शुक्रबार, बैशाख ७, २०८१

अद्भुत कालाजग्रा

देउल्याडि नजिक पुग्नु भयो ?  त्यही नजिकै गेट छ मन्दिरको !

  • शुक्रबार, पुस ११, २०७६
अद्भुत कालाजग्रा
बिर बहादुर बिष्ट

सेताम्मे हिउँ भित्र लुकेको कालाजग्रा मन्दिर नभेटे पछि ढम्कनेका स्थानीय संग सोधेर घुँडा घुँडा हिउँ छिचोल्दै गुफा भित्रको ताल हेर्ने धोको पूरा गर्यौँ । जिल्ला सदरमुकाम मार्तडीबाट करिब ६ घण्टाको दुरीमा रहेको चट्टान भित्रको ताल हेर्ने धोको २०७६ पौष १० गते बिहीबार पूरा भयो ।


सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय भुवा पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिएकोले छुट्टी मनाउन ताप्राको हरिनु हेर्न जानेकी कालाजाग्रा ? हाम्रो समूह (बडीमालिका नगरपालिकामा कार्यरत सूचना प्रविधी अधिकृत हेमबहादुर थापा, बाजुरा क्याम्पसका प्राध्यापक बिरेन्द्रबहादुर रावल, विकास शास्त्रका विद्यार्थी एवं पर्यटन शोधकर्ता श्यामभक्त थापा र पंक्तिकार) को छलफल पश्चात कालाजग्रा टुङ्गो लाग्यो । बिहान ८ बजे मार्तडीबाट हिडेका हामी चुथीमा चिया खाएर १२ बजे ढम्कणे पुग्यौँ । रजातोलीमा भुवा पर्वको उपलक्ष्यमा नाईकेस्वर (देउडाखेल) चलीरहेको थियो । ढम्कणेमा निकै स्वादिलो घरेलु चामलको भात, सिमीको दाल, तोरीको साग, अचार लगाएत दही खाएर गन्तव्य तीर लाग्यौ । ऊकालो बाटो । सबै नया ‘ यात्री भएकाले बाटोमा भेटिने स्थानीयसंग सोध्दै ३ घण्टाको अविरल यात्रा पश्चात कालाजग्रा डाँडा पुग्यौँ ।
डाँडा पुगेपछि देखिने सेताम्मे हिमशृङ्खलाले सबै थकाई नामेट गर्दीयो । बडीमालिका क्षेत्र, बुढिनन्दा क्षेत्र, अपि सैपाल हिमाल, सिस्ने हिमाल लगायत हिम शृङ्खलाको लोभ लाग्दो मुस्कुराहटले हेरिरहू लागि रहन्छ । मार्तडी बजार, अछामसम्मका गाउँठाउँ निकै तल देखिन्छन । समुन्द्री सतहबाट ३३५१ मिटर उचाईमा रहेको कालाजग्रा आन्तरिक तथा बाह्य पर्यटकका लागि निकै उपयुक्त गन्तव्य हुने देखिन्छ ।


कन्चन आकाश, सेताम्मे धर्ती अनि डाँफेमुनालको सुमधुर संगीत त्यस क्षेत्रको सुन्दर निधी हो । चट्टान भित्रको ताल संरक्षणका लागि घेरबार गरेकोले तालका विषयमा त्यती जान्न पाइएन । त्यती उचाईमा चट्टान भित्र ताल रहनु निकै रहस्यको विषय छ ।


सरल बाटो भएकोले जो सुकै लाई यात्रा गर्न सहज छ । मार्तडीबाट ढम्कनेसम्म सवारी साधनमा यात्रा गरेर पनी कालाजग्रा जान सकिन्छ । हाल निर्माण भएको बाटो मर्मत गरी प्रचार प्रसार गर्न सके बडीमालिका नगरपालिका भित्रको उचित गन्तव्य बन्न सक्ने देखिन्छ । भोटे जनजातीको भोटेशेलो, आलूका अनेक परिकार, चोयाका भाडाकुण्डा पर्यटकलागि कोशेली बन्न सक्नेछ्न ।

चर्चामा

सम्बन्धित समाचार