शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • ५० जनाले पाए उद्यमशिलता तालिम

५० जनाले पाए उद्यमशिलता तालिम

  • मङ्लबार, असार ३१, २०७६
५० जनाले पाए उद्यमशिलता तालिम

बडीमालिका खवर
बाजुरा ३१ असार
बाजुरा जिल्लाका ९ ओटै स्थानीय तहका बिभिन्न समुदायका ५० जनाले सिप बिकास तालिम प्राप्त गरेका छन् । जिल्लामा रहेका बिभिन्न समुदायका ५० जना महिलाहरुलाइ तालिम दिइएको हो ।
सामाजिक बिकाश मन्त्रालय सुदुरपश्चिम प्रदेश द्धारीकादेबी ठकुरानी महिला शसक्तीकरण कार्यक्रम अन्तरगत जिल्लाका नौ ओटै स्थानीय तहका महिलाहरुलाइ तालिम दिएको बताईएको छ । २०७६ बैशाख १ गते देखी संचालन भएको सिपमुलक तालिम जिल्लाका महिलाहरुलाइ उद्यमी बनाउने उदेश्यले संचालन गरिएको मानब शंसधोन केन्द्र एच आर सी बाजुराका कार्यकारी निर्देशक अग्नी शाहीले बताए । जिल्लामा खुला बिज्ञापन गरी निधारण गरिएको सिमामा रहेका महिलाहरुलाई स्थानीय तहको सिफारीसका आधारमा तालिम दिइएको शाहीले बताए । तालिममा २५ जना महिलालाइ सिलाई कटाई र २५ जना महिलालाई ब्यमौसमी तरकारी खेती सम्बन्धी ३ सय ९० घण्टे तालिम दिएको एचआरसी बाजुराका कार्यकारी निर्देशक शाहीले जानकारी दिएका छन् ।
जिल्लामा रहेका महिलाहरुलाई आत्म र्भिर बनाउनुका साथै आर्थिक रुपमा सवल र उद्यमी बनाउनका लागी सो तालिमको आयोजना गरिएको आयोजकले बताएको छ । तालिमको आज एक कार्यक्रमका बिच सम्पन्न गरिएको बताईएको छ । एचारसी बाजुराका कार्यकारी निर्देशक अग्नी शाहीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि बडीमालिका नगरपालिका नगर उपप्रमख कबिता बिष्ट रहेकी थिइन । कार्यक्रमको संचालन एचआरसी बाजुराका खडक सिहंले गरेका थिए । सिलाई कटाई तालिमको प्रशिक्षक रगंमल नेपाली र जयमती आउजीले तालिम दिएको र गोरख रावल र हिक्मत रावलले ब्यमौसमी तरकारी खेतीको तालिम दिएको आयोजकले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार