बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • पहिरोले घर पुरिँदा दुई बालकको मृत्यु

पहिरोले घर पुरिँदा दुई बालकको मृत्यु

  • शनिबार, साउन ३१, २०७७
पहिरोले घर पुरिँदा दुई बालकको मृत्यु

बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा घर माथिबाट आएको पहिराले घर पुरिँदा दुई बालकको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–५ बस्ने हिराबहादुर विकका १४ वर्षीय छोरा वीरेन्द्र विक र ६ वर्षीय नाति प्रवेश विकको पहिरामा पुरिएर मृत्यु भएको हो ।

सोही पहिरामा परी ५३ वर्षीया दिलसरा विक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि बुर्तिबाङ ल्याइएको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए । सोही घरमा रहेका अन्य तीन जनाको भने सकुशल उद्धार गरिएको उनले बताए ।

राति २ बजेको समयमा आएको पहिराले हिराबहादुर विकको घर पुरेको हो । मामाघरमा बस्न आएका प्रवेश शुक्रबार साँझ मामासँग छुट्टै कोठामा सुतेका थिए । घरमाथिबाट आएको पहिराले घर बगाएको छ ।

चर्चामा

सम्बन्धित समाचार