शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • आकाशबाट धमाधम जस्ता पाता खस्न थालेपछि स्थानीय चकित !

आकाशबाट धमाधम जस्ता पाता खस्न थालेपछि स्थानीय चकित !

  • बुधबार, फाल्गुन १४, २०७६
आकाशबाट धमाधम जस्ता पाता खस्न थालेपछि स्थानीय चकित !

सोलुखुम्बुमा अचम्मको घ’टना भएको छ । आकाशबाट धमाधम जस्ता पाता खस्न थालेपछि स्थानीय चकित भएका छन् । तर यो पहिलो घ’टना भने होइन यहाँ पटक–पटक आकाशबाट निर्माण सामग्री लगायतका वस्तुहरु खस्ने गर्दछन् ।

अहिले भने २१ थान जस्तापाता खसेका छन् । प्रायजसो यहाँको सबै सामाग्री हेलिकोप्टरबाट बोकिन्छ । ढोका खुल्ला भएका कारण माथिबाट तल सामान खस्ने गर्दछन् वा लोड बढेपछि तल खसाईन्छ यो भने खुलेको छैन । तर यस्तो हुन थालेपछि स्थानीयले हवाइ उडानका कारण आफूहरु अ’सुरक्षित भएको जनाएका छन् ।

आफूलाई अ सुरक्षा भए पछि स्थानीयले प्रहरी प्रशासनसँग गु’हार मागेको भए पनि कुनै सुनुवाई नभएको बताए । पछिल्लो पटक शनिबार मात्र खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ दिङ्बुचेका लागि कार्गोसहित उडेको हेलिकोप्टरबाट जस्तापाता लगायतका निर्माण सामग्री खसेका थिए ।

चर्चामा

सम्बन्धित समाचार