शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • नोवेल कोरोना भाईरस रोग ( COVID-19) सम्बन्धी संक्षिप्त जानकारी

नोवेल कोरोना भाईरस रोग ( COVID-19) सम्बन्धी संक्षिप्त जानकारी

  • आइतवार, चैत्र १६, २०७६
नोवेल कोरोना भाईरस रोग ( COVID-19) सम्बन्धी संक्षिप्त जानकारी

अहिले गाउ घर सबैतिर चर्चा केवल कोरोना भाइरसको छ । सबै जनताहरु भयभित छन सचेत हैन सबैजना त्रसित छन । कतिवटा गाउहरुमा स्वस्फूर्त रुपमा आफैले गाउमा अरुलाइ प्रवेश निषेध गरेका छन । कतिले आगन अघाडी कोइला खन्दै लगाउदैछन । भारतबाट आएका ब्यक्तिहरुलाइ भेट्न पनि डराइरहेका छन यश अवस्थाम यो कोरोना भाइरसको सम्बन्धमा म जानकारी दिन चाहान्छु । यस भाईरसले गर्ने रोगको नाम कोभिड १९ नामकारण गरिएको छ । यो रोग विश्वमा सबैभन्दा पहिला चीनको हुबेइ प्रान्तको वुहान शहरमा देखापरेको थियो त्यस ठाउमा बिरामिहरु खोकी लाग्ने, ज्वरो आउने लगायतका समस्याहरुबाट बिरामीलाई एक्कासि स्वासप्रस्वासमा समस्या देखिने र मृत्यु हुने समस्या देखिएको थियो  ।  त्यस पश्चात कोरोनालाई विश्व स्वास्थ्य संगठनले नै विश्वव्यापि महामारीको रुपमा घोषणा गरेको छ। यो अहिले विश्वका करिब सबैजसो मुलुकहरुमा फैलिसकेको छ । विश्व नै अहिले कोरोनाको प्रकोपसङ सङर्सरत छ  । अहिले सम्म यसको उपचारका निम्ति भ्याक्सिन त्यार भैसकेको छैन र कहिले सम्म हुन सक्छ भन्ने पनि अनुमान गर्न गार्हो छ । त्यसैले अहिले सम्पुर्ण जनताहरुले सुसज्जित भइ यसको रोकथामका निम्ति नेपाल सरकार विश्व स्वास्थ्य संगठनले भने अनुसार नै सामाजिक र शारीरिक दुरी बढाएर र घरमै बस्ने र यस्का लक्षणहरु देखिएमा नजिकैको स्वास्थ्यचौकीमा सम्पर्क गरि स्वास्थ्यकर्मीले दिएको निर्देशन अनुसार अघाढी बढ्नु यसको रोकथाम गर्ने महत्वपूर्ण उपाय हो ।
कसरी सर्न सक्छ त कोरोना तपाईं हामीमा 
यो रोग मुख्य गरि संक्रमित बिरामीले खोक्दा, हाच्छिउ गर्दा  छिटाहरु अरु स्वस्थ व्यक्तिको मुख, नाक, आँखामा परेर श्वास(प्रश्वासको माध्यमबाट सर्दछ । संक्रमित बिरामीले खोक्दा हाच्छिउ गर्दा निस्किएको कणहरु बिरामीका वरिपरिका सर(सामानहरुमा पनि धेरैबेर सम्म रहन्छन् र ती संक्रमित बस्तु छोएको हातले नाक, मुख, आँखा, वा अनुहार छोएमा । त्यसैले स्वास्थ्यकर्मीले सबैलाई साबुन पानीले हात घोइराख्ने सल्लाह दिनुहुन्छ ।
कोरोना संक्रमण भएपछि सामान्यतया २ देखि १४ दिन भित्र यसका लक्षणहरु देखा पर्न थाल्छन । त्यही भएर १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । क्वारेन्टाइनका लागि हाम्रो जस्तो स्रोतसाधनको कमि भएको ठाउमा सबैलाइ सरकारले अस्पतालमा राअह्न सम्भव छैन त्यसैले यश परिस्थितिलाई बुझेर जनताहरुले आफैले घरमा नै सेल्फ क्वारेन्टाइन मा बस्नुपर्न्छ र चिकित्सकको सल्लाह अनुसार पूर्वतयारी साथ बनाइएका ठाउमा बस्नुपर्छ ।

महामारीको रुपमा फैलिएको कोरोनाका के के लक्षणहरु देखा पर्छन

१ ज्वोरो आउने (१००.४डिग्री फरेन हाइट भन्दा बढी) — ८८%

२ सुख्खा खोकी — ६७%

३ थकाई लाग्ने,जिउ गल्ने—३८%

४सास फेर्न गाह्रो हुने — १८%

के यी लक्षणहरु देखिएका सबैलाइ कोरोना संक्रमण भएकै हो त ? कसरी चिन्ने कसलाइ कोरोना संक्रमण छ भनेर :-
सबै ब्यक्तिहरुको परिक्षण गर्न सम्भव छैन त्यसैले यो रोग लागेको शन्कास्पद ब्यक्तीलाई माथी उल्लेखित लक्षणहरु देखिएमा वा परिवारका सदस्यहरु कोरोना संक्रमणको जोखिम भएका देशबाट आएअका ब्यक्तिमा यो रोगको परिक्षण गरिन्छ । यो रोग नियन्त्रणका लागि संक्रमीत ब्यक्तिसङ नजिक भएका ब्यक्तिहरुको पहिचान गर्ने, यस्ता ब्यक्तिहरुको परिक्षण गर्ने र परिक्षणमा  संक्रमण पोजेटिभ आएका ब्यक्तिहरुको अस्पतालमा अन्य ब्यक्तिहरुबाट अलग्गै राखेर उपचार गर्ने नै अहिलेको रोकथामको उपाय हो । बिकसित मुलुक जस्तै अमेरिका, बेलायत, चीन, इटलीमा रोगको परीक्षण र उपचार गर्ने साधन(श्रोतको अभाव हुन गएको छ भने हाम्रो जस्तो बिकासोन्मुख देशमा झन यस्ता साधनहरु कम हुनु स्वाभाविक छ । तसर्थ, दुर्तगतिमा फैलिन सुरु नभएको अहिलेको अवस्थामा सामान्य ज्वरो, घाटीदुख्ने, नाकबाट सिगान बग्ने, हाच्छिउँ आउने जस्ता लक्षणहरु सामान्य रुघाखोकी मात्रै पनि हुनसक्छ र यस्ता सबै बिरामीको जाँच गरी राख्नु आवश्यक हुँदैन । हालसम्म यो रोगको कुनै उपचार नभएको हुनाले जटिलता नभएका सामान्य लक्षण देखिएका ब्यक्तिको उपचार आइसोलेसनमा राखेर रेखदेख गर्नुपर्छ तर यश समयमा पनि बिरामिको सन्सर्गमा अनुय ब्यक्तिहरु बस्नु हुदैन। त्यसैले सामान्य रुघाखोकी लाग्दैमा आत्तिनु पर्दैन । यसका लागि घरमै बसेर आफुलाई छुट्टै राखेर ९सेल्फ आइसोलेसन० मा राखेर अरुलाई संक्रमित हुनबाट बचाउन सकिन्छ । तर सामान्य समस्या भएका बिरामीको अवस्था अझै बिग्रिदै गएमा, उच्च ज्वोरो आएमा, सास फेर्न गाह्रो भएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था अथवा अस्पातलमा सम्पर्क गर्नुपर्दछ । उच्चज्वोरो संगै सुख्खा खोकी र सासफेर्न गाह्रो भएपछि भने कोरोनाका निम्ति आवश्यक जाँच गराउनुपर्छ । येदि कोरोना प्रभावित क्षेत्रबाट आएको ब्यक्तिको हकमा छ भने सामान्य अवस्थामा अथवा लक्षणहरु नदेखिए पनि परिक्षण गर्न जरुरी हुन्छ१ साथै कोभिड १९  रोग लागेको बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई यस्ता लक्षण देखिएमा पनि जाँच गराउनु पर्दछ किनकी  यसरी अग्रपंक्तिमा रहेर उपचार गरिरहेका स्वास्थ्यकर्मीबाट अरु मानिसहरुमा रोग सर्ने सम्भावना झन  बढी हुन्छ ।

कहा हुन्छ त कोरोनाको परिक्षण 

यो जाच गर्नका हाम्रो देशमा अहिले सम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशला टेकु काठमान्डौ मात्रै हाल यो जाँच हुन्छ र वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पनि यो सेवा सुरु गर्ने तयारी गरेको छ । यो जाँच गर्नका लागि दक्ष जनशक्ति आवाश्यक पर्ने भएकाले सबै ठाउमा परिक्षण गर्न अहिलेकै अवस्थामा कठिन छ र उक्त व्यक्तिले पूर्ण सुरक्षित ब्यक्तिगत सुरक्षा सामग्री लगाएर मात्रै बिरामीको परिक्षण गर्नुपर्छ । तर अहिले यसरी परिक्षणमा बेला लगाइने ब्यक्तिगत सुरक्षा सामग्रीको अभाव छ ।  बाजुरामा मात्र नभइ  विश्वव्यापी रुपमा यसको अभाव खड्किरहेको छ ।

