बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका एक पुरुषको मृत्यु

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका एक पुरुषको मृत्यु

  • आइतवार, साउन २५, २०७७
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका एक पुरुषको मृत्यु

धनुषामा कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका एक पुरुषको मृत्यु भएको छ । केही दिनदेखि रुघाखोकी, टाउको दुख्ने जस्ता लक्षण रहेको पुरुषको आइतबार विहान मृत्यु भएको हो ।

मिथिला विहारी नगरपालिका वडा नम्बर ५ घर रहेका पुरुषको मृत्यु भएपछि उनको शव व्यवस्थापनका लागि नेपाली सेनाको टोली गएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

जनकपुर स्थित विनयतारा फाउण्डेशनमा सेक्युरिटी गार्डको रुपमा विगत ५ महिनादेखि काम गर्दै आएका सो पुरुषलाई करिब एक सातादेखि रुखाखोकी, टाउको दुख्ने लगायतको समस्या रहेको मिथिला विहारी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विनोद मण्डलले जानकारी दिए ।

उनले भने– ‘उनी दैनिक आफ्नो गाउँ ललियाबाट कामका लागि जनकपुरधाम आवत जावत गर्दै आईरहेका थिए । यद्यपि आफू अस्वस्थ रहेको कुरो कसैलाई बुझ्न उनले दिएको थिएन ।’

यता मृतकको शव अहिले पनि विनयतारा फाउण्डेशनमै रहेको छ । उनको शवको व्यवस्थापन र शव संकलनको कार्य प्रकृया अगाडी बढाइएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए । उनका अनुसार मृतकको स्वाब संकलनसंगै कन्ट्याक्ट ट्रेसिङको कार्यसमेत अघि बढाइनेछ ।

चर्चामा

सम्बन्धित समाचार