आइतवार, मंसिर १४, २०७७
  • होमपेज
  • शिक्षा
  • सामुदायिक विद्यालयमा सूचना प्रविधीको विद्यमान अवस्था र चुनौती

सामुदायिक विद्यालयमा सूचना प्रविधीको विद्यमान अवस्था र चुनौती

  • शनिबार, जेष्ठ १७, २०७७
सामुदायिक विद्यालयमा सूचना प्रविधीको विद्यमान अवस्था र चुनौती

 विसं 2072 साल असोज 3 गते संविधानसभाबाट संविधान  जारी भइसकेपछि   नेपाल पूर्णरुपमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा  विश्वमा स्थापित भइसकेको छ नेपालको संविधानको भाग-5 राज्यको संरचना र राज्यशक्ति बाँडफाँड अन्र्तगत धारा 2056 मा राज्यको संरचना अन्तर्गत उपधारा 1 मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना  संघ प्रदेश र स्थानीय तहको हुनेछ भन्ने प्रष्टरुपमा व्यवस्था छ जसअनुसार हाल नेपालमा एउटा संघीय सरकार सातवटा प्रादेशिक सरकार र 753 वटा स्थानीय सरकार रहेका छन् नेपालको संविधानको भाग-3 मौलिक हक र कर्तव्य अन्तर्गत धारा 31 मा शिक्षासम्बन्धी हकको व्यवस्था गरिएको छ जसअन्र्तगत विभिन्न 5 वटा उपधारामा शिक्षासम्बन्धी हकको व्याख्या गरिएको छ नेपालको संविधानको अनुसूची 8 मा स्थानीय तहको अधिकारको सूची अन्तर्गत आधारभूत शिक्षा र माध्यमिक शिक्षा स्थानीय तहको अधिकार एवं कर्तव्यमा पर्न जान्छ  शिक्षा एेन 2028 संशोधन सहित दफा 2 को परिभाषा खण्डको   ख 1 र घ  मा व्यवस्था भएअनुसार

 आधारभूत शिक्षा भन्नाले प्रारम्भिक बाल शिक्षादेखि कक्षा 8 सम्म दिइने शिक्षा बुझ्नुपर्ने

 माध्यमिक शिक्षा भन्नाले कक्षा 9 देखि कक्षा 12 सम्म दिइने शिक्षा सम्झनुपर्ने व्यवस्था रहेको छ

 त्यस्तै  खण्ड  घ  2  मा  सामुदायिक विद्यालय र खण्ड  घ  तिनमा संस्थागत विद्यालयको व्यवस्था गरिएको छ

 विद्यालय शिक्षा भन्नाले आधारभूत र माध्यमिक शिक्षा सम्झनुपर्ने भनेर खण्ड  घ  5 मा व्यवस्था गरिएको छ

 स्थानीय सरकार संचालन ऐन 2074को  खण्ड   ज   मा आधारभूत र माध्यमिक शिक्षा सम्बन्धी करिव 23 वटा अधिकार तथा कर्तव्यको व्यवस्था गरिएको छ

 यहाँ उल्लेख गरिएका व्यवस्थाहरु संवैधानिक र कानूनीरुपमा नेपालको शैक्षिक  व्यवस्थाको सूक्ष्म तथा यथार्थपरक   टिप्पणी मात्र हो   नेपाल  संसार मै एउटा यस्तो  मुलुकमा पर्ने गर्दछ जहाँ हरेक प्रकारका को कानुनहरूको राम्रो व्यवस्था गरिएको भएतापनि तर अक्षर स व्यवहारमा  लागू गर्न निकै कठिन भएको देखिन्छ

 हाल विश्व मानव जगत नै corona virus  अर्थात  kovid 93 बाट आक्रान्त भएको छ सन् 2019 मा गणतन्त्र चीनको uhan प्रान्तबाट फैलिएको महामारीको कारणले विश्व नै यतिखेर निकै दुखित अवस्थामा रहेको छ सम्पूर्ण शक्ति corona को लडाई सँग जुधिरहेको छ संसार यतिखेर बन्दा बन्दीको अवस्थामा छ हालसम्म रोगलाई निर्मूल पार्ने कुनै औषधि र खोपको आविष्कार हुनसकेको छैन विश्व स्वास्थ्य संगठन   र चिकित्सकहरुका अनुसार भाइरसबाट बच्ने सबैभन्दा प्रभावकारी र उपयुक्त विकल्प भनेको मानिसहरूले सामाजिक दुरी कायम गर्नु, भीडभाडमा नदिइनु, marks,  sanitize को प्रयोग गर्नु, साबुन पानीले राम्ररी हात सफा गर्नु र प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनु हो

 विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वभरि संक्रमितहरूको संख्या 56 लाख  90 हजार  1  सय 82 रहेको छ जसमध्ये करिब 23 लाख 49हजार  5 सय  98  जान  विरामीहरु निको भएर घर फर्किसकेका छन् भने 3 लाख 55   हजार 5   शय 75 जनाको  coronavirus का कारण मृत्यु भइसकेको छ मिति 2070 साल जेठ 15 गतेसम्म  नेपाल सरकार स्वास्थ्य मन्त्रालय तथा जनस्वास्थ्य प्रयोगशालाको प्रतिवेदनअनुसार नेपालमा 1  हजार 24 जना संक्रमित भइसकेका छन् भने 5 जनाको मृत्यु भइसकेको छ

 विश्व स्वास्थ्य संगठनका अनुसार अमेरिका, brazil, रसिया, बेलायत, spain,  इटाली, फ्रान्स, germany, turkey तथा  भारतमा संक्रमणको दर उच्च रहेको छ अमेरिकामा मात्र  1 लाख  भन्दा बढी मानिसको मृत्यु भइसकेको अवस्था छ यो मानव जगतको इतिहासमा पहिलो र दोस्रो विश्वयुद्ध पछीको सबैभन्दा ठूलो आमनरसंहारको रूपमा देखा परेको  मानवीय क्षति हो हाल विश्वको अर्थतन्त्र नै धरहरामा परेको छ विश्वभरि थुप्रै श्रमिकहरूको रोजगारी गुम्ने, भोकमरी तथा गरिबीको शिकार हुने अवस्था छ

 भाइरसको संक्रमणबाट नेपाल पनि अछुत रहन सकेन त्यसैले नेपाल सरकारले 2076साल चैत्र 11 गतेबाट बन्दा बन्दीको घोषणा गर्यो हाल नेपालमा बन्दा बन्दी भएको करिब दुई महिना नाघिसकेको छ विद्यालय क्याम्पस तथा विश्व विद्यालयहरु पूर्णरुपमा बन्द भएका छन् सार्वजनिक सेवा का विभिन्न परीक्षाहरु स्थगित भएका छन् सबैभन्दा ठूलो  कुरा गरिब 4 लाख विद्यार्थीहरुले  yes amie परीक्षा दिन पाएका छैनन् विशेषगरी छिमेकी मुलुक भारतसँग खुला सिमानाका कारण बन्दा बन्दी प्रभावकारी हुन नसक्दा दिनहुँ संक्रमितहरूको संख्या बढ्दै गइरहेको छ सम्पुर्ण उद्योगधन्दा, कलकारखाना, पर्यटन व्यवसाय, होटल व्यवसाय, याताया, शिक्षा, स्वास्थ्य, सञ्चार जस्ता क्षेत्रमा नकारात्मक असर परेको छ विश्वबजारमा छरिएर रहेका नेपाली मजदुरहरूको   बरोजगारी  खोसिने अवस्था   रहेको छ नेपाल सरकारले भर्खरै सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 2076/77 अनुसार नेपालमा कुल 35 हजार पााच सय 20 वटा विद्यालयहरु रहेका छन् जसमध्ये 29 हजार  छ  साय सातवटा सामुदायिक विद्यालयहरु रहेका छन् तेस्मा पनि  करिब 1129 धार्मिक प्रकृतिका विद्यालयहरु छन् अर्को तर्फ  करिब छ हजार छ सय 87 वटा संस्थागत विद्यालयहरु रहेका छन्

 नेपालमा प्रत्येक वर्ष  शैक्षिकसत्र वैशाख महिनाबाट सुरु हुने गर्दथ्यो यो वर्ष भने  corona  भाइरसको संक्रमणका कारणले गर्दा जेठ महिना   सकिदा पनि शैक्षिकसत्र सुरुवात हुन सकेको छैन गत वर्षहरुमा देखिने जस्तो विद्यार्थी भर्नाको लागि लिइने विभिन्न प्रकारका शुल्कहरु संस्थागत विद्यालयमा यो वर्ष प्रत्यक्ष रुपमा देखिएको छैन धेरैजसो संस्थागत विद्यालयहरु सहरकेन्द्रित छन् अभिभावक तथा विद्यार्थीहरुको आर्थिकरूपमा सम्पन्नशाली र सामाजिकरूपमा उच्च किसिमको जीवनयापन गर्ने गर्दछन् सबैको घरमा सूचना प्रबिधि राम्रो पहुँच भएको अवस्था छ सबै बालबालिका र अभिभावकहरूको हातहातमा laptop, mobile, computer तथा tap जस्ता आधुनिक सामग्रीहरूको पहुँच पुगेको छ

 अर्कोतर्फ सामुदायिक विद्यालयको कुरा गर्दा प्रायजसो बिद्यालयहरु गाउँ केन्द्रित छन् आवश्यक पूर्वाधारहरूको कमी रहेको छ अभिभावकहरू आर्थिकरुपमा कमजोर छन् सबैको सूचना प्रविधिमा पहुँच हुने अवस्था छैन भनाइको तात्पर्य के हो भने नेपालको विद्यालय शिक्षा प्रणालीमा बनी सूचना प्रविधिले एक प्रकारको हुनेखाने र हुँदाखाने वर्गको बिचमा digital divide ko सिर्जना गरेको देखिन्छ योु बन्दा बन्दीको समयमा पनि कतिपय ख्यातिप्राप्त र गुणस्तरयुक्त संस्थागत विद्यालयहरूले आफ्ना विद्यार्थीहरुलाई भर्चुअल कक्षा मार्फत शिक्षणका re गर्दै आएका छन् विभिन्न प्रकारका अनलाईन प्रविधिको प्रयोग गरेर विद्यार्थीहरुलाई सधैंजसो  गृहकार्य दिने र एकापसमा अन्तरक्रिया गर्दै आएका छन् जसका कारणले गर्दा विद्यार्थी अभिभावक र विद्यालय प्रशासन पनि  निकै व्यस्त देखिन्छन्

 अर्को तर्फ सामुदायिक विद्यालयको अवस्था हेर्दा निकै दयनीय छ अभिभावकहरूलाई साँझबिहानको छाक टार्न समस्या छ आफ्नो घरमा सूचनाप्रविधिको अर्थात net internet को पहुँच छैन अनलाइन कक्षा सक्ने वातावरण छैन यस्तो परिस्थितिमा उनीहरुलाई अध्यानकाे कल्पना समेत गर्न गारो भएको छ यसरी आफ्नो अनुभवलाई यो लेख मार्फत प्रस्तुत गरिरहँदा संस्थागत विद्यालय le आधुनिक सूचना प्रविधिको प्रयोग गरेर शिक्षण गर्नु हुँदैन र पाइदैन कदापि भन्न खोजेको होइन समाजमा सूचना तथा सञ्चार प्रविधिले पनि शिक्षाक्षेत्रमा एक प्रकारको अन्तर ल्याएको छ जसलाई हामी सबैले मिलेर आवश्यक पूर्वाधार खडागरी समस्या सामाधान गर्नु जरुरी छ भन्ने मुख्य आशय हो अर्को तर्फ सामुदायिक विद्यालयहरुले पनि सूचना तथा सञ्चार प्रविधिको प्रयोगमार्फत शिक्षण गर्दा यो बन्दा बनेको हो समयमा पनि राम्रै उपलब्धि हासिल गर्न सकिने सकिने आशय व्यक्त गर्न खोजिएको हो

 नेपाल सरकारको आर्थिक सर्वेक्षण 2076/77 अनुसार जम्मा 753 वटा स्थानीय तहहरु मध्ये करिब 6  सय सातवटा स्थानीय तहमा मात्र प्राविधिक तथा व्यवसायिक शिक्षाको पहुँच पुगेको देखाउँछ गर त्यस्तैगरी, करिब 103 स्थानीय तहमा मात्र प्राबिधिक शिक्षाको पठनपाठन शुरु भएको अवस्था छ हालसम्म करिब 53 वटा जिल्लाहरु मात्र साक्षर घोषणा हुन सकेका छन्

 करिब 29  हजार हाराहारीमा रहेका सामुदायिक विद्यालयमा  केवल 8 हजार 3 सय 66 वटा विद्यालय मा मात्र कम्प्युटरको उपलब्धता रहेको छ

 त्यसैगरी, जम्मा 3 हजार 6 सय 76 वटा विद्यालयहरुले मात्र शिक्षण सिकाइ क्रियाकलापमा सूचना तथा संचार प्रविधि को प्रयोग गरे गरेको देखिन आएको छ बाँकी सबै विद्यालयहरुमा परम्परागत शैक्षिक प्रणालीको प्रयोग हुँदै आएको देखिन्छ हालसम्म करिब 1  हजार सामुदायिक माध्यमिक विद्यालयहरुमा मात्र असोज सूचना प्रविधियुक्त प्रयोगशालाको स्थापना हुन बाँकी सम्पूर्ण विद्यालयहरुमा सूचना प्रविधिको पहुँच रहेको देखिँदैन नेपालको राजधानी काठमाडौँ मा अवस्थित कतिपय नमुना विद्यालय मा पनि सूचना प्रविधिहरूको प्रयोगबाट शिक्षण  अघि बढेको हो पाइँदैन सूचना तथा संचार प्रविधि पहुँच भएतापनि तिनीहरू केवल देखावटी रुपमा सजाइएको मात्र देखिन्छ

 यसो भनिरहँदा नमुना भनिएका सबै विद्यालयहरुमा स्वर्ण तथा सञ्चार प्रविधिको प्रयोगमार्फत शिक्षण नभएको भन्न खोजेको पनि होइन कतिपय नमुना विद्यालयहरूले प्रविधि हो राम्रै सँग प्रयोग गरिएको उदाहरणहरु पनि देख्न पाइन्छ

 अब समस्या फेरि डिजिटल साक्षरताको पनि रहेको छ कम्प्युटर ल्यापटप तथा डेक्सटप  खोल्न र बन्द गर्न जान्नु मात्र डिजिटल साक्षरता होइन यसमा आइपर्ने विभिन्न समस्याहरूको सामाधान गर्न सक्नु र विभिन्न भागहरूको सामान्य जानकारी लिई प्रक्रियागत रुपमा सञ्चालन गर्न सक्नु ठूलो कुरा हो कतिपय सामान्य समस्याहरुलाई आफै सामाधान गर्न सक्ने क्षमता नभए सूचना तथा सञ्चार प्रविधि प्रयोग गरेर कक्षा सञ्चालन गर्न गाह्रो हुने प्रशस्त देखिन्छ यो विषयको गहनता लाई मध्यनजर गर्ने हो भने सामुदायिक विद्यालयमा प्रविधीको प्रयोग गर्न जाने डिजिटल साक्षरता भएका जनशक्तीको अभाव नै देखिन्छ आर्थिक सर्वेक्षणले देखायो अनुसार नेपालमा करिब 90 प्रतिशत जनसंख्या विद्युतको पहुँचमा रहेको छ विद्युतको पहुँच मात्र  भएर प्रविधि हो सही रूपमा प्रयोग गर्न सकिँदैन इन्टरनेटको पहुँच मात्र भएर हुँदैन यसले सही किसिमले दुष्ट दुरुस्त र प्रभावकारी ढङ्गबाट काम गर्न सहयोग गर्नु पर्ने हुन्छ नेपालको सामुदायिक विद्यालय मा संलग्न रहेका शैक्षिक जनशक्तिलाई डिजिटल साक्षरता हुनु जरुरी छ

 यसको अर्थ सम्पूर्ण शैक्षिक जनशक्ति हरुमा डिजिटल साक्षरता छैन भन्न खोजिएको हो पनि पक्कै हैन शिक्षण कार्यलाई प्रभावकारी बनाउनको लागि आवश्यक पर्ने सम्पूर्ण सीपहरु को विकास हुनु जरुरी छ करीब 16 प्रतिशत जनसंख्या अहिले पनि गरिबीको रेखामुनि रहेको छ यो जनसङ्ख्यालाई मध्यनजर गरी  सूचना तथा संचार प्रविधि प्रयोग गरी शिक्षण सिकाइ सुरुवात कसरी गर्ने  अर्थात यिनीहरुलाई व्यवस्था गरे पूर्वाधार युक्त शिक्षण संस्थाहरुमा मात्र प्रविधिको प्रयोग गर्ने भन्ने कुरा ठूलो हो त्यो जनशक्ति बसोबास कस्तो अवस्थामा छ?  खानापिना र आहार विहारको अवस्था कस्तो छ? आवश्यक पूर्वाधारहरूको विकास के-कस्तो मात्रामा भएको छ? जस्ता पक्षहरूको सूक्ष्म अध्ययन र गहन पछिमात्र प्रविधिबाट शिक्षण सिकाइ गर्ने कुरा  गर्न सकिन्छ

 नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मानवश्रोत व्यवस्थापन विभाग द्वारा शिक्षा नियमावली 2059 को नियम  192 ले दिएको अधिकार प्रयोग गरी विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धी निर्देशकका जारी भइसकेको छ जसमा उल्लेख भएअनुसार सहरी तथा ग्रामीण, सुगम तथा दुर्गम, निजी तथा सामुदायिक  विद्यालयबीचको  digital divide कम गर्ने, स्रोत तथा सामग्रीहरूको इन्टरनेट तथा सिडीमार्फत विद्यालय एवं विद्यार्थीहरूको पहुँचमा पुर्याउने, सूचना तथा सञ्चार प्रविधिको प्रयोगबाट सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने निर्देशिकाको मुख्य उद्देश्य भएतापनि अझै प्रभावकारी रूपमा कार्यान्वयनमा आएको भए दैन

 हालसम्म नेपालको सामुदायिक विद्यालयको संवैधानिक कानूनी नीतिगत तथा विभिन्न निर्देशिकाहरु मा भएका व्यवस्थाहरु को बारेमा उल्लेख गर्ने कोशिस गरियो सूचनाप्रविधिको प्रयोग नेपालको विद्यालय शिक्षामा कतिको प्रभावकारी भइरहेको छ? विशेषगरी सामुदायिक विद्यालयमा सूचना प्रविधिको प्रयोगको अवस्था के कस्तो रहेको छ? संस्थागत विद्यालयहरूमा सूचना तथा सञ्चार प्रविधिकोअवस्था के कस्तो छ भन्ने बारेमा सामान्य उल्लेख गर्ने जमर्को गरियो समस्यालाई मात्र उठान गर्नु र अरुलाई मात्र दोष दिनु यो लेखको नियत पक्कै पनि होइन त्यसैले सूचना तथा सञ्चार प्रविधि प्रयोगमा देखिएका समस्या तथा चुनौती के छन्? तिनीहरूको समाधान कसरी गर्ने? संक्रमणकालिन अवस्था पछि के हुनसक्छ भन्ने एस लेख को मुख्य लक्ष्य रहेको छ

 सर्वप्रथम भौगोलिक विकटता आवश्यक पूर्वाधारको कमी, सूचना सूचना प्रविधीको साक्षरता को कमी, सूचना प्रविधीको सबै ठाउँमा पहुँच हुन नसक्नु, पहुँच भएको ठाउँमा पनि प्रयोग गर्ने दृढ इच्छाशक्तिको कमी यसकारण मुख्य  समस्या तथा चुनौती रहेकाछन्

 सामुदायिक विद्यालयको अवस्थिति, अभिभावकको हो आर्थिक अवस्था विद्यालयको कार्यक्षेत्र तथा दक्षता र विद्यार्थीहरुलाई प्रविधिहरूको उपलब्धता पनि अर्को समस्याको रूपमा देखिएको छ सरकारलाई अथवा विद्यालय प्रशासनलाई तथा अभिभावकलाई मात्र दोषी देखाउनु यसको उद्देश्य होइन यसो भन्दै गर्दा सर्वप्रथम शिक्षक आफै विद्यालय प्रशासन स्थानीय प्रदेश र संघीय सरकारले सबै शिक्षाको क्षेत्रमा राम्रो काम गरेको छ भन्न खोजिएको पनि होइन सबै ठीकठाक छ भनेर चुपचाप लाग्ने अवस्था पनि छैन  coronavirus महामारीबाट विश्व समुदाय नै प्रसिद्ध भइरहेको अवस्थामा नेपालको शिक्षा जगत मात्र अन्योलग्रस्त भएको भने पक्कै होइन विश्वका शक्तिशाली मुलुकहरु ko नेपालको जस्तो स्थिति सूचना प्रविधिमा  नभएतापनि यसको दीर्घकालीन समस्या भने यी सबै देशमा परेको देखिन्छ दक्षिण कोरिया र जापान तथा चीनजस्ता देशहरूले भर्खरैमात्र भाइरसको संक्रमण न्यून भइसकेपछि शिक्षण सिकाइ सुरुवात गर्न थालेका छन् यो सम्पूर्ण विश्व परिवेश तथा नेपालको नियालेर हेर्दा अबको बाटो के हो ?त्यसमा ध्यान दिनु जरुरी छ ।

समस्या मात्र आउँदैन समस्यासँगै समाधान र अवसर पनि सँगै आउने गर्दछ हाल नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था भएको मुलुकको तीनै तहका सरकारहरूले एकआपसमा समन्वय गरेर नेपालको शिक्षा जगतमा भएको परम्परागत शिक्षा प्रणाली लाई सधैंका लागि अन्त्य गरी डिजिटल एवार्डको अन्त्य गरे एक्काइसौं शताब्दी सुहाउँदो हाम्रो माटो सुहाउँदो शिक्षा प्रणालीको विकास गर्न सूचना तथा संचार प्रविधि एउटा ठूलो माध्यम तथा सकारात्मक परिवर्तनको संवाहक बन्न सक्छ विशेषगरी नेपालका सामुदायिक विद्यालयहरु दूरदराज केन्द्रित रहेकाले स्थानीय सरकारले आफ्नो क्षेत्र भित्र बिभिन्न रेडियो टेलिभिजन पत्रपत्रिका विभिन्न अनलाइन माध्यमबाट जहाँ जे जस्तो उपलब्धता छ सोहीबमोजिम शिक्षण गर्नु अहिलेको आवश्यकता देखिन्छ भाइरसको संक्रमण न्यून हुँदै जाला भनी शैक्षिकसत्र सुरु गरौ भन्ने मनस्थिति को अन्त्य हुनुपर्छ चुनौतीलाई अवसरमा बदल्ने विकसित सूचनाप्रविधिको प्रयोग गरी अगाडि बढ्नु जरुरी छ खेल तथा सञ्चार प्रविधिको प्रयोग सामुदायिक विद्यालयमा उपलब्ध हुनुपर्छ भन्ने धारणा केन्द्रित गरिरहँदा संस्थागत विद्यालयतर्फ सरकारको सहयोग तथा सौर्य हुनुहुँदैन भन्ने मेरो आशय होइन चाहे सार्वजनिक होस्  ।

संस्थागत दुबइको एक आपसमा सहकार्य तथा सहजीकरण गरे भएका राम्रा अभ्यास विकास र व्यवस्थाहरुलाई एक आपसमा आदानप्रदान गर्नु आजको आवश्यकता जिम्मेवारी हो शैक्षिकसत्र सुरु भएर पठनपाठनमा अगाडि बढी कक्षाकोठामा शिक्षण सिकाइ गर्दा शिक्षक लाई पेशागत तालिम अभिमुखीकरण गराउन खोज्दा अध्यापनमा समस्या आएको विगतका तिदु अनुभवहरुले देखाउने गरेको छ त्यसैले हालको बन्दा बन्दीको समयलाई सदुपयोग गरी शिक्षा मन्त्रालय, विभाग,  समन्वय इकाई, प्रदेशस्तरका मन्त्रालय  तथा स्थानीय सरोकारवालाहरूसँग सहकार्य गरे विभिन्न अनलाइन कक्षा मार्फत कक्षागत विषयगत तहगत तालिम सञ्चालन गर्नुपर्ने देखिन्छ सूचना तथा संचार प्रविधि निकै ठूलो फड्को मारिसकेको परिप्रेक्ष्यमा शिक्षकहरूलाई कक्षाकोठाभित्र हो कसरी सूचना तथा सञ्चार प्रविधि प्रयोग गर्ने भन्ने सवालमा अनलाइन कक्षा हरु संचालन गर्नु पनि प्रभावकारी नै हुने देखिन्छ

 शिक्षण भनेको हो कला र विज्ञान दुबै हो यो एउटा स्वतन्त्र विधा पनि हो त्यो  विज्ञान कला ह र विधा अबको युगमा सूचना प्रविधि विना प्रभावकारी  हुन नसक्ने डर उत्तिकै मात्रामा रहेको छ अर्को तर्फ अर्को तर्फ अर्को तर्फ हाम्रोजस्तो परम्परागत शिक्षा प्रणाली मूल्यांकन भन्नाले भएको हो देशमा उत्पादित शैक्षिक जनशक्ति हरुले विश्वबजारमा प्रतिस्पर्धा गर्न गाह्रो हुन सक्ने भएकाले यतातिर पनि समयमै ध्यान दिनु जरुरी छ हाल करिब 4 लाख बालबालिकाहरुको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा सामेल हुन पाएका छैनन् हाम्रो संघीयता केवल कागज र कानुनमा मात्र सिमित रहेको अवस्था छ विशेष परिस्थितिमा विशिष्ट निर्णय गर्न सक्नु नेतृत्व तथा जिम्मेवारी निकायको  दायित्व हो करिब 2 महिनादेखि विद्यार्थीहरु एकातर्फ संक्रमण तथा अर्कोतर्फ परीक्षा कारणले मानसिक तनावमा  रहेका छन् देशभरी हालसम्म समाचार हेर्ने हो भने कतिपयले जानसमेत गुमाइसकेका छन् कतिपय विद्यार्थीहरू आफ्ना अभिभावक र शिक्षक सँग प्रत्येक दिन परीक्षाको गुनासो गरिरहेका छन् यस्तो अवस्थामा पनि बालबालिकाको मनोविज्ञान लाई बुझ्न नसक्ने हाम्रो मनस्थिति हाम्रो मौनता कानुन परिवर्तन हुनु जरुरी छ यो संक्रमणको अवस्था साम्य भईसके पश्चात पनि बालबालिकाहरुलाई राम्ररी पहिलेको अवस्थामा फर्किन निकै समय लाग्ने देखिन्छ हामी एका तिर अक्षराङ्क कर्णालीको swang लगाइरहेका छौं भने अर्कातर्फ बदलिँदो परिस्थितिलाई आफूलाई परिवर्तन र समायोजन गर्न सकिरहेका छैनौं यस्तो प्रकारको भ्रम तथा अविश्वास एकअर्कामा जबसम्म रहन्छ तबसम्म देशमा शिक्षाको विकासकदापि हुन सक्दैन

 अब हाम्रो भविष्यको बाटो के हुन सक्छ भन्ने तर्फ अघि बढ्दा राम्रो कला सर्वप्रथमतः digital विभागको न्यूनीकरण  गर्नु आजको मुख्य आवश्यकता तथा चुनौती पनि मुख्यतया निर्देशिकामा उल्लेख भएअनुसार शहर तथा ग्रामीण, दुर्गम तथा सुगम र संस्थागत तथा सामुदायिक विद्यालयहरूको शिक्षाक्षेत्रको गुणस्तरलाई अभिवृद्धि गर्नको लागि श्रम तथा सञ्चार प्रविधि प्रयोग गरी शिक्षण सिकाइलाई बढी प्रभावकारी बनाउन आजको आवश्यकता देखिन्छ अर्को महत्वपूर्ण कुरा भनेको चुनौतीलाई अवसरमा बदल्न सक्नु हो विशेष परिस्थितिमा नेतृत्व तथा आधिकारिक निकायले विशेष निर्णय लिन सकेन प्रभावकारी तथा उपयुक्त हुने देखिन्छ सूचना तथा संचार प्रविधि को प्रयोग गर्नु आजको आवश्यकता भएकाले नेपालका सम्पूर्ण विद्यालयहरुमा यसलाई एउटा साधन तथा साधनको रुपमा प्रयोग गर्नसके मात्र विश्वभरि बस सुहाउँदो हाम्रो माटो सुहाउँदो र एक्काइसौं सताब्दी सुहाउदो श्रमशक्ति विकास तथा निर्माण गर्न सकिने कुरामा कुनै दुई मत हुन सक्दैन अर्को कुरा भनेको हो राम्रो कुराको हामी जोकोहीले पनि गर्न सिक्नुपर्ने हुन्छ त्यसैले विश्वका अतिकम विकसित मुलुकहरुले पनि आजसञ्चार प्रविधिको प्रयोगमा निकै ठूलो छलाङ मारिसकेका छन्आफ्नो माटो, भाषा,-संस्कृति, कला, साहित्य तथा उत्पतिको विनाश नहुनेगरी विकासलाई आत्मसात गर्न सक्नु पर्दछ भन्ने लेखको मुख्य आशय हो यस्तो कुरा गरिरहँदा कुनै बाधा पुर्याउने नियमकानुन छन् भने तिनीहरूको समयमै संशोधन तथा परिमार्जन गरी समयानुकूल बनाउनुहुन्छ रहेछ विगतको अभ्यासलाई हेर्ने हो भने हाम्रो देशमा गलत प्रयोग तथा आफ्नो स्वार्थको लागि कानुन रातारात परिमार्जन हुने दुस्प्रयास हरु पनि भएका देखिन्छन् त्यसैले सार्वजनिक नेपाली जनताको हक हित र रक्षाको लागि  बनिरहने प्रवृत्ति हो अन्तै हुनुहुन्छ जरुरी रहेको छ ।

अन्त्यमा समस्या चुनौती र अवसर आरोह अवरोह बाजा बजाएर आउने कुरा होइन यिनीहरूको सहि रुपमा समाधान तथा पहिचान गर्न सक्नु नै आजको आवश्यकता र एक्काइसौं शताव्दीको मानवीय क्षमता तथा गुण हो अब सम्पूर्ण अभिभावक विद्यार्थी शिक्षक कर्मचारी प्रशासन नागरिक समाज समाजसेवी विभिन्न सामाजिक अभियान्ता स्थानीय सरकार प्रदेश सरकार विभिन्न गैरसरकारी तथा सरकारी song sasta का प्रतिनिधि र केन्द्रीय सरकार  र  मातहतका निकायले समयमै सहर तथा प्रभावकारी पहलकदमी गरे नेपालको विद्यालय शिक्षामा प्रविधीको प्रयोग गर्न सकिन्छ कुरो हो यतिमात्र हो यसको जोखिम लिने कि नलिने भन्ने हो भनिन्छ  जसले जोखिम वहन गर्न सक्दैन उसले फाइदा तथा अवसरको इच्छा प्रकट गर्नु home दिवा सपना मात्र हो भनेजस्तै समयमै सही तवरले अघि बढ्न नसकेमा सफलता प्राप्त गर्न सकिंदैन त्यसैले यो एकदमै उचित समय हो यसले नै समाजमा व्याप्त रहेको हुनेखाने र हुँदाखाने बिचको असमानताको अन्त्य गर्न सक्छ जबसम्म शिक्षा स्वास्थ्य र रोजगारीमा असमान्ता रहन्छ तबसम्म समानता र समताको कुरा गर्नु अर्थ मात्र हुने गर्दछ ।

चर्चामा

सम्बन्धित समाचार