शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • जातका कुरा गर्ने हरु देशका लागि घाती र घातक प्राणी हुन

जातका कुरा गर्ने हरु देशका लागि घाती र घातक प्राणी हुन

  • मङ्लबार, जेष्ठ १३, २०७७
जातका कुरा गर्ने हरु देशका लागि घाती र घातक प्राणी हुन

माया सहज छैन, मन परेको मान्छे संग जीवन मिसाउन गरिएको त्याग तपस्या, कल्पनामा मडारिएका ति रंगिन सपना, लुकेर गरेको गफ च्याटको रिप्लाई कुर्दै अनिदो बसेका रातहरु, पहिलो भेटमा जुधेका आँखाहरु मात्र प्रेमका लागि जिन्दगी जिउने सम्बन्ध सिमित रहेन अन्तरजातिय प्रेम समाजलाइ पचेन अक्सीजन जतिकै हो प्रेम माया ले मानिसलाई एक किसिमको बाँच्ने उर्जा दिन्छ। माया नै धर्म हो, शक्ति हो अनि शान्ति पनि, हो प्रेमको नाममा कसैको जीवन औसीको रात जस्तो अन्धकार नबनोस, रुकुममा दलित समुदायका युवा लाई अन्तरजातिय प्रेम सम्बन्धका कारण प्राण कसैको सिकार बन्नु पर्यो निर्दोस मन मुटुहरुको खुसीमा तुसारापात नहोस कतिपय प्रेमका यात्राहरु बीच बाटोमै बिलाउने गर्छन तर यसको अर्थ संसार सक्किएको होइन, शायद तपाइलाई धेरै माया गर्ने अर्कै पात्र अन्तै कतै पर्खाइमा हुनसक्छ।, एकोहोरो चाँहदैमा पागलपन देखाऊदैमा, जवर्जस्ती त्यो माया हैन अपमान हो, अपराध हो। माया अचानक एउटा मुटु बाट अर्को मुटुमा जोडिने गितारको तार हो जब यो बज्न थाल्छ संसारका सबै चिज फिक्का लाग्न थाल्छ त्येसैले प्रेम सम्मान हो, विश्वास हो। अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् कहिले भुल्न नसकिने घटना घटेको छ हाम्रो समाजमा साचो प्रेमका कारण प्राणको सिकार गणतन्त्र नेपालका युवा  मान्छे भएर मान्छे हुनुको महशुस गर्न पाईयोस ।

अन्तर्जातिय प्रेम सम्बन्धका कारण दलितको मृत्यु कहिले सम्म !!
रोटीको भन्दा प्रेमको भोक मेटाउन धेरै कठिन हुन्छ

