शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • ६ बजे मन्त्रिपरिषद् बैठक बस्ने

६ बजे मन्त्रिपरिषद् बैठक बस्ने

  • मङ्लबार, जेष्ठ २७, २०७७
६ बजे मन्त्रिपरिषद् बैठक बस्ने
फाइल तस्बीर

काठमाडौं —  मंगलबार साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठकले लकडाउनको मोडालिटी परिवर्तन र स्वास्थ्य संकटकाल घोषणा गर्ने लगायतका विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ ६ बजे बोलाइएको मन्त्रिपरिषद बैठक नियमित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
तर थापाले मन्त्रिपरिषदको नियमित बैठक भएको भन्दै छलफलका एजेण्डाबारे आफूलाई थाहा नभएको जनाए । अघिल्लो बैठकले उच्चस्तरीय समन्वय समितिलाई लकडाउन परिवर्तनको विस्तृत मोडालिटी तयार गर्न निर्देशन दिएको थियो ।
चैत ११ यता लगातारको लकडाउनले मानिसहरुको जनजीवन प्रभावित हुनुका साथै आर्थिक गतिविधिमा समेत असर गरेकाले यसको मोडालिटी परिवर्तन गर्न सर्वसाधारणको माग र विज्ञहरुको सुझाव रहँदै आएको छ । सरकारले आगामी जेठ ३२ गतेसम्म लकडाउन घोषणा गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार