शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बुढीगंगा
  • १० बिद्यालयलाई स्मार्ट प्रोजेक्टर बितरण

१० बिद्यालयलाई स्मार्ट प्रोजेक्टर बितरण

  • बुधबार, मंसिर १८, २०७६
१० बिद्यालयलाई स्मार्ट प्रोजेक्टर बितरण

बाजुरा १८ मंसिर । बाजुरा जिल्लाका दश वटा बिद्यालयहरुलाई स्माट प्रोजेक्टर बितरण गरीएको छ । यौनिकताको विषयमा बिद्यालयका किसोरकिसोरीहरुलाई जानकारी दिन प्रोजेक्टर वितरण गरीएको मेरिस्टोप सेन्टरकी माकेटिङ कम्युनिकेसन मेनेजर उर्सूला सिहले बताएकी छन् । प्रोजेक्टर भनोदय मावि, थुमा मावि, मष्टेश्वरी मावि, कैलाशेश्वरी मावि, रत्न मावि, बालमन्दिर निमावि, चोयाकोट मावि सत्यबादी मावि, राजेन्द्र आधारभुत, जाल्पादेबी मावि, दस बिद्यालयलाई वितरण गरीएको सिंहले बताईन ।
प्रोजेक्टर मल्टि प्रपोजको छ । यौनिकताको विषयहरु सबै प्रोजेक्टमा राखिएको छ । नेपाल सरकारले यौनिकताको विषयमा गरेको अध्यान सम्बन्धिका डकुमेन्टहरु सबै राखिदिएको छ । त्यसैबाट हेर्न मिल्ने उनले बताईन ।
प्रोजेक्टर बुढिगंगा नगरपालिकाकी उपमेयर तारा खातीले एक कार्यक्रमाका बिच बितरण गरेको छ । बुढीगंगा नगरपालिका ६ फालासेनमा आयोजीत कार्यक्रममा प्रोजेक्ट बितरण कार्यक्रमा उपमेयर खातीले किशोर किसोरी अबस्थामा शारिरिक परिबर्तन हुने र किसोरकिसोरीहरुमा निराश उत्पन्न हुने हुदा यो प्रोजेक्टरमा भएका डकुमेन्टहरुले शारिरिक परिवर्तन हुने समय र यौनिकताको बिषयको बारेमा जानकारी गराउन महत्वपूर्ण हुने बताईन ।


जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लालबहादुर खड्का, नेपाल पत्रकार महासघ जिल्ला शाखा बाजुराका अध्यक्ष प्रकाश सिंहले सुरुवाती धेरै राम्रो भएको र त्यसलाई निरन्तरता दिनु पर्ने बताए । नेपाल शिक्षक महासघ बाजुरा अध्यक्ष पूर्ण खातीले पाठ्क्रमबाट यौनिकताको बारेमा जानकारी गरिराखेको विषय र थप जानकारीको लागी स्मार्ट प्रोजेक्टरले सहयोग गर्ने बताए । स्मार्ट प्रोजेक्ट वितरण कार्यक्रमा दस वटा बिद्यालयका शिक्षक, बिद्यार्थी र स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमका सहभागीहरुलाई यौनिकताको विषयमा अन्र्तक्रिया गरिएको उर्सुला सिंहले बताईन ।

चर्चामा

सम्बन्धित समाचार