बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • नरैनापुर गाउँपालिका बिपत ब्यबस्थापन सदस्यले गरे ब्यबस्थापनको रकम फेर्ता

नरैनापुर गाउँपालिका बिपत ब्यबस्थापन सदस्यले गरे ब्यबस्थापनको रकम फेर्ता

  • आइतवार, साउन ४, २०७७
नरैनापुर गाउँपालिका बिपत ब्यबस्थापन सदस्यले गरे ब्यबस्थापनको रकम फेर्ता

 बाँके जिल्ला नरैनापुर गाउँपालिकाका एक जना सदस्यले क्वारेन्टाइन ब्यबस्थापनमा खटनपटन गरेको भन्दै आएको पैशा फेर्ता गरेका छन । बिश्व महामारीका बेला क्वारेन्टाइनमा खटनपटन गरेवापत नैनपुर गाउँपालिका बिपत ब्यबस्थापन समिति सदस्यलाई दिइको रकम फेर्ता गरेका हुन ।
नरैनापुर गाउँपालिकाका क्वारेन्टाइन ब्यबस्थापन समिति सदस्य शिबचरण यादवले सो आफुलाइ आएको ब्यबस्थापन बाफतको रकम गाउँपालिकाकै बिपत ब्यबस्थापनमा फेर्ता गरेका छन । उनले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई सम्बोधन गरी दिएको चिठीमा सो कुरा उल्लेख गरिएको छ । उनलाई उनको नाममा रहेको सिटीजन बैकको खातामा ४८ हजार मोबाइलको म्यासेजमा आएको थाहा पाएपछि उनले सो रकम सबै फेर्ता गरेको घोषण समेत गरेका छन ।

Image may contain: text

चर्चामा

सम्बन्धित समाचार