बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • कोरोनाबाट पोखरामा एक पुरूषको मृत्यु, मृतक संख्या ७४ पुग्‍यो

कोरोनाबाट पोखरामा एक पुरूषको मृत्यु, मृतक संख्या ७४ पुग्‍यो

  • आइतवार, साउन २५, २०७७
कोरोनाबाट पोखरामा एक पुरूषको मृत्यु, मृतक संख्या ७४ पुग्‍यो

कोरोना भाइरसको संक्रमणबाट पोखरामा एक पुरूषको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको कोभिड-१९ उपचार केन्द्रमा साउन १७ गतेदेखि उपचार गराइरहेका पोखरा महानगरपालिका वडा नम्बर १९ निवासी ६२ चर्षीय एक पुरूषको मृत्यु भएको हो।

प्रतिष्ठानद्वारा आइतबार जारी विज्ञप्तिमा संक्रमित ती पुरूषको शनिबार राति ११:३५ बजे ज्यान उएको हो। प्रतिष्ठानले मृतक डायाबिटिजबाटसमेत पीडित रहेको जनाएको छ। मृतक उपचारका क्रममा प्रतिष्ठानमा मृत्यु हुने तेश्रो व्यक्ति हुन्। योसँगै कोरोनाका कारण नेपालमा हुने मृत्यु हुनेको संख्या ७४ पुगेको छ।

चर्चामा

सम्बन्धित समाचार