देशमा संविधान र कानुन छ भन्ने कुराको महशुस गर्न पाइयोस् ।सामाजिक कुरिति र कुप्रथाले दलितको मृत्यु कहिले सम्म सरकार कानुन र नीति घोषणा र तय मात्र होइन सम्बन्धीत स्थानमा कार्यनोयन होस  “प्रेम”एऊटा कहानी भयो”सम्बन्ध माथि दुश्मन निस्किए”अठोट् थियो प्रेम लाई सम्बन्धमा गास्ने तर नहुदै भईदियो प्राण हत्या”प्रेम सम्बन्ध का हत्याराहरू हदै सम्म को कारर्बाही होस!!निर्दोष नवराज र उनका साथि लाई न्याय मिलोस्!बेपत्ता पारिएका उनका साथिहरूको खोजी होस सकुशल उद्धार होस
प्रेम सम्बन्धहरु आफ्नो लागि भन्दापनी आफ्ना प्रेमी/प्रेमिकाका लागि बढी बाँचेका देखिन्छन् #तिमी बाँच्यौ प्रेमिकाका लागि र मर्‍यौ पनि उसैका लागि। मलाइ लाग्दैन तिमिले उसको आकर्षणमा आफ्नो ज्यान दियौ,यो त प्रेम प्रतिको बलिदान हो सम्पुर्ण प्रेमि मनहरुका लागि। प्रेमको साश्वततालाइ मृत्युले पुष्टि गर्छ कि जिवनले..? आज मेरो ब्यात्तिगत जीवन निहालेर हेरे  अधिकार ठेलिमा लेखेर मात्रै हुदो रहेछ त ?
मुक्ति कसैले तिमिलाइ उपहार मात्र दिएको हो ?जसले आफू अनुकुल बनाओस? विभेद,छुवाछुत मुक्त घोषण गर्दैमा सकिन्छ र महसुस गर्न पाउनु पर्दैन? के अधिकार कर्मी धेरै भएर,नारा चर्का लगाएर कुनै ठाउँ, कुनै बर्गको स्तर माथी उक्लिने रहेछ त? हामिले थुप्रै क्रान्ति बाट थुप्रै परिवर्तन ल्यायौ जुन जातीय विभेद्र छुवाछुत अन्त्य पनि थियो। के हामिले आजसम्म कथित उच्च जातका मान्छेले आफैले नेतृत्व,आफैले अगुवाई गरि कुनै अभियान चलायौं? दियौ त कथित तल्लो जातकालाइ अधिकार रक्षा का लागि केही ठेक्का जसले उ चिच्याइ रहयो तर परिवर्तन गर्ने सामर्थ्य जुटाउन सकेन। सक्थ्यो भनेत रुकुममा यस्तो बीभत्स सुन्नु,देख्नु र भोक्नु पर्दैन थियो समस्या कथित ठूलो जातमा छ भने किन ठुला भनिएका जात भित्र बाट यसलाइ अन्त्य गर्ने आन्दोलन हुदैन,गर्नु पर्दैन?
एकथान संबिधानमा केही अधिकार लेख्दैमा विभेद,हिंसा,छुवाछुत,अपराध सकिदैनन जब महसुस गराउन सकिँदैन। #लड्नुपर्छ र जित्नको लागि एकपटक भन्दा बढी पटक लड्नु पर्ने हुनसक्छ #थ्याचर …. तिमी लड्यौ र हामि फेरि एकपटक लड्नु पर्नेछ मुक्तिका लागि।
मेडिकल भाषामा उतारचढाव हुनु जिवित हुनु हो,जब मनिटरमा लाइन सिधा हुन्छ त्यो मर्‍यो। यतिबेला समाज उतारचढावमा छ त्यसैले जीवन छ तर त्यो अब निमुखा, बिपन्न,दलित र कमजोरका विरुद्ध होइन अन्याय बिरुद्ध हुनेछ। तिमिले बोकेको झण्डा नेपाली,टोपी नेपाली,मन नेपाली,तिमी नेपाली र कसरी तिमी दलित? #हार्दिक श्रद्धाञ्जली नबराज… दोषीलाई कडा कर्वाहिको माग गर्दछु।
#मान्छे भएर मान्छे हुनुको महशुस गर्न पाईयोस ।
देशमा संविधान र कानुन छ भन्ने कुराको महशुस गर्न पाइयोस् ।सामाजिक कुरिति र कुप्रथाले दलितको मृत्यु कहिले सम्म जातिय विभेदलाई अन्त्य गर्न नेपाल सरकारको जवाफदेहितामा सम्बन्धीत सरोकारवाला र समाज परिवर्तनको आवाज उठाउनेहरुको पहल आवश्यक छ।

विभेद सबै समुदायलाई नभएपनि यो दलित समुदायलाई सबै समुदाले गर्ने विभेद हो। हिजो भन्दा आज देशको परिवेश बदलिएकोछ। समाज देशको मुहार फेर्न अनावरत खटिरहेका देश प्रेमीहरुको मन फेरियको छ । गन्तब्य बदलिएको छ । त्यसैले महिलाको विषयमा महिला , दलितको विषयमा दलित , जनजातिको विषयमा जनजाति, माधेशीको बारे मधेसी, आदिवासीको बारे आदिबासी र अपाङ्गको बारे अपाङ्ग मात्रै बोल्ने होईन । यहाँ समज रुपान्तरणको यात्रा मा समृद्ध नेपाल खुशी नेपाली भन्ने सपना बोक्ने आम सरोकारवालाको समुन्वय र सहकार्य संगै पहलकदमी आवश्यक छ। त्यसकारण समाजमा जडा गाडेर रहेको जातिय विभेद अन्त्य गर्न सबैको उत्तरदायित्व रहोस। यस्तै जाति शिभेदले गाउँ देखि शहर सम्म दलितहरुले यो गणतान्त्रिक मुलुकमा आफ्नो परिचय भन्न नपाउनु यो गणतान्त्रिक मुलुक कै बेज्जत हो। यो सामाजिक मर्यादा र समाजिक सदभाव विरुद्धको संस्कारले मानविय सदभावलाई हिंसामा परिणत गरेको छ। कहिले मन्दिर पसेको निहुमा कहिले धारा छोएको निहुमा अनि कहिले प्रेम विवाह गरेकै निहुमा दलित विभेदको शिकार मात्र होईन चरम यातना बाट हत्या गरिएका घटना बाहिरहेका छन। आज त्यसैगरि नवराज विक को प्रेम सम्बन्ध कै कारण हात्या गरिएकोछ। अब यो नेपाली समाजमा यो अन्या यो समाजको अत्याचार, दमन र थिचोमिचो कहिले सम्म सहेर बस्ने सरकार ? अब नवराज विक का हत्यारालाई आजिवन कैदको सजाय हुनु पर्दछ अब अति भो सरकार दलित समुदायलाई स्वतन्त्र मानव अधिकारको प्रत्याभूत तुरुन्तै गराउ

चर्चामा

सम्बन्धित समाचार