शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • देश
  • प्रधानमन्त्री ओलीले ११ बजे सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले ११ बजे सम्बोधन गर्ने

  • मङ्लबार, चैत्र २५, २०७६
प्रधानमन्त्री ओलीले ११ बजे सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरेका तयारीलाई लिएर देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले विहान ११ बजे सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।

प्रधानमन्त्रीले सोमबार बसेको मन्त्रिपरिषद बैठकमा महामारीका रुपमा रहेको कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचारबारे सरकारले अहिलेसम्मका गरेका तयारी र कार्यायोजनाबारे आफूले सम्बोधन गर्न लागेको जानकारी गराएका थिए । सम्बोधनका क्रममा प्रधानमन्त्रीले स्वास्थ्यकर्मीलाई निर्धक्क भएर उपचार कार्यमा संलग्न हुन र सर्वसाधारणलाई सचेत रहन आग्रह गर्ने बुझिएको छ । #राताेपाटि

चर्चामा

सम्बन्धित समाचार