बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • विचित्र संसार
  • तेश्रो पटक रोकियो प्रधानमन्त्रीको बिहे

तेश्रो पटक रोकियो प्रधानमन्त्रीको बिहे

  • बुधबार, असार १७, २०७७
तेश्रो पटक रोकियो प्रधानमन्त्रीको बिहे

डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडेरिक्सेनको बिहे तेश्रो पटक पनि स्थगित भएको छ । युरोपेली युनियनको शिखर बैठकका कारण यसपटक प्रधानमन्त्रीको बिहे पुनः रोकिएको हो । आफू र आफ्ना प्रेमी बो को तस्वीर फेसबुकमा राख्दै उनले आफू ती गज्जबका पुरुषसँग बिहे गर्नका लागि आतुर रहेको उल्लेख गरेकी छिन् ।

तर आफूहरुले बिहे गर्ने मिति तय गरेको दिनमै ब्रसेल्समा युरोपेली आयोगको बैठक बस्न लागेको र बिहे गर्न अप्ठोरो परेको उनको भनाइ छ । आफुले प्रधानमन्त्रीको रुपमा आफ्नो काम गर्नुपर्ने र डेनमार्कको हीतको विषयलाई ध्यान दिनुपर्ने भएको हुँदा पुनः बिहे स्थगित गर्नुपर्ने अवस्था आएको उनले फेसबुकमा लेखेकी छिन् ।

प्रेमी बोसँग आफूले निकट भविष्यमै बिहे गर्न पाउने आशा उनले व्यक्त गरेकी छिन् । स्मरण रहोस् आगामी जुलाई १७ देखि १८ सम्म ब्रसेल्समा युरोपेली आयोगका राष्ट्रप्रमुखहरुको बैठक बस्दैछ । उक्त बैठकमा २७ वटा इयू मुलुकका सरकार प्रमुखहरुले भाग लिनेछन् ।

एजेन्सी

चर्चामा

सम्बन्धित समाचार