बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • करोड र अर्बकै गाडी लिएर हिँडदैमा देशको इज्जत रहँने हो र ?

करोड र अर्बकै गाडी लिएर हिँडदैमा देशको इज्जत रहँने हो र ?

  • शनिबार, जेष्ठ ३, २०७७
करोड र अर्बकै गाडी लिएर हिँडदैमा देशको इज्जत रहँने हो र ?

नारी हुनाको नाताले देशमा राष्ट्रपति, सभामुख, प्रधानन्यायधीश र उद्योग वाणिज्य महासंघको सभापति महिला भएकोमा कति धेरै गर्व गरेकी थिएँ । अहिले पनि गर्व नै गरिरहेकी छु ।

सार्वजनिक पद धारण गरेका व्यक्तिहरू निकै अनुशासित र आदर्शवान हुनु पर्छ । सिक्ने भनेको ठूलाबाट नै हो । राष्ट्रपति राज्यकै सर्वोच्च पद हो । राष्ट्रपति स्वयं विलासी र आदर्शहीन भए भने नागरिकले पनि त्यही कुरा अनुशरण गर्दै जान्छ ।

जुनबेला देशका सबै नागरिक सुखी र खुसी हुनेछन्, त्यसबेला स्वतः देशको इज्जत सगरमाथाको शिखरसरी चुलिनेछ । जनतालाई निरपेक्ष गरिबीको रेखामुनि भोक भोकै राखेर राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र नेताहरू करोड होइन, अर्बकै गाडी चढेर हिँडे पनि देशको इज्जत रहँदैन।

सम्माननीय राष्ट्रपतिज्यू ! खासगरी किशोरीहरू बलात्कृत हुने र हत्या गरिने मुटु चिमोट्ने समाचारहरू प्रत्येक दिनजसो आइरहेका हुन्छन् । निर्मला पन्तको बलात्कार र हत्याको समाचार त अन्तरराष्ट्रिय नै बन्न पुग्यो । सरकारले बलात्कारी, हत्यारालाई अहिलेसम्म गिरफ्तार गर्न सकेको छैन । खासमा भन्ने हो भने चाहेको छैन । यस दुःखद घटनाले नेपाल र नेपालीको शीर अन्तरराष्ट्रियरूपमै झुक्न पुगेको छ । विश्वसामु हामी नेपालीको बेइज्जत भएको छ ।

“छाउगोठमा सुतिरहेका युवती सर्पले डसेर मृत्यु हुने क्रम अझै पनि रोकिएको छैन । तेजाब आक्रमणको आतंक पनि घटेको छैन। जताततै महिला हिंसाका घटना भइरहेका छन् । हिंसा घट्नुको साटो बढिरहेको छ । असुरक्षाको आतंकले हामी नेपाली नारीहरू मानसिक रोगी बन्दै गइरहेका हुन्छौं ।

बलात्कार, हत्या, एसीड आक्रमण र महिलाहिंसाको त कुरै नगरौं । यी ‘महान काम” कहिले भएको थियो महामहिमयज्यू ? रिसानी माफ होस्। यस्तो बेलामा हजुर पनि नारी हुनाको नाताले हामी नारीहरूको सुरक्षालाई कसरी सुनिश्चित गर्न सकिन्छ, त्यतातिर पो गम्भीर भएर सोच्नु पर्ने होइन र ?

आजकल बैदेशिक रोजगारीमा गएका महिलाहरू अपमानित भएको, लुटिएको, बलात्कृत भएको, मारिएको खबरहरू सामाजिक सन्जाल र बिभिन्न सन्चार माध्यामहरूमा दिनहुँजसो आइरहन्छ । सम्झँदा मात्र पनि मूर्छा परिएला जस्तो हुन्छ । साँच्चै देश हेर्दा कहीँ, कतै चित्त बुझाउने ठाउँ छैन । सम्झेर अहिले पनि मुटु काँपी रहेको हुन्छ। ऐठन पर्दा पनि कहिल्यै यस्तो भएको थिएन ।

अन्त्यमा,

सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूलाई उच्च सम्मानसहित मेरो हार्दिक अनुरोध छ- हजुरले कुनै पनि निर्णय लिनुभन्दा पहिले अाफ्नो देश र जनतालाई केन्द्रमा राख्नुहोस् । हजारौं शहीदहरूको बलिदान, हजुरकै जीवनसाथी, नेपाली जनताका प्यारा नेता मदन भण्डारीलाई सम्झनुहोस् ।

चर्चामा

सम्बन्धित समाचार