बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • विचित्र संसार
  • रेल धकेल्नेदेखि कुकुरको खाना चाख्नेसम्मः विश्वका केही अनौठा जागिरहरु

रेल धकेल्नेदेखि कुकुरको खाना चाख्नेसम्मः विश्वका केही अनौठा जागिरहरु

  • आइतवार, असार १४, २०७७
रेल धकेल्नेदेखि कुकुरको खाना चाख्नेसम्मः विश्वका केही अनौठा जागिरहरु

संसारमा मानिसहरुले आफ्नो योग्यता, क्षमता तथा रुची अनुसार विभिन्न खाले जागिर गर्दछन् । कस्तो जागिर गर्ने भन्ने कुरा कतिपयको लागि रोजाई हुन्छ भने कतिपयका लागि बाध्यता पनि हुने गर्दछ । यो संसारमा केही त्यस्ता जागिरहरु पनि छन् जसका बारेमा सुन्दा अनौठो लाग्दछः

· फिनल्याण्डमा रहेको एउटा होटलले रातभर सुत्नका लागि समेत एकजना कर्मचारी भर्ना गरेको छ । रातमा जागै रहेर काम गर्नका लागि कर्मचारी भर्ना गर्नु त नौलो भएन तर सुत्नकै लागि किन कर्मचारी राख्यो होला ? वास्तवमा यसको कारण गहिरो छ । होटलमा रातमा सुत्ने जागिर खाएका ती कर्मचारीले गर्ने जागिरलाई होटल टेस्टर भनिन्छ । उक्त कर्मचारी हरेक रात होटलका फरक फरक कोठामा सुत्नु पर्दछ र अर्को दिन रातमा सुतेको कोठाको सुविधा तथा सन्तुष्टि कस्तो छ भन्ने बारेमा रिपोर्ट दिनुपर्दछ होटल मालिकलाई ।

· जापानमा एउटा यस्तो जागिर छ, जहाँ रेललाई धक्का मार्नुपर्दछ । सानोतिनो गाडीमा मान्छेले धक्का मारेर स्टार्ट गर्ने वा गुडाउने गर्नु त सामान्य हो । तर रेललाई नै धकेल्ने भनेपछि अनौठो भएन त ? तर वास्तमा ती रेल कर्मचारीले रेललाई गुडाउनका लागि धक्का दिने होइनन् । व्यस्त समयमा यात्रुले खचाखच भरिएको रेलमा कोचिएका मान्ेछकै कारण ढोका लगाउनै मुस्किल हुने भएपछि ती कर्मचारीहरुले मान्छेहरुलाई भित्र धकेल्दै रेलको ढोका लगाउँदछन् ।

· मान्छेले खाने कुराको स्वाद चाख्ने जागिर पाए त नाइँ भन्ने कमै होलान् । तर यो दुनियामा मान्छेको खाना मात्र होइन कुकुरको खानेकुरा चाख्ने जागिर पनि छ । कुकुरको खानेकुरा बनाउने कम्पनीहरुले आफ्ना उत्पादनको परीक्षणका लागि खानेकुरा चाख्ने कर्मचारीहरु नै भर्ना गर्दछन् । डग फुड टेस्टरको जागिर खाने मान्छेले कुकुरका लागि उत्पादित खानेकुरा चाख्दै त्यसको स्वाद कस्तो छ ? भन्ने कुराको रिपोर्ट बुझाउनु पर्दछ ।

· विषालु सर्पको विष निकाल्ने र त्यसलाई जम्मा गर्ने काम सजिलो त पक्कै होइन । तर कतिपय मानिसहरु यस्तै गाह्रो काम गर्न पनि पछि पर्दैनन् । कतिपय देशमा सर्पको विष निकाल्नैका लागि कम्पनीहरुले कर्मचारी भर्ना गर्दछन् । सर्पको औषधि विभिन्न खाले औषधि तयार गर्नका लागि प्रयोग हुन्छ । एजेन्सी

चर्चामा

सम्बन्धित समाचार