शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचित्र संसार
  • सामाजिक दूरी कायम गर्ने अनौठो तरिका !

सामाजिक दूरी कायम गर्ने अनौठो तरिका !

  • आइतवार, जेष्ठ २५, २०७७
सामाजिक दूरी कायम गर्ने अनौठो तरिका !

जर्मनीको एउटा क्याफेको हालै भव्य रुपमा पुनः उद्घाटन भयो । तर सामाजिक दूरी कायम गर्दै । स्केरिनस्थित ‘क्याफे रोथ’ का ग्राहकको सामाजिक दूरी कायम गर्ने तरिका अन्य स्थानमा भन्दा नितान्त भिन्न थियो । जर्मन चान्सलर एन्जेला मर्केलको गृहक्षेत्रमा खोलिएको यो क्याफे गत शनिबार महामारीका बावजुद फेरि उद्घाटन गरिएको हो ।

जहाँ सामाजिक दूरी कायम गर्दै फेरि रेष्टुरेण्ट तथा होटल सञ्चालन गर्न अनुमति दिइएको छ । त्यसो त क्याफेको मूल नारा नै राखिएको छ, ‘किप द सोसल डिस्टेन्स’, अर्थात्, ‘सामाजिक दूरी कायम राख्नूहोस्’

सामाजिक दूरी कायम त गर्ने, तर कसरी ? सामान्यतः सामाजिक दूरी कायम गर्ने तरिका भुइँमा गोलाकार रेखा कोरेर गरिँदै आइएको छ । उक्त क्याफेमा भने सबै ग्राहकले सामाजिक दूरी कायम गर्न स्विमिङ पुलमा प्रयोग हुने लठ्ठी जस्तो ‘पुल नुडल्स’ प्रयोग गर्नुपर्ने नियम छ ।

क्याफेमा छिर्नासाथ मालिकले यस्ता ‘पुल नुडल्स’ वितरण गर्छन् । जुन टाउकोमा अड्याउनु पर्छ । जसले गर्दा चारैतिर फैलिने लठ्ठी जस्ता रबरका ‘नुडल’ ले कसैलाई नजिक आउनबाट रोक्छ ।

क्याफे सञ्चालक ज्याकलिन रोथले यसबारे आफ्नो कम्पनीको फेसबुक पेजमा समेत यस्तो नयाँ तरिकालाई राखेपछि धेरैले यो तरिकालाई उपयुक्त ठानेका छन् । झट्ट हेर्दा रमाइलो जस्तो देखिए पनि सामाजिक दूरी राख्ने यस्तो तरिकाबारे स्थानीय मिडियाले पनि महत्वका साथ प्रचार गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार