शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • प्युठानका ११ जनामा आरडिटी पोजेटिभ

प्युठानका ११ जनामा आरडिटी पोजेटिभ

  • मङ्लबार, बैशाख ३०, २०७७
प्युठानका ११ जनामा आरडिटी पोजेटिभ

प्युठान — प्युठान नगरपालिका– ९ र १० मरन्ठानाको क्वारेन्टाइनमा रहेकामध्ये ११ जनामा आरडिटी पोजेटिभ देखिएको छ । क्वारेन्टाइनमा रहेका २९ जनाको आरडिटीमा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

क्वारेन्टाइनमा रहेको १५ दिन पुगेपछि घर फर्काउने तयारीमा रहेकालाई आरडिटी गर्दा पोजेटिभ देखिएको हो । उनीहरु २० देखि ३८ वर्षीय आठ पुरुष र तीन महिला रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विशाल सुवेदीले जानकारी दिए । आरडिटी पोजेटिभ देखिएपछि उनीहरुसंँगै रहेका २८ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भैरहवा पठाउने तयारी गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार