शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • देश
  • सुन अहिलेसम्मकै सबै भन्दा महँगो

सुन अहिलेसम्मकै सबै भन्दा महँगो

  • सोमवार, फाल्गुन १२, २०७६
सुन अहिलेसम्मकै सबै भन्दा महँगो

काठमाडौँ — नेपाली बजारमा सुनको मूल्यले कीर्तिमान बनाएको छ । सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८० हजार ३ सय पुगेको छ । यसअघि आइतबार नेपाली बजारमा सुनको मूल्य ७८ हजार ८ सय पुगेको थियो ।सोमबार एकैदिन तोलामा एक हजार ५ सय रुपैयाँले सुनको मूल्य बढेको हो। तेजाबी सुन भने प्रतितोला ८० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी सोमबार चाँदी प्रतितोला ९२५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला ९२० रुपैयाँमा कारोबार भएको थियो।
पछिल्लो समय विश्व बजारमा हरेक दिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ। यसअघि चीन र अमेरिकाबीचको व्यापार युद्ध तथा अमेरिका–इरानबीच देखिएको द्वन्द्लगायतले उकालो लागेको सुनको मूल्य अहिले कोरोना भाइरसको प्रकोपले प्रभावित भएको बताइएको छ। चीनमा देखिएको कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय बजार प्रभावित बनेपछि पछिल्ला दिनमा विश्व बजारमा सुनको मूल्य उकालो लागेको नेपाल राष्ट्र बैंकका कामु गभर्नर कृष्णबहादुर मानन्धर बताउँछन्। कान्तिपुर दैनिक बाट

चर्चामा

सम्बन्धित समाचार