बिहिबार, असार ४, २०८३
  • होमपेज
  • समाज
  • क्वारेन्टिनमा बसेका नागरिकहरुद्धारा पिसिआर परिक्षणको माग गर्दै वडा कार्यालय घेराउ

क्वारेन्टिनमा बसेका नागरिकहरुद्धारा पिसिआर परिक्षणको माग गर्दै वडा कार्यालय घेराउ

  • आइतवार, जेष्ठ २५, २०७७
सेयर गर्नुहोस् :
क्वारेन्टिनमा बसेका नागरिकहरुद्धारा पिसिआर परिक्षणको माग गर्दै वडा कार्यालय घेराउ

कैलालीको गौरीगंगा नगरपालिकास्थित एक क्वारेन्टिनमा बसेका नागरिकहरुले आफुहरुको पीसीआर परीक्षण हुनुपर्ने माग गर्दै वडा कार्यालय घेराउ गरेका हुन् । आरडीटी रिपोर्ट पोजेटिभ देखिएका व्यक्तिले वडा कार्यालय घेराउ गरेका हुन ।

गौरीगंगा नगरपालिका ६ स्थित अमर माविमा बनाइएको क्वारेन्टिनमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएका व्यक्तिले आफूहरुको पीसीआर परीक्षण हुनुपर्ने माग गर्दै वडा कार्यालय घेराउ गरेका हुन् ।

आरडिटी पोजेटिभ देखिएका एक व्यक्तिले आफूहरुको उपचारमा स्थानीय तहले बेवास्ता गरेको आरोप लगाए। उनले आफूहरुलाई रिपोर्ट पोजेटिभ देखिएको भन्दै गाउँभरी हल्ला फैलाइएकाले तनाव भएको र आन्दोलन गर्न बाध्य भएको बताए ।

वडाअध्यक्ष कमला शर्माले अमर माविको क्वारेन्टिनमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएका व्यक्तिले पिसिआर परीक्षणको माग गरिरहेको बताइन्।  धनगढी खवर

चर्चामा

सम्बन्धित समाचार