शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचित्र संसार
  • चोरहरूको नयाँ दाउ, टाउकोमा खरबुजाको मुकुण्डो

चोरहरूको नयाँ दाउ, टाउकोमा खरबुजाको मुकुण्डो

  • बुधबार, जेष्ठ ७, २०७७
चोरहरूको नयाँ दाउ, टाउकोमा खरबुजाको मुकुण्डो

एजेन्सी– चोरका अनेक शैली हुन्छन् । तर बढी बाठो बन्न खोज्दा कहिलेकाहीँ नराम्रोसँग फस्छन् चोरहरू ।अमेरिकाको भर्जिनियामा एउटा यस्तै घटना भएको छ ।

भर्जिनियामा एउटा पसल लुट्नका लागि अनौठो पहिरनमा दुईजना चोरहरू पसलमा छिरे । शनिबार लुइसा पुलिस विभागले फेसबुकमा ती दुई चोरको फोटो सार्वजनिक गर्‍याे । त्यसपछि चोरको त्यो फोटो भाइरल बन्यो सामाजिक सञ्जालमा ।

पुलिसका अनुसार ती दुई चोरहरू एक कालो रङको टोयोटा ट्रक चढेर आएका थिए र ट्रकबाट ओर्लिएर पसलभित्र लुट्नका लागि छिरेका थिए ।

ट्रकबाट ओर्लिंदा नै उनीहरूले अनुहारमा खरबुजाको मुकुण्डो लगाएका थिए । ती चोरहरूले ह्यालोविन पर्वमा जस्तै खरबुजाको बोक्रामा आँखाको प्वाल बनाएर मुकुण्डो लगाएका थिए ।

खरबुजाको मुकुण्डो लगाएका ती दुई चोरहरू पसलमा लुट्नका लागि छिर्नुअघि पसलअगाडि उभिएर फोटोसमेत खिचाएका थिए । रातको साढे ११ बजे उनीहरू पसल लुट्नका लागि भित्र छिरेका थिए ।

पुलिसले फेसबुकमा सार्वजनिक गरेको चोरहरूको तस्वीर भाइरल बनेसँगै हजारौँ मानिसहरूले लाइक तथा कमेन्ट गरे । एकजना फेसबुक प्रयोगकर्ताले त चोरी हुनुभन्दा केही घण्टा अगाडिको भन्दै ती दुईजना चोरको तस्वीर नै कमेन्टमा पोष्ट गरिदिए । त्यो तस्वीरमा समेत ती दुई चोरहरूको पहिरन उस्तै थियो ।

प्रहरीले सोही तस्वीरसमेतको आधारमा ती दुई चोरहरूलाई पक्राउ गर्न सफल भयो । गत मे ६ का दिन चोरी भएकोमा गत शनिबार ती चोरहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार