शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • मास्क कालोबजारी प्रकरणमा नेबिस‌घ बाजुरा-काठमाडौं सम्पर्क समिती सचिब सहित ८ जना पक्राउ

मास्क कालोबजारी प्रकरणमा नेबिस‌घ बाजुरा-काठमाडौं सम्पर्क समिती सचिब सहित ८ जना पक्राउ

कालो बजारी गर्न जम्मा गरिएको ७८ हजार सर्जिकल

  • आइतवार, चैत्र २, २०७६
मास्क कालोबजारी प्रकरणमा नेबिस‌घ बाजुरा-काठमाडौं सम्पर्क समिती सचिब सहित ८ जना पक्राउ

कालो बजारी गर्न जम्मा गरिएको ७८ हजार सर्जिकल मास्कसहित नेबिसंघ बाजुरा-काठमाडौं सम्पर्क समिती सचिब थुमराज उपाध्याय सहित ८८ जना पक्राउ परेका छन् । काठमाडौंको डब्लुबाट उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

सचिब थुमराज उपाध्याय सँग बाजुराकै नृप कार्की समेत परेका छन् । त्यस्तै पक्राउ पर्नेमा गोदामका मालिक काभ्रेका मिन्टु तामाङ, नागार्जुन २ का अनिश कार्की, उज्जल अधिकारी, काभ्रे रोशी-९ का मानकाजी लामा छन् । यस्तै काभ्रेका गणेश तामाङ र रामेछापका शिव खड्का पनि पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ७८ हजार २ सय ५० वटा सर्जिकलम मास्क बरामद भएको छ । मञ्जुश्री सप्लायर्सले ३/४ रुपैयाँ पर्न एउटा मास्क ३१ रुपैयाँमा दिने र बजारमा ५० रुपैयाँमा बेच्ने तयारी गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । याे खबर अनलाइन बाट साभार गरिएकाे हाे ।

चर्चामा

सम्बन्धित समाचार