शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • कैलालीमा बाढीपीडितको सडकमा बास, दुई हजार परिवार घर फर्कन सकेनन

कैलालीमा बाढीपीडितको सडकमा बास, दुई हजार परिवार घर फर्कन सकेनन

  • शनिबार, साउन १७, २०७७
कैलालीमा बाढीपीडितको सडकमा बास, दुई हजार परिवार घर फर्कन सकेनन

कैलालीमा बाढीपीडित परिवारको सडकमै बास भएको छ। बढीले विस्थाापित भएको चार दिन पुगेपनि अधिकासं परिवार घर फर्कन पाएका छैनन्।

जिल्ला प्रहरी कार्यलय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जिल्लाको भजनी नगरपालिकाका मात्रै १८ सय परिवारले अझै घर फर्कन नपाएको बताए।

‘बाढीबाट विस्थापितहरु अधिकास अहिले पनि हुलाकी सडकमै बसिरहेका छन्,’ प्रहरी नायव उपरिक्षक विष्टले भने, ‘केही पानी घटेको छ तर अहिले नै घर फर्किने अवस्था छैन्।’

हुलाकी सडकको भजनी नगरपालिकाको कृष्ण नगरदेखि सोनहाफाँटासम्मको उच्च स्थानमा बाढी पीडित विस्थापित परिवार बसिरहेका छन्। हुलाकी सडक नै आफूहरुको सुरक्षित स्थान भएकाले सबै जसो हुलाकी सडकमा आएर बसेको स्थानीयले बताएका छन्।

विस्थापित भएको चार दिन पुगेपनि राहत सामाग्री नपाएको गुनासो उनीहरुको छ। यस्तै भजनी नगरपालिकामा बाढीले बगाउँदा बेपत्ता भएका तीनै जनाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी विष्टले भजनी–८ का २५ वर्षीय चन्द्र विक र ४० वर्षीय ईश्वरी शाहको शव पथरिया र काडा नदीको दोभान छेउमा शुक्रबार दिउँसो फेला परेको बताए।

११ वर्षीया बालिका स्केल चौधरीको शव घरबाट १ किलोमिटर जनकपुर गाउँको खेतमा बिहीबार साँझ फेला परेको थियो।

मंगलबारदेखि रातिदेखिको लगातारको वर्षाले कैलालीको पूर्वोत्तर क्षेत्रमा पर्ने भजनी, जोशीपुर, जानकी नगर, टिकापुर डुबानमा परेको थियो।

चर्चामा

सम्बन्धित समाचार