बिहिबार, साउन २९, २०७७
  • होमपेज
  • समाज
  • आर्यघाटबाट जलाउन लागेको शव बरामद, छोरा पक्राउ

आर्यघाटबाट जलाउन लागेको शव बरामद, छोरा पक्राउ

  • आइतवार, साउन १८, २०७७
आर्यघाटबाट जलाउन लागेको शव बरामद, छोरा पक्राउ

प्रहरीले पशुपति आर्यघाटमा जलाउन लागेको शव बरामद गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले ललितपुर गोदावरीका ५० वर्षका कृष्ण नेपालीको शव बरामद गरेर उनका छोरा ३० वर्षका सन्तोष नेपालीलाई पक्राउ गरेको हो ।

हत्या भएको आशंकामा शव बरामद गरेर अनुसन्धान सुरु गरेको ललितपुरका डीएसपी सन्तोष तामाङले जानकारी दिए । प्रहरीका अनुसार गत बिहीबार राति रक्सी खाएका बेला कृष्ण र छोरा सन्तोषबीच झगडा भएको थियो । त्यसै क्रममा सन्तोषले बाबुमाथि कुटपिठ गरेका थिए । बिहान बाबु बेहोस देखेपछि सैनिक अस्पताल छाउनीमा उपचारका लगी लगेका थिए । तर अस्पतालले मृत घोषणा गर्‍यो ।

दाह संस्कारका लागि शव आर्यघाट लगिएपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए । गाउँलेको सूचनाका आधारमा शव बरामद गरेर अनुसन्धान थालेको प्रहरीको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार