बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • १ सय ७३ औं पटक रक्तदान गर्न बिश्वचर्चित रक्तदाता अभियान्ता मैनाली बाजुरा आउदै

१ सय ७३ औं पटक रक्तदान गर्न बिश्वचर्चित रक्तदाता अभियान्ता मैनाली बाजुरा आउदै

  • शनिबार, माघ ४, २०७६
१ सय ७३ औं पटक रक्तदान गर्न बिश्वचर्चित रक्तदाता अभियान्ता मैनाली बाजुरा आउदै

  लक्ष्मीराज पाध्याय/ बाजुरा ४ माघ — १७३ औं पटक रगत दान गर्न बिश्वबिख्यात रक्तदान गर्ने अभियान्ता अर्जुनप्रसाद मैनाली बाजुरा आउने भएका छन् ।
नेपालको पश्चिमी पहाडी भागमा गर्ववती महिलाले अत्यधिक रक्तश्राव भएर हरेक हप्ता जीवन गुमाइरहेका समाचार हेरीरहदा दुख लागेर त्यहाँ पुगेर रक्तदान प्रती सर्बसाधारणलाई हौसला प्रदान गर्न बिश्वबिख्यात रक्तदाता मैनाली बाजुरा आउन बताउनुभएको छ । बाजुरामा रक्तदान गर्न हौसला पछि बाजुरामा रगत नपाको समाचार नसुन्न र बाजुराका युवाहरुले रक्तसन्चार गरेर मात्र ति महिलाहरुलाई बचाउन सकिन्छ भन्ने उदेश्यका साथ बाजुरा आउन लागेको रक्तदादा मैनालीले बताउनुभयो । बाजुरा लगायत सुदुर पहडी जिल्लामा धेरै कम युवाहरुले मात्र रक्तदान गर्ने गरेको र सो क्षेत्रमा आफुबाट हुने सहयोगले केही गर्न सकिन्छ भन्ने उदेश्यका साथ अमेरीकाबाट सिधै बाजुरा आउन लागेको मैनालीले बताउनुभयो क्षेत्रमा युवाहरुले रक्तदान गर्दैनन । गर्ववती महिलालाई उपचार गर्दा गर्दै रगत चाहिदा स्वास्थ्य कर्मी आँफै वा सेना वा प्रहरीले रगत दिएर बच्चाएको धेरै घटना छन । लामो समयसम्म यसरी सबै सुत्केरी महिलाले सेवा पाइरहन सक्दिनन र बाजुराबासीले रक्तदान गर्नुपर्छ भन्ने कुराको हौसला स्वरुप आदा दिनका लागी अमेरीका बाट बाजुरा आउन लागेको उहाले बताउनुभयो ।


म त्यहा रक्तदान गर्न हौषला प्रदान गर्न आउन लागेको छु गर्भवती महिला ले अत्यधिक रक्तस्राव हुदा रगत नै नपाएर अकालमा जीवन गुमाउनु परेको कुरा सुनेँ । दुख लाग्यो रक्तदान गरेर कमजÞोरी भइदैन भन्दै मेरो १७३ औं पटक को रक्तदान बाजुराका बिरामी बचाउन सकिन्छ भन्ने मान्यताले बाजुरा आउन लागेको उहाले बताउनुभएको छ ।


करिब १३ हजार किलोमटिर टाढा बाट आधा दिनको लागी मात्रै बाजुरा आउने कार्यक्रम रहेको रक्तदान अभियान्ता मैनालीले बताउनुभएको छ ।
त्यस क्षेत्रका सम्पूर्ण युवाहरुमा रक्तदान गर्नुपर्छ भन्ने भावना जनाउन जरुरी छ । मेरो घरको परिवारको सदस्यलाई रगत चाहिदा म आँफै दिन्छु भन्ने ज्ञान दिन जरुरी छ । रक्तदान गरेर कम्जोरी भईदैन, स्वस्थ ब्यक्तिले रगत दिन सकिन्छ भन्ने सिकाउन जरुरी भन्ने उदेश्यका साथ रत्तलदान अभियान्ता मैनाली बाजुरा आउने बताउनुभयो ।

चर्चामा

सम्बन्धित समाचार