बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • बुढिनन्दा नगरपालिकाले अनुगमन र भम्रणमा एक बर्षमै ४९ लाख झ्वाम

बुढिनन्दा नगरपालिकाले अनुगमन र भम्रणमा एक बर्षमै ४९ लाख झ्वाम

  • आइतवार, फाल्गुन ४, २०७६
बुढिनन्दा नगरपालिकाले अनुगमन र भम्रणमा  एक बर्षमै ४९ लाख झ्वाम

लक्ष्मीराज पाध्याय– बुढिनन्दा नगरपालिकाले आर्थिक बर्ष ०७५।०७६ मा अनुगमन र भम्रणमा ४९ लाख बढि खर्च गरेको पाईएको छ । बिभिन्न नाममा र कम दिन लाग्नेमा बढि दिन लागेको देखाउदै ४९ लाख ८६ हजार ५ सय ७५ रुपैया खर्च गरेको पाईएको हो । महालेखाको परिक्षकको कार्यलयले आफ्नो प्रतिबेदनमा यो रकम अस्वभाबिक भएको यसलाई नियन्त्रण गर्नमा सुझाब समेत दिएको छ । कार्यलयले निकालेको लेखापरिक्षणको प्रतिबेदनमा १ दिन समय लाग्ने कामलाई पनि २ देखी ६ दिन सम्म देखाई अनुगमन मूल्यांकन खर्च र भ्रमण खर्च लिएको जनाएको छ । प्रतिबेदनमा नियम बिपरित भ्रमण तथा अनुगमन मूल्याकंन खर्च गरेको जनाएको छ । पालिकाको काममा सदरमुकाम मार्तडी भम्रण र पालिकाका वडा सम्मको अनुगमन लगायत अन्य कार्यक्रममा १ दिनको कामलाई ६ लागेको देखाएर रकम लिइएको पाईएको छ । भ्रमण खर्च नियमावलीमा २०६४ को नियम ७(३) सार्वजनिक यातायात चल्ने स्थानमा एकैदिन गई फर्कन सक्ने अबस्था दैनिक भत्ताको २५ प्रतिशत खाचाखर्च र यातायात खर्च पाँउने ब्यबस्था छ । नियम ८ मा सदरमुकाम क्षेत्र वा रात बिताउनु पर्ने गरि खटिएको स्थानदेखी १५ किलोमिटर भित्र आफ्नो र आफनो परिवारको नाममा स्थायी घरबास भएका कर्मचारी एवं पदाधिकारीले त्यस्तो क्षेत्रमा भ्रमण वा कागजमा रहँदा दैनिक भ्रमण भत्ता खर्च नपाउने ब्यबस्था रहेको कोष लेखा नियन्त्रण कार्यलय बाजुराका निमित्त प्रमुख धन बहादुर थापाले वताए । कोष लेखा नियन्त्रण कार्यलय बाजुराका निमित्त प्रमुख धन बहादुर थापाले भने अस्वभाबिक खर्च भएको वताएका छन् । यसलाई नियन्त्रण हुनुपर्ने वताएका छन् । बुढिनन्दा नगरपालिका उपमेयर तथा अनुगमन समितिकि संयोजक सृष्टि रेग्मिले आफुले अनुगमनका नाममा एक रुपैया पनि नलिएको वताईन् । यो भ्रमण खर्च भएको हुन सक्ने कसैले अरुले अनुगमन गरेको भए थाहा नभएको तर अनुगमन समितिले भने त्यो आर्थिक बर्षमा एक रुपैया पनि नलिएको वताएकि छन् । उपमेयर रेग्मिले कुनै पनि जनप्रनिधिले अनुगमनका नाममा रकम नलिएको दाबि गर्छन् । बुढिनन्दा नगरपालिका निमित्त कार्यकारी प्रमुख रामदत्त न्याउपानेले भने यस बारे बुझे जानकारी गर्ने वताए । लेखापाल डिबि ढकाल भने रकम खर्च भएको स्वीकार गरेका छन् । अनुगमन र भ्रमण खर्च दुबैमा उक्क्त रकम खर्च भएको वताएका छन् । गएको बर्ष अलि बढि भएको यो बर्ष केही कन्ट्रोल गर्ने वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार