शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • हिउँमाथी बिद्यालयको पठनपाठन (फोटो फिचर)

हिउँमाथी बिद्यालयको पठनपाठन (फोटो फिचर)

  • शनिबार, पुस ५, २०७६
हिउँमाथी बिद्यालयको पठनपाठन (फोटो फिचर)
बडिमालिका नगरपालिका वडा न ७ मा रहेको सरोस्वती निम्न माद्यामीक बिद्यालयका बिद्यार्थीहरू तस्वीर : शिक्षक बलबहादुर राेकाया


अघिल्लो बिहिबार रातीदेखी आइतबारसम्म परेको हिमपातका कारण बाजुरा जिल्लाका हिमाली क्षेत्रमा रहेका दर्जन बढि बिद्यालयको पढाई प्रभाबित भएको छ । हिमपातका जिल्लाका हिमाली गाउँपालिका बुढिनन्दा नगरपालिका, बढिमालिका नगरपालिका र गौमुल गाउँपालिकाका अधिकांसं बिद्यालयहरुको पढाई प्रभाबित भएको हो ।


तिन दिनसम्म परेको अविरल वर्षा र हिमपातका कारण बिद्यालयमा पठनपाठन गर्न निकै समस्या भएको बडिमालिका नगरपालिका वडा न ७ मा रहेको सरोस्वती निम्न माद्यामीक बिद्यालयका शिक्षक बलबहादुर रोकायाले बताए । हिउँद सुरु भएसंगै आकाशमा बादल लाग्ने बित्तीकै हिउँ पर्न सुरु हुने यस ठाउँमा हिउदमा धेरै दिन बिद्यालयको पढाई प्रभाबित हुने गरेको शिक्षक रोकायाले बताए ।


हिमाली गाउँपालिकाका र गौमुल गाउँपालिका बुढिनन्दा नगरपालिका र बडिमालिका नगरपालिकाका अधिकासं क्षेत्रमा धेरै हिमपात हुँदा स्कुले बालबालिकालाई विद्यालय जान अप्ठ्यारो भएको जिल्ला शिक्षा समन्वय कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार