बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बडिमालिका
  • बालबालिकालाई न्यानो कपडा बितरण

बालबालिकालाई न्यानो कपडा बितरण

  • आइतवार, पुस १३, २०७६
बालबालिकालाई न्यानो कपडा बितरण

बाजुरा १३ पौष — बडिमालिका नगरपालिका वडा न ७ मा रहेको सरोस्वती निम्न माध्यामिक बिद्यालयका १ सय ५० जना बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरिएको छ । सामाजिक सेवा समुहको आर्थिक सहयोग तथा बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायको समन्वयमा न्यानो कपडा बितरण गरिएको हो । बिद्यार्थीहरुलाई पठनपानमा सहज होस् भन्ने उद्धेश्यले स्वेटर टोपी तथा शैक्षिक सामग्री बितरण गरीएको बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।
बडिमालिकाका खवरमा हिउँमाथी पढ्दै बालबालिका भन्ने समाचार सम्प्रेशण पछि सो समुहले बाजुरामा आएर कपडा बितरण गरिएको सो समुहका अभियान्ता सिधार्थ गौतमले बताए ।
सामाजिक सेवा समहले बिकट ठाउमा रहेको बिपन्न परिवारको बालबालिकालाइ न्यानो कपडा बितरण गर्ने अभियान अन्तरगत अनलाइनमा समाचार आयो र ति फोटाहरु हेर्दा अतेन्तै पिडाबोध भएपछी वडा अध्यक्ष पाध्यायको समन्यमा बाजुरा पुगेर सहयोग गर्ने अबस प्रदान भएको समुहका अभियान्ता गौतमले बताए । हाम्रो देशमा गुणस्तरीय शिक्षाको सुभारभ भएको छ भनेता पनि बिधालय अती बिकट अबस्थामा रहेको कुरा न्यानो कपडा बितरण गर्दै देशका बिभिन्न ठाउँमा पुग्ने गरेको उनले बताए । त्यस्ता बालबालिका लाई सहयोग गर्ने उदेश्यले न्यानो कपडा बितरण अभियान बाजुरा सम्म पुर्याउन सहयोग गर्ने बिभिन्न निकायबाट गरिएको समुहले बताएको छ ।
सामाजिक सेवा समूह बाट २०७६ साल असोज ११ गते दोस्रो बार्षिक उत्सबको अबसर पारी सुरु गरिएको १ हजार न्यानो कपडा बितरण अभियान निरन्तर अगाडि बढिरहेको बताए । उक्त अभियान लाई निरन्तरता दिदै २०७६ साल पुस ५ गते कपिलवस्तुमा रहेको ओदावरी माध्यामिक बिद्यालयका १० जना दृष्टिबिहिन बालबालिका र वा.ना.पा.११ मा अबस्थित २ ओटा सरकारी बिधालय आधारभूत बिधालयका र सुर्यदय मा . बि का १५ ÷१५ जाना गरि ३० जना बालबालिकालाई न्यानो कपडा बितरण गरि न्यानो कपडा बितरण कार्यक्रम समापन भइसकेको समुहले बताएको छ । त्यसै कार्यक्रम अन्तरगत बाजुरामा पुगेर १ सय ५० जना बालबालिकाहरुलाई समेत न्यानो लुगा बितरण गरिएको जनाएको छ ।
काठमाण्डौमा बिभिन्न ब्यक्तीले अभियानमार्फत पैशा संकलन गरि बिभिन्न जिल्लाका बिकटका अति बिपन्न बालबालिकाहरुलाई सहयोग गर्दै आएको समुहले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार