बिहिबार, बैशाख १३, २०८१

बाल मज्दुर

  • आइतवार, जेष्ठ ४, २०७७
बाल मज्दुर

 दिउसोको प्रचण्ड घामले सडकमा पोतेको कालो पग्लिएको थियो।मानिसहरु आ-आफ्ना घर भित्र ओटलागेर बसेका थिए।यता बाल्टिबाट पानी ओसार्दै भाईर राखेको एउटा टंकि भर्दै थियो।एउटा खुट्टा खोच्याँङ्ग पार्दै बल्ल बल्ल हिँडेकोले अनुमान लगाउँन गारो पर्दैनथ्यो उस्को खुट्टामा घाउँ भएको।

बिस्तारै उस्ले पानिको टंकि भरेपछि टंकिको नजिकै राखेको एउटा पिर्कामा बस्छ र यति बेर सम्म ग्रहाकले खाएका झुट्ठा भाँडा खकाल्छ। साहिद उस्का खुट्टा लाई साबुनको पानीले गलाएर ईन्फैक्शन भएकोहोला।दिउसोको करिब एक बजेको थियो,जिटो रोडमै भयको यो रोटिको ढाबामा अत्याधिक भिड हुँन्थ्यो।यो बेला ग्रहाकहरु निरन्तर आउँने जाने गर्दै थिए।

सानो फुच्चे केटा कलिलो उमेरमा आमाको काखमा खेल्ने अबस्थामा बाल मज्दुर बनेर भाँडा खगाल्दै थियो।सारा दिन पानि मा बसेर काम गर्दा उस्का हात खुट्टामा हिलोले खाएको जस्तै घाउ भयका थिए। सेते ले नेपाल बाट आएपछि का चारमैना जति लगातार यँहि पिर्कामा बिताएको थियो।रात्रिमा काम सकेर सुत्तनु भन्दा पहिले थापा जी उस्लाई तेल र बेसार तातो गराएर लगाउँन दिन्थे।ताकि घाउँमा झिँगा बस्न नपाउस अनि घाउ छिट्टै निको हौश भन्ने उदेश्यले उन्ले गरेको प्रयासपनि फलदाई भैन,किनकी घाउ बढ्दै थियो। न्युन्तम ज्याला अनि यस्तो तुच्छ काम गर्न सेतेको बाध्यतानै थियो।

हुँन ता थापालेपनि पहिले छे महिना यस्तै भाँडा माजेर बिताएको बताउँथे पछि उन्ले मसाल्चिको काम र कुक को हेल्फर हुँदाको दुखःपनि कहिले कसो सेतेलाई सुनाउँथे। उन्लाई कुक बन्न धेरै समय लागेको थियो तर अहिले उन्लाई सबैले उस्ताद जी भनेर ईज्त सँग बोलाउँथे मालिकलेपनि उन्को बिस्वास गर्थ्यो। मालिकलाई त काम प्यारो हो थापाले सबै काम तरकारी पकाउँने अनि तन्दुरमा रोटि सेक्ने लगायतका काम गर्थे।उन्का हात दरिला आगालेपनि झ्यास्सै नपोल्ने छालापनि सुन्ह भएको थिए।

यस्तो घामको बेलापनि उनि भट्टिकै नजिक हुँन्थे। सेते बिहानै छे बजे उठेर भट्टि पोत्ने अनि तन्दुर बाल्ने,र आफुले भाँडा खकाल्न लाई पानीको टंकि भर्ने साथै टपमा पानि पिउँनको लागि भरेर राख्ने गर्थ्यो।पहिले पहिले त लगातार तिन चार घण्टा सम्म पिर्कामा बसेर उठ्न धउ-धउ हुँन्थ्यो अहिले भने बानि परिसकेको थियो।

थापा जी ले सेते लाई राम्रो गर्थे कैले कसो खाने बेला साउको नजर छलेर मासुको झोल पनि सुटुक्क दिन्थे।मालिक अलि कन्जुश स्वभाबको थियो सेते ले रोटि लिएर जाँदा पनि कोखे नजरले हेर्दै यति खाई सक्छ उस्तात जी यो केटाले भन्दै निदार चाउरी पार्थ्यो। उति बेला धेरैजसो कोठि र ढाबाहरु चिया पसलमा यस्तै स साना केटाहरु लाई रुचाउँथे।किन भने कामपनि धेरै गराउँन पाईने तलब पनि थोरै दिनुपर्ने,अनि प्रवाशी हरुको यँहा बोल्नेपनि को हुँन्छर उन्लाई हप्काउँनपनि सजिलै हुँन्छ।कयौँ ठाउँमा ता मरेपनि कुनै खोजबिन हुँदैनथ्यो।कसै कसैले बर्षौ कजाएर झुठा आरोप लगाई कुटपिट गरेर पनि पठाउँथे कयौँले बधुवा मज्दुर बनाएर कसैलाई थाहानै नदिएर कजाई रहन्थे। यँहाका धनी साहु हरुलाई “आँमको आम गुठलिको दाम”भयकै थियो।केहि दिनपछि सेते का हात खुट्टा डम-डम सुनिएर उस्लाई भाईर भित्र गर्न काम गर्न असजिलो भयपछि थापाले मालिक सँग भनेर उस्लाई डाक्ट्रकोमा लैजान्छन।

मालिकले आफै एउटा प्रचि लेखेर थिएकोथियो त्यहि हेरेर डाक्टरले केहि गोलि र लगाउँने निलो झोल दबाई दिन्छ,बिहान बेलुकी लगाउँने अनि खाने भन्छ र पानी बाट खुट्टालाई जोगाउँने सल्हा दिन्छ।तर सेतेको काम त पानिमै गर्नु पर्ने भयकोले औषधीलेपनि त्यति राम्रो काम गर्दैन। केही दिनपछि थापालाई घर जानै पर्ने हुँन्छ र उनि छुट्टि गराएर आफ्नो हिसाब लिएर जान्छन।सेते उनि जाँदा बेचेन र भाबुक भयको थियो एउटै गाउँठाउका नभयपनि एउटै देशका थिए र थापाले गरेको ऐसान सेतेलाई सँझना आउँथ्यो।अब रोटि लगाउँने लोकल उस्तात आएपछि उस्ले सेते लाई देख्नै सक्दैनथ्यो।रोटिपनि मालिकले झैँ कति खान्छस भन्दै हप्काउँ थ्यो।

उस्को त्यो ब्यबहारले गर्दा सेते ले पनि नोकरी छोड्ने बिचार गर्दै थियो।खुट्टापनि उस्तै सञ्चो नभयर दुखःपाएको सेते ले एक दुई दिन औषधि गर्ने बहानामा यता उता हिँडेर नोकरी को पत्तो गर्ने प्रयास गर्दैथियो।किन कि यो भन्दा पहिले उ कतै भाईर जाने समयनै नपाएको बिहान छे बजे देखि रातिको ग्यार बजेसम्म काम अनि त्यसपछि होटेलमै बनेको स्टापको क्वाटरमा सुत्ने गय्रो।थापा छँदा सम्म उस्लाई यति अपठ्यारो लागेको थिएन।दिउँसो काम सकेपछि उ होटेलबाट निस्किन्छ र अहिले घुम्दै हिँड्दा एउटा चियाको पसले ले बोलायो अनि काम गर्छस केटा ?भन्दै सोध्यो सेते ले खुट्टाको घाउ देखाउँदै केहि दिन आराम गर्न भनेकोछ डाक्टरले भन्यो।हो केहि भयन खुट्टा निको भयपछि काम गर्लास यँहा पानिमा काम गर्नु पर्दैन चिया दप्तरहरुमा सर्विश गर्नेहो भन्दै सम्झाउँछ त्यो चिया केन्टिनको मालिकले।अनि क्वाटर माथि छतमा छ खाना पनि मिल्छ भन्दै दफ्तर बन्द हुँनेभयकोले रविवारको छुट्टिपनि मिल्छ।उस्ले यसो भन्दा सतेलाई राम्रो लाग्यो कैन्टिनको काम।तर मन मनै कसरि त्यँहा बाट काम छाडेर यँहा लाग्ने नजिकै यो चिन्ताले सताएकोथियो।

त्यो चियाको पसलमा दुईजना सेते जस्तै नेपाली मज्दुरहरु पहिलि देखिनै छन।तर एउटा छुट्टिमा गयकोरैछ।म हेर्छु काम मा लागेकोछुँ त्यँहा बाट छोडेर आउँछु केहि दिनपछि भन्दै सेते बिदा हुँन्छ।उ खोच्चाउँदै होटेल मा के पुगेको मालिक रिसले आगो भयकोथियो उस्लाई थाहा थियो अब यो खुट्टाको रोगि भयो यो बाट काम हुँदैन भन्ने।काँ गाथिस? नभनेर मालिकले हप्काउँदै सोध्यो!त्यस्तै औषधि लिन गाको हुँ,सेते ले उत्तर दियो।मालिक झन ग्रजियो यस्तरी कामचल्दैन -सेतेको खुट्टा नियाल्दै अब आफ्नो हिसाब लिएर जा खुट्टा निको भयो भने आएस भनेर गल्ला बाट पैसा निकालेर हिसाब गय्रो र उस्को छुट्टि गर्दियो। सेते पनि चुपचाप आफ्नो झोला मा आफ्ना कपडा राखेर त्यो होटेल बाट निस्किन्छ।उ मन मनै खुसिभयको थियो अब त्यो चियाको केन्टिनमा नोकरी गर्न पाउँने भयँ भन्दै।उता मालिक खुसिभयकोथियो आफ्नो चत्तुराईमा सफल भईयो भन्दै।

चर्चामा

सम्बन्धित समाचार