शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • बाढीपिडितका लागि नेबिसंघ बाजुरा काठमाडाै सम्पर्क समितिद्धारा राहत संकलन शुरु

बाढीपिडितका लागि नेबिसंघ बाजुरा काठमाडाै सम्पर्क समितिद्धारा राहत संकलन शुरु

  • आइतवार, साउन ३२, २०७७
बाढीपिडितका लागि नेबिसंघ बाजुरा काठमाडाै सम्पर्क समितिद्धारा राहत संकलन शुरु

काठमाडाै/ बाजुरामा आएको बाढीपहिरोका पिडितका लागि नेबिसंघ बाजुरा काठमान्डौ सम्पर्क समितिले राहत संकलन अभियान सुरु गरेको छ । समितिले बुधबार काठमाडाैमा समितिका पदाधिकारीहरुको बैठकले राहत संकलन थालनी गरेको समितिका अध्यक्ष चन्द्र बहादुर रावतले वताएका छन।

अभियान अन्तरगत शनिवार नेबिसंघ बाजुरा काठमान्डौ सम्पर्क समितिका सचिब तथा युवा व्यवसायी थुमराज उपाध्यायले ५ हजार १, नेपाली काङ्ग्रेस बाजुराका सचिब रनसिँह एेडिले ३ हजार १ सय, नेपाली काङ्ग्रेस बाजुराका युवा नेता तथा व्यवसायी प्रेम नाथले ५ हजार १ सय, नेपाली काङ्ग्रेस बाजुराका नेता पदम बहादुर नेपालिले ५ हजार १ सय, बडिमालीका ट्रेडिङ ईन्टरप्राईजेजका संचालक राजेन्द्र खत्रीले ५ हजार १ सय आर्थिक सहयोग गरेका छन्।

राहत संकलन अभियानको आरम्भ कार्यक्रममा नेपाली काङ्ग्रेस बाजुराका सभापति कविराज पण्डित, पुर्व भुमिसुधार सहायक मन्त्री जनकराज गिरी, नेपाली काङ्ग्रेसका युवा नेता ब्रद्री पाण्डे, महासमिति सदस्य नेता पदम बहादुर शाहि, नेपाली काङ्ग्रेस बाजुरा सचिव रनसिहबहादुर अयडी,ने बि संघ बाजुरा काठमान्डौ सम्पर्क समितिका पुर्व अध्यक्ष तथा ने वि संघ बाजुरा काठमान्डौ सम्पर्क समिति सल्लाहकार समितिका संयोजक जगतजंग बम, सल्लाहकार समिति सदस्य गंगाराम न्यौपाने ,निर्प कार्कि, गणेश राज पण्डित र युवा नेता ताल बहादुर रावत लगाए अग्रजहरुको सल्लाहमा यो कार्यक्रमको सुरुवात गरिएको सम्पर्क समिति उपाध्यक्ष भरत राज जोशिले वताएका छन् ।

शनिवार सुरु गरेको अभियान बिभिन्न स्थानबाट राहत संकलन गरी भाद्र दोस्रो साता बाडिपिडितहरुलाई हस्तान्तरण गरिने सम्पर्क समितिका सचिब थुमराज उपाध्यायले वताए । बाढीपहिरोले बाजुराको गौमुल गाउँपालिका, बडिमालिका नगरपालिका, बुढीगंगा नगरपालिका र त्रिबेणी नगरपालिकाका लगाएत अधिकांश क्षेत्र बाढी तथा पहिरोका कारण जनता प्रभाबित भएका छन् ।

बुढिगंगा नदिमाआएको बाढिले साफे मार्तडी सडक पर्ने जडाङ्गाको बेलीब्रिज समेत बगाएको छ । अहिले बाजुरा सदरमुकाम जाने समेत सडक सम्बन्ध समेत अबरुद्ध भएको छ । बेलीबिज्र बगाए सँगै सदरमुकाम मार्तडी सम्मको सडक यातायात सम्पर्क टुटेको छ । बुढिगंगा नदिमाआएको बाढिले नदिमा रहेका ५ वटा झुलङ्गे पुल बगाएको छ ।

बाजुराको मुख्य राजमार्ग साफेँ मार्तडी सडक खण्डपनी क्षदबिक्षेद भएको छ । सोे सडकको ६०/६२ ठाउँमा पहिरो गएका छन । पुल बगाँउदा एक गाँउ बाट अर्को गाँउको आवतजावत सँगै सम्पर्क बिक्षेत भएको छ । मुख्य सडक खण्डमा रहेका दुईवटा पुल बगाइ सकेको छ । ताप्रिसेरामा रहेको पक्किपुल २ हप्ता पहिला बगाएको थियो भने बेलिब्रिज गत आईतवार राति बगाएको छ ।

चर्चामा

सम्बन्धित समाचार