँशामा कसैको भलो हुँदैन र यो जुन सुकै अबस्थामा पनि एउटा अप्राधनै

चर्चामा

सम्बन्धित समाचार