शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • दिल्लीदेखि हिँडेरै घर जाँदै थिए, बाटैमा ज्यान गुमाए

दिल्लीदेखि हिँडेरै घर जाँदै थिए, बाटैमा ज्यान गुमाए

  • सोमवार, चैत्र १७, २०७६
दिल्लीदेखि हिँडेरै घर जाँदै थिए, बाटैमा ज्यान गुमाए

गत बुधबारदेखि भारतभर लक डाउन छ। विश्व महामारीका रूपमा फैलिरहेको कोभिड-१९ संक्रमण रोक्न नरेन्द्र मोदी सरकारले १ अर्ब ३० करोड मानिसलाई घरभित्र बस्न भनेको छ। तर घरभित्रै बस्ने कहाँ सजिलो छ र! भारतभित्र विभिन्न राज्यका लाखौं मजदुर ज्यालादारी काम गर्न विभिन्न सहरमा जान्छन्। लक डाउन भएपछि काम रोकियो। २१ दिनसम्म सहरमा बस्न उनीहरूसँग न पैसा हुन्थ्यो न खाना। घर फर्किनलाई रेल बस सबै बन्द।

केही उपाय नपाएपछि केही मजदुरहरूले सयौं किलोमिटर लामो बाटो पैदलै नाप्न थाले। यसरी हिँडेरै घर जानका लागेका एक जनाका युवा भने बाटैमा रोकिएका छन्। दिल्लीदेखि हिँडेका ३८ वर्षीय रनवीर सिंहको बीच बाटोमै मृत्यु भएको हो। मध्यप्रदेशको मोरिना जिल्लाका रनवीर घर पुग्ने आशामा दिल्लीबाट २०० किलोमिटर हिँडिसकेका थिए। तर घर पुग्न १०० किलोमिटर बाँकी नै रहँदा शनिबार उनको मृत्यु भयो। रनवीरसँगै अन्य दुई जना पनि सँगै हिँडेका थिए।

हिँड्दाहिँड्दै उनले साथीहरूलाई आफ्नो छाती दुखेको बताएका थिए। केहीबेरमा त उनी बेहोस भए। त्यसकै केहीबेरमा उनी बेहोस भए। उनको हृदयघातका कारण मृत्यु भएको बताइएको छ। लकडाउनका कारण दिल्लीमा रहेका हजारौं मजदुरहरू घर फर्किएका छन्। त्यसमध्ये हिँडेर घर जाँदा मृत्यु भएको यो पहिलो घटना भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। ‍सेताेपाटीबाट 

चर्चामा

सम्बन्धित समाचार