शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • १ लाख जङ्गली मेलका वोटमा नास्पाती कलमी अभियान

१ लाख जङ्गली मेलका वोटमा नास्पाती कलमी अभियान

  • शुक्रबार, माघ २४, २०७६
१ लाख जङ्गली मेलका वोटमा नास्पाती कलमी अभियान

बाजुरा २४ माघ– बाजुरा जिल्लामा १ लाख जङ्गली मेलका वोटमा नास्पाती कलमी अभियान संचालन गर्ने जिल्ला कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । बाजुरा जिल्लाका सवै स्थानिय तहमा प्रसस्त मात्रामा जंगली मेल पाईन्छन् । आजसम्म मेलको प्रयोग सामान्य दाउराको रुपमा मात्रै प्रयोग भएको पाईन्छ । पहिले पहिले मेलवाट खुदो वनाउने प्रचलन रहेको थियो । तर आज त्यो पनी लोप भईसकेको अवस्था छ । जंगली मेल र नास्पातीको परिवार एउटै भएकोले मेलमा नास्पाती कलमी गरी माथिको वोटलाई सजिलै नास्पाती वनाउन सकिन्छ भने तल मेलको जरानै हुने भएकोले यसमा रोग कम लाग्ने गोडमेल तथा मलखाद प्रयोग गर्नु नपर्ने र लामो समय सम्म टिकाउ हुने र जंगलमा प्रसस्त मात्रामा आफै उम्रीने भएकोले गर्दा जंगलमा खेर गईरहेको मेलको वोटलाई सामान्य व्यवस्थापनमा पनि नास्पाती फलमा रुपान्तरण गरी यसवाट ताजा फल विक्रि जाम तथा जेली वनाउनुका साथै वाँकि नास्पातीवाट बार्जु वाईन तयार गरी विक्रि वितरण गरी सजिलै आम्दानी गर्न सकिने जिल्ला कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिनप्रसाद जैशीले बताएका छन् । जिल्लामा प्रसस्त मात्रामा पाइने मेल भएकोले सवै स्थानिय तहका मेलका वोटहरु भएका गाउँ तथा सामुदायीक वनमा ५ वर्षमा कम्तिमा १ लाख खेर गईरहेका मेलका वोटलाई नास्पाती वनाउने लक्ष्यका साथ यो वर्ष नौ वटै स्थानिय तहका नौ वटा ठाउँमा फागुन पहिलो ह्प्ता वाट १० हजार मेलका वोटलाई नास्पाती वनाउने गरी अभियान अगाडी वढाईएको ज्ञान केन्द्र बाजुराका प्रमुख गोबिन्द्र सिजापतीले बताएका छन् । यसका लागी फलफुल विकास केन्द्र किर्तिपुर काठमाण्डौवाट जापनीज नास्पातीको साईन र दक्ष जनशक्ति ल्याएर यहाँका प्राविधिकलाई कलमी गर्ने तरीकावारे तालिम दिई २७ जना प्राविधिकहरुलाई यो कामका लागि फिल्डमा परिचालन गरिने सिजापतीले बताएका छन् । यो कार्यक्रमलाई अभियानकारुपमा संचालन गर्ने र हरेक वर्ष निरन्तरता दिईने भएकोले हाम्रो यस अभियानलाई सहयोग गर्न र यसरी कलमी गरेका वोटको संरक्षणका लागि स्थानिय समुदायलाई अनुरोध गरेको सिजापतीको भनाई रहेको छ ।

Image may contain: plant, tree, outdoor and nature
कलमी गरेको ३ देखि ४ वर्षमा यी वोटले जव उत्पादन दिन शुरु गर्दछन् तव पहिलो प्रथमिकतामा ताजा फल विक्रि गर्ने र यसरी नवेचिएको वाँकि फललाई संकलन गरी प्रसोधन उद्योगको स्थापना पश्चात जाम जेली जुस र वार्जु वाईन तयार गरी विक्रि वितरण गर्ने योजना रहेकोले स्थानिय तहलाई हाम्रो यो योजना कार्यान्वयनमा सहयोग गर्न अनुरोध गरेको सुचना अधिकारी जैशीको भनाई रहेको छ ।

Image may contain: plant, tree, outdoor and nature
यस कार्यक्रमवाट ३ देखि ४ वर्ष पछि करिव १ लाख नास्पातीका वोटवाट बार्षिक कम्तिमा पनि १ लाख कुईन्टल नास्पातीको फल उत्पादन भई करिव ५० करोड वरावरको ताजा फल उत्पादन हुनेछ भने एउटा प्रसोधन उद्योग मार्फत वार्षिक १ करोड वरावरको जाम जेली जुस र वार्जु वाईनको व्यापार गर्न सकिने सम्भावना रहेको जैशीले पुर्वाअनुमान गरेको बताए । हामीले सम्भावना देखेर मात्रै यो अभियान पुरा हुन सक्दैन यसमा सरोकारवाला सवैको उत्तिकै सहयोग र समन्वय आवश्यक हुन्छ भने कृषकले यसको संरक्षण र व्यवस्थापनको जिम्मेवारी लिनुपर्ने जैशीले बताए ।

चर्चामा

सम्बन्धित समाचार