शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • देश
  • कोरोना रोकथाम उच्चस्तरीय समन्वय समिति बैठकका आठ निर्णय

कोरोना रोकथाम उच्चस्तरीय समन्वय समिति बैठकका आठ निर्णय

  • मङ्लबार, चैत्र ११, २०७६
कोरोना रोकथाम उच्चस्तरीय समन्वय समिति बैठकका आठ निर्णय

काठमाडौं : विश्वव्यापी संक्रमणको रुपमा फैलिएको कोरोना (कोभिड-१९) भाइरस संक्रमणलाई रोक्न सरकारले सीमा बन्द गर्दा अलपत्र परेका नेपालीलाई एक पल्ट प्रवेशको मौका दिइएको छ।

मंगलबार सिंहदरबारमा बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकले यस्तो निर्णय गरेको हो। नेपाल–भारत सीमा नाकामा अलपत्र नेपालीलाई अन्तिम पटक नेपाल प्रवेशको मौका दिने गरी यो निर्णय भएको हो।

सरकारले स्वास्थ्य जाँचपछि नेपाल प्रवेश गर्नेले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए।

‘विशेषगरी दक्षिण नाकामा सयौंको संख्यामा भारतबाट फर्किएका नेपाली अलपत्र परेर समस्यामा परेका देखेका छौँ’, खतिवडाले भने, ‘यी नागरिकको पीडालाई देखेर हामीले अन्तिम पटक प्रवेशको मौका दिने निर्णय भएको छ।’

नेपाल प्रवेश भएपछि क्वारेन्टाइनमा राख्ने विषयमा प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय हुने मन्त्री खतिवडाको बताए।  जनताको स्वास्थ्यका लागि सरकारले गरेको आह्वानलाई सबै नागरिकले अबलम्बन गरेको भन्दै मन्त्री खतिवडाले सबैलाई धन्यवादसमेत दिएका छन्। अन्नपुर्ण बाट साभार

थप निर्णय जस्ताको तस्तै :  

चर्चामा

सम्बन्धित समाचार