परिक्षण गर्दा उक्त ब्यक्तिमा संक्रमणभएको पुष्टि भए के गर्ने  र?
संक्रमण पुष्टि भएको खण्डमा उक्त बिरामीलाई आइसोलेसनमा राखिनुपर्दछ र डाक्टरहरुको निग्रानीमा उपचार अगाडि बढाउनु पर्दछ । उक्त ब्यक्ती सङ सन्सर्गमा रहेका ब्यक्तिको पहिचान गरेरौनिहरुमा पनि  आइसोलेसनमा राखेर परिक्षण थालिनु पर्छ ।

सबैलाइ अस्तपातमा राख्न सक्ने स्रोतसाधान हामी सङ छैन त्यसैले आफुलाइ माथी उल्लेखित लक्षणहरु देखिएका ब्यक्तिले स्वास्थ्यकर्मीको सल्लाह अनुसार घरमै आइसोलेसनमा बस्नुपर्छ । कसरी बस्न सकिन्छ घरमै आइसोलेसनमा

संक्रमित व्यक्तिको सम्पर्कमा आएका, संक्रमणको जोखिममा रहेका वा संक्रमण फैलिरहेको स्थानबाट आएका व्यक्तिहरुलाई निश्चित अबधिसम्मका करिब १४ दिनसम्मका लागि आफु बस्दै आएको स्थान वा कुनै निर्दिष्ट गरिएको स्थानमा बस्ने व्यक्तिहरुलाई क्वारेन्टाइन भनिन्छ । घरमा सेल्फ क्वारेन्टाइन बस्दा निम्न कुराहरुमा ध्यान पुर्याउनु पर्ने हुन्छ ।
पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्ने र यो सम्भव नभएमा छुटै ओछ्यानमा सुती रहेको अर्को व्यक्तिसंग कम्तिमा १ मिटरको दुरी राख्ने । आफु बस्ने कोठा आँफै सफा गर्नेऽ छुट्टै बाथरूम, शौचालयको प्रयोग गर्ने र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम, शौचालय आँफै सफा गर्ने ।
घर भित्र साझारुपमा प्रयोग हुने ठाउँहरु जस्तै भान्सा कोठा, शौचालयमा आवत जावत कम गर्ने
काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरुमा नजाने, सार्वजनिक यातायातको प्रयोग नगर्ने र स्वास्थ्य संस्था जान बाहेक अरुकाममा बहिर ननिस्किने
नियमित रुपमा आफ्नो हात साबुन पानीले मिचीमिची २० सेकेण्ड सम्म धुने वा हात सफा राख्न अल्कोहोल युक्त हेन्डस्यनीटाइजर प्रयोग गर्ने । हात नधोइ मुख, नाक, आँखा छुनबाट जोगिने
आफुले प्रयोग गर्ने सामानहरु घरका अन्य व्यक्तिहरुसंग साझा प्रयोग नगर्ने प्रयोग गरेका सामानहरु साबुन र पानीले सफासंग धुने ।
अन्य व्यक्तिहरुसंग प्रत्यक्ष सम्पर्क कम गर्ने र सम्पर्कमा आउनु परेमा कम्तिमा १ मिटरको दुरी राख्नेर एउटै कोठामा पनि मास्क लगाएर मात्र सम्पर्क गर्ने ।
खोक्दा वा हाच्छिउँ गर्दा मुख र नाकलाई टिस्यु, रुमाल वा कुहिनाले छोप्ने र प्रयोग गरेका टिस्यु, रुमाल, मास्क र अन्य सामानहरु छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्ने र साबुनपानीले हातधुने । धोएका लुगालाई घाममा राम्ररी सुकाएपछी मात्र प्रयोग गर्ने ।
क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक रुपमा जाँच्ने र दिइएको फारममा रेकर्ड गर्ने । दैनिकरुपमा १४ दिनको स्वास्थ्य स्थिति तोकिएको स्वास्थ्य निकायमा जानकारी दिने । क्वारेन्टाइनमा रहँदा अन्य केही समस्याहरु भएमा तोकिएको स्वास्थ्य निकायबाट प्राप्त निर्देशनहरुको पालना गर्ने ।
जनताहरुलाइ जनचेतना जगाउने उद्देश्यले यो सामग्री वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका मेडिसिन बिभागका प्रमुख प्रा। डा। सन्जिब कुमार शर्मा सङको सहकार्यमा तयार पारिएको हो । 

चर्चामा

सम्बन्धित समाचार