सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा ढुगां देखी सुन चोरीमा संलग्न ४६ जना पक्राउ

बाजुरामा ढुगां देखी सुन चोरीमा संलग्न ४६ जना पक्राउ

  • शुक्रबार, जेष्ठ ३०, २०७७
बाजुरामा ढुगां देखी सुन चोरीमा संलग्न ४६ जना पक्राउ

बाजुरा — बाजुरा जिल्लाको सदरमुकाम लगायत जिल्लाभरबाट दाउरा देखी सुन चोर्ने चोरहरु पक्राउ परेका छन् । जिल्लामा बिभिन्न समयमा चोरी गर्दै आएका बिभिन्न समुहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले बिभिन्न समयमा चोरीमा संलग्न ब्यक्तीहरुलाई पक्राउ गरेर ल्याएको जनाएको छ । २०७६ पौष २४ गते देखी हाल सम्म ४६ जना चोरहरुलाई समातेर आबस्यक कार्बाही प्रक्रिया अगाढी बढाएको प्रहरीले जनाएको छ ।

बिभिन्न प्रकृतीका चोरहरु समातेर आबस्यक कार्बाही गरेर पठाउने गरेको भए पनी धेरै जना चोरहरु दोहोरीए समातीने गरेका छन प्रहरीले भनेको छ । हिजो दिउसै रेडीयो पौरखीका स्टेशन म्यानेजर बसन्त बिकको घरमा चोरी गर्ने बडिमालिका नगरपालिका ९ का  सोनु बिक, तपेन्द्र बिक लागयतको टोली पनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सोनु बिक र तपेन्द्र बिक लगायतको टोली यस अघि पनी पक्राउ परेको र सम्बन्धीत ब्यक्तीको चोरीको क्षेतीपुर्ती सहित छोडेको भए पनी पुन पक्राउ परेको प्रहरीले जनाएको छ । पत्रकार बिककाे घरमा पैशा चाेरी भएकाे खवर पछी अनुसन्धानकाे क्रमा उनीहरूलाइ पक्राउ गरेकाे प्रहरीले जनाएका छ ।

बिगतका दिनमा ट्रकहरुमा राखेको सामान चोर्ने देखी बजारमा मोबाइल र ल्याप्टप कसैका घरहरु फोरेर चोर्ने गरेको पाइए पछी ति चोरहरुको समुहलाइ प्रहरीले अनुसन्धान गर्दै आएको जनाएको छ । हिजो राती मात्र धेरै संख्यामा चोरहरुलाई समातेको प्रहरीले जनाएको छ ।  बिभिन्न समयमा बिभिन्न प्रकृतीका मुद्धा आउने गरेका भए पनी पछिल्लो समय चोरहरु पनी बिभिन्न प्रकृतीका रहेकोले प्रक्राउ पर्दै गएका प्रहरीले जनाएको छ । केही ब्यक्तीहरू बडीमालिका ८ काे बाउली खाेलामा ढुगां चारेर ट्याक्टरमा लाेड गरीरहेकाे अबस्थामा प्रहरीले पक्राउ गरेकाे जनाएकाे छ ।

दाउरा चोर कुखुरा चोर बजारमा धुएर घाममा सुकाउन लगाएका कपडा जुत्ता चोर लगायतका प्रकृतीका चोरहरुलाइ प्रकाउ गरेको जनाएको छ । केही दिन अघि अछामको साफेबगरको एक पशलबाट सुन चोरेर बाजुरा आउदै गरेका सुन चोर बुटवल निबासी राजु श्रेष्ट समेत प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । यसरी बिभिन्न प्रकारका ४६ जनालाई पक्राउ गरी आबस्यक कार्बाहीको दाएरामा केही आइसकेका र केही अनुसन्धानको प्रक्रियमा रहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार