बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • यस्तो छ आइतबारको मौसम पूर्वानुमान

यस्तो छ आइतबारको मौसम पूर्वानुमान

  • आइतवार, असार २१, २०७७
यस्तो छ आइतबारको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायु को प्रभाव रहेको छ भने भारतको पूर्वी उत्तर प्रदेशमा निम्न चापिय क्षेत्र रहेको छ । यसैगरी, महाशाखाले बिहानको मौसमको अवस्थाबारे समेत जानकारी दिएको छ । महाशाखाले हाल देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको जनाएको छ । महाशाखाले आइतबार दिउँसो देशभर साधारणतया बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको हुनसक्ने पूर्वानुमान गरेको छ । यसैगरी, महाशाखाले आइतबार राति देशभर साधारणतया बदली रही केहि स्थानहरुमा स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । भने, प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

चर्चामा

सम्बन्धित समाचार