शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • विचित्र संसार
  • ५८ अक्षरको नामदेखि होचाहरुको देशसम्म, यस्ता छन् दुनियाँका केही रोचक तथ्यहरु

५८ अक्षरको नामदेखि होचाहरुको देशसम्म, यस्ता छन् दुनियाँका केही रोचक तथ्यहरु

  • मङ्लबार, असार ९, २०७७
५८ अक्षरको नामदेखि होचाहरुको देशसम्म, यस्ता छन् दुनियाँका केही रोचक तथ्यहरु

यो संसार अनेक खालका रहस्यहरुले भरिपूर्ण छ । संसारकै सबै ठाउँ तथा घटनाहरुलाई आफ्नै आँखाले देखौँ र अनुभव गरौँ भन्ने चाहना सबैलाई हुन्छ । तर संसार यति ठूलो छ कि त्यस्तो मौका कसैलाई पनि प्राप्त हुँदैन । दुनियाँका कतिपय रोचक तथ्य तथा सन्दर्भहरु साँच्चिकै अनौठा छन्, जुन आफ्नै आँखाले नदेखेसम्म विश्वास नलाग्न पनि सक्दछ । यस्तै केही रोचक तथ्यहरु यस्ता छन्ः

विश्वमा सबैभन्दा लामो नाम भएको ठाउँ कुन हो ? धेरैलाई थाहा नहुनसक्छ । न्युजिल्याण्डमा एउटा यस्तो ठाउँ छ जसको नाम ८५ वटा अक्षरको छ । यो विश्वको सबैभन्दा लामो नाम भएको ठाउँ हो । यसको नाम ००० रहेको छ । यो न्युजिल्याण्डको हक बेस्थित पोराङगाहाउमा पर्ने एउटा पहाडको नाम हो । यसलाई छोटकरीमा टाउमाटा समेत भनिन्छ ।
न्यूजिल्याण्ड यस्तो देश हो जहाँ मानिसभन्दा भेँडाको संख्या धेरै छ । यदि भेँडाको संख्यालाई मानिसको जनसंख्यासँग तुलना गर्नेहो भने हरेक मानिसको भागमा ६ वटा भेँडा पर्न आउँछ ।
बुद्धिचाल अर्थात् चेस खेल सबैभनदा धेरै दिमागी कसरत गराउने खेल हो । यो खेलको आविष्कार छिमेकी मुलुक भारतमा भएको हो । मनोवैज्ञानिकहरुका अनुसार बुद्धिचाल खेल खेल्नाने बौद्धिक क्षमतामा सुधार आउनुका साथै जटिल प्रश्नहरुको समाधान गर्ने शक्ति पनि बढ्दछ । तपाईंलाई यो थाहा पाउँदा आश्चर्य लाग्न सक्दछ कि विश्वको अंग्रेजी भाषामा छापिएको दोश्रो किताब बुद्धिचाल खेलकै बारेमा थियो ।
विश्वमा हरेक सेकेण्ड ४ जना बच्चा जन्मिन्छन् । जस अनुसार एक मिनेटमा अढाई सय, एक घण्टामा १५ हजार तथा एक दिनमा ३ लाख ६० हजार बच्चा जन्मिन्छन् । तथ्यांकअनुसार एक वर्षमा विश्वमा १३ करोड १४ लाख बच्चा जन्मिने गरेका छन् ।
डल्फिनले पानीभित्र ५ देखि ८ मिनेटसम्म आफ्नो स्वास रोक्न सक्दछ । यतिमात्र होइन डल्फिन एउटा आँखा खुल्लै राखेरसमेत सुत्न सक्दछ ।
अष्ट्रिच चराको आँखाको आकार उसको मस्तिष्कभन्दा ठूलो हुन्छ । यो पृथ्वीको सबैभन्दा ठूलो चरा पनि हो । यो चरा ७० किलोमिटर प्रतिघण्टाको गतिमा दौडिन सक्दछ ।
विश्वमा दुईवटा यस्ता देशहरु छन् जहाँ तपाईंले कोकाकोला किन्न पाउनुहुन्न । हो, उत्तर कोरिया र क्युबामा कोकाकोला प्रतिबन्धित छ ।
इण्डोनेसियालाई होचाहरुको देश पनि भनिन्छ । इण्डोनेसियालीहरुको औसत उचाइ विश्वका अन्य देशका मानिसहरुको भन्दा कम छ । वयस्क इण्डोनेसियनको औसत उचाइ ५ फिट १.८ इन्च मात्र छ । जबकि बोलिभियनको औसत उचाइ ५ फिट २.४ इन्च छ । त्यस्तै नेदरल्याण्डमा सबैभन्दा अग्ला मानिसहरु बस्दछन् । डचहरुको औसत उचाइ ६ फिट छ ।
पृथ्वीमा अहिलेसम्म १ खर्ब ८ अर्ब मानिस जन्मिए । अहिलेको मानव प्रजाति आजभन्दा ५० हजार वर्ष पहिले पृथ्वीमा अस्तित्वमा आएयताको संख्या हो यो । त्यसको निकै सानो हिस्सा अर्थात् ७ अर्ब ८० करोड मात्र अहिले पृथ्वीमा जिवित छन् । यो संख्या कुल जन्मिएका मानिसको ७ प्रतिशत मात्र हो ।
विश्वमा आफ्नो झण्डामा वैजनी रङको प्रयोग गर्ने देश केवल दुईवटा मात्र छन् । ती देशको नाम निकारागुवा र डोमिनिका हो । जबकि त्रिकोणात्मक झण्डा भएको एकमात्र देश नेपाल हो ।
विश्वमा सबैभन्दा धेरै टापु भएको देश स्विडेन हो । स्विडेनमा २ लाख २१ हजार ८ सय टापु छन् । त्यसमध्ये केवल १ हजार टापुमा मात्र मानिसको बसोबास छ ।
विश्वमा अहिले ४३ देशमा मात्र राजतन्त्रात्मक व्यवस्था छ । जबकि राजपरिवारको संख्या जम्मा २८ छ । विश्वका विभिन्न देशले बेलायती राजपरिवारलाई आफ्नो राजपरिवार मान्दछन् ।
एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार