बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • प्रदेश ७
  • सवारी पास बन्द भएपछि सरकारी गाडी र एम्बुलेन्स यात्रु ओसार्न प्रयोग

सवारी पास बन्द भएपछि सरकारी गाडी र एम्बुलेन्स यात्रु ओसार्न प्रयोग

  • आइतवार, साउन ३२, २०७७
सवारी पास बन्द भएपछि सरकारी गाडी र एम्बुलेन्स यात्रु ओसार्न प्रयोग

धनगढीः सुदूरपश्चिम प्रदेशमा सरकारी गाडी र एम्बुलेन्स लगायतका सवारी साधनको दुरुपयोग गर्ने क्रम बढेको छ। सरकारले कोरोनाको जोखिमका कारण जिल्ला प्रशासन कार्यालयबाट वितरण हुँदै आएका सवारी पास बन्द गरेपछि सरकारी गाडी र एम्बुलेन्सको दुरुपयोग बढेको छ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयबाट वितरण हुँदै आएका सबै प्रकारका सवारी पासमा रोक लगाएपछि सुदूरपश्चिममा सरकारी गाडी र एम्बुलेन्सहरुको दुरुपयोग बढेको हो। प्रदेशको अस्थायी राजधानी धनगढी सहितका जिल्लामा यात्रुहरुलाई ओसार्न एम्बुलेन्स र सरकारी गाडीहरुको प्रयोग हुन थालेको छ।

सवारी पास वितरणमा रोक लागेपछि तीन दिनको अवधीमा यात्रुहरु ओसार्ने तीन वटा एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिईसकेको छ। ३० गते राती प्रहरीले गेटाबाट ११ यात्रु सहित जिल्ला अस्पताल डोटीको एम्बुलेन्स समेत नियन्त्रणमा लिएको थियो।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख ट्राफिक प्रहरी उपरिक्षक लोकेन्द्रबहादुर श्रेष्ठले अहिले सम्म यात्रु ओर्सान प्रयोग गरिएका तीन वटा एम्बुलेन्स नियन्त्रणमा लिएर सम्झाई बुझाई छाडिएको बताए।

बिरामीको बाहाना बनाएर एम्बुलेन्स चालकहरुले एक ठाउँबाट अर्को ठाउँ सम्म यात्रु ओसार्न थालेपछि कोरोनाको जोखिम बढेको छ। बिरामीलाई अस्पताल सम्म पुगाएपछि एम्बुलेन्सहरुले यात्रु खोज्दै उनीहरुबाट मोटो रकम असुलेर गन्तव्य सम्म पुगाउने गरेका आरोप लागेको छ तर एम्बुलेन्स चालकहरु भने उक्त कुरा स्वीकार गर्न तयार छैनन्।

सुदूरपश्चिम एम्बुलेन्स चालक संघका अध्यक्ष लक्ष्मण सिहले यात्रु ओसारेको भन्ने कुरामा सत्यता नभएको दावी गरे। उनले बिरामी मात्र नभएर एम्बुलेन्समा उनीहरुका आफन्त समेत आउने जाने भएका कारण यात्रु हुन की भन्ने पर्न गएको जनाए।

स्थानीय तह, प्रदेश सरकार, संघिय सरकार लगायतका निकायका सरकारी गाडीहरु समेत सवारी ओसार्न प्रयोग भईरहेको आरोप लागेको छ। तर प्रहरीले भने सरकारी गाडी दुरुपयोग भएको नभेटिएपनि चेकजाँचमा कडाइ गरेकाले त्यसो भेटिए कारवाहीको दायरामा ल्याईने जनाएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले गृह मन्त्रालयको निर्देशन पालन गर्न अर्को आदेश नभए सम्मका लागि सवारी साधनको चेकजाँचमा कडाई गरिएको बताए।

उनले एम्बुलेन्स मात्र नभएर सरकारी गाडीमाथि समेत निगरानी बढाईएकाले दुरुपयोग गरेको भेटिए कारवाहीको दायरामा ल्याउने बताएका छन्। #दिनेश खबरबाट

चर्चामा

सम्बन्धित समाचार