शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • विचार/ब्लग
  •  प्रहरी, देश र जनताको सेबक

 प्रहरी, देश र जनताको सेबक

  • सोमवार, भदौ ३०, २०७६
 प्रहरी, देश र जनताको सेबक
लेखकः उमेश प्रसाद अवस्थी

झट्ट हेर्दा त सजिलो र साह्रै लोभ अनि माया लाग्दो देखीन्छ । तर भित्र त्यती नै जटिल छ,त्यो प्रहरी हो जो आत्मसम्मानका लागी नभई आफ्नो देश र जनताको स्वाभिमानका लागी र सुशासनको प्रत्याभुती जनतालाई दिलाउन तथा देश र जनतालाई आतंकित बन्न बाट आफ्नो ज्यानको बाजी लगाएर पनि बचाउन रात दिन लागी परेको हुन्छ ।

सबैको नजर त्यो व्यक्तिमा परी रहेको हुन्छ, जुन व्यक्ति अरु भन्दा फरकै देखिएको हुन्छ, चाहे त्यो बाहिरी देखावटी रुपमा होस या त्यो भित्री रुपमा होस ।हेर्दा त समाज तथा अन्य मानिसहरुको नजरमा प्रहरी पनि फरकै देखीन्छ होला तर वास्तविकतामा गहिरिएर हेर्ने हो भने प्रहरी वास्तवमा फरक नै हुन्छ । अब यहाँ केही लेख्ने कुराको सुरुवात गर्दा यसको पछाडी प्रश्नवाचक चिन्ह त अवश्य नै आउने छ ।

अब यहाँ बाट सुरु भयो “प्रहरी लाई बिहान उठ्ने बेला देखी बेलुकी सुत्ने बेला सम्ममा एक न एकपटक सबैले सम्झेकै हुन्छ जब(जब समस्या आइलाग्छ तब(तब प्रहरी भन्ने शब्द सबैको मुखबाट आउने गर्छ सामान्य समस्या देखी ठुला(ठुला समस्या सम्म घरमा हुने श्रीमान श्रीमतीको झगडा देखी ठुला(ठुला भद्रभलादमीहरुले निम्त्याउने समस्या र देशको सिमा नाका मिचिदाको अवस्था सम्म सबैले प्रहरीलाई नै खोजि रहेका हुन्छन । एकातिर सरकारी सस्थाको समस्या होस या गैर सरकारी सस्थाको समस्या होस सबैले खोज्ने बाटो प्रहरी नै रहेछ । भने अर्कातिर राजनितिक दलका झण्डा भित्र समेत प्रहरीलाई मुछ्न खोज्दा रहेछन ।”‌

धेरै जसो अग्रपंक्तिमा बसेका व्यक्तिहरुलाई नै थाहा रहेनछ कि नेपाल प्रहरीको पार्टी सिंगो देश हो देश भित्र बसोबास गर्ने सबै नागरिक पार्टीका सदस्य हुन र त्यो पार्टीको झण्डा दाहिने तिर नेपालको चन्द्र सुर्य अंकित र बायातिर प्रहरी संगठनको धानको बाला भित्र खुकुरी डण्डाक्रस मनोग्राम अंकित झण्डा बोकेको हुन्छ भनेर किन बुझ्दैनन् कि नेपाल प्रहरी संगठनमा आवद्ध जुनसुकै दर्जाको व्यक्तिले पनि देश र जनताको जिउधनको रक्षा गर्नको लागी कसम खाएर लागेका हुन्छन भनेर ।

जुनसुकै व्यक्तिले पनि कार्य सम्पादनको शिलशिलामा नेपाल प्रहरी संगठन भित्रका सदस्यहरुलाई हेर्ने नजर राजनितिक ढंगबाट हुदो रहेछ । नेपाल प्रहरी संगठनमा आवद्ध सदस्यहरु जो सुकैले पनि देश र जनताको लागी काम गर्ने गर्दछन् यसकारण नेपाल प्रहरी संगठनमा आवद्ध सदस्यहरुलाई राजनितिक ढंगबाट बुझ्नु सरासर गलत हो । देशको उपल्लो तहमा रहेका व्यक्तिहरुले समेत प्रहरीलाई राजनितिक ढङ्गबाट हेर्ने गर्दा रहेछन अब हामी सबैले बुझ्नु जरुरी छ किनकी प्रहरी सेवाको औचित्य अनि महत्त्व संगै प्रहरी संगठनको समग्रमा आवश्यकताको बारेमा समेत सबैले एक पटक अध्ययन गर्नुपर्ने देखीन्छ । धेरै टाढाको कुरा नगरौ २०७२ सालमा गएको महाभुकम्पको कुरा मात्र गर्दा मेरो आङ नै सिरिंङ भएर आउँछ ।

प्रहरी पनि मान्छे हो प्रहरीको पनी त घरपरिवार हुन्छ होला तैपनी प्रहरीको लगाव यस्तो हुन्छ । जब २०७२ सालमा महाभुकम्प गयो काठमाण्डौ उपत्यका लगायत त्यसका आसपासका केही ठाँउहरु सिन्धुपाल्चोक,गोरखा लगायतका बिभिन्न जिल्लाहरुमा मानविय क्षति ठुलो मात्रामा भयो करिब साढे आठ हजार मानिसको लास एकै चिहान भएको थियो । त्यतिबेला घरमा मरेकी आफ्नी श्रीमति र मरेकी आमाको मुख सम्म पनी नहेरि एकमुठी सास भए सम्म अर्काकी श्रीमती र आमालाई वचाउनका निमित्त पियुठिमा बोक्दै पानिको घुट्को सम्म पनी नपिइ पानिको प्यासले प्याक(प्याक भएर वचाउन हिडेको पनी प्रहरी नै हो ।

२०७५ सालमा बारा लगायतका प्रदेश नम्बर २ का केही जिल्लामा आएको हुरी बतासका कारण पनि करिब ३८ जनाले ज्यान गुमाए आफ्नो घरको छानो उडाई लग्दा समेत जनतालाई बचाउनका लागी खटिएको नेपाल प्रहरीको समस्या कसले बुझिदेला रु अरबौको सरकारी महल र सरकारी सम्पत्ति वचाउनका साथै नागरिकको जिउधनको सुरक्षा गर्न सडकको पेटिमा रात बिताउने पनी त्यही प्रहरी हो ।

देशको स्वाभिमान बचाउन र बिदेशी हस्तक्षेप बाट आफ्नो राष्ट्रलाई बचाउनका लागी सिमानाकामा कटबासको भरमा सुसज्जित हातहतियार संग लडेर आफ्नो ज्यानको बाजी लगाउने पनि त्यही प्रहरी हो जसको लागी हामी हरिहर गौतमलाई सम्झन सक्छौ । आफ्नो बस्ने छानो पनि नहुदा पौषको चिसोमा जस्ताको चिस्यान र जेठको प्रचण्ड गर्मीमा समेत जस्ताको तापमा सुत्न बाध्य भएर पनि आफ्ना देशका जनताको मुहारमा खुशी छाएको हेर्न चाहने पनि त्यही प्रहरी हो ।

सरकारी सम्पत्तिको दुरुपयोग हुनबाट बचाउन देखी भ्रष्टाचार नियन्त्रण गर्नसम्म पनी लागी पर्ने त्यही प्रहरी हो त्यसकारण प्रहरी सेवालाई बुझेर देशको सुशासनलाइ प्रभावकारी बनाउनमा सबैले जोड दिनु आवश्यक छ । देशको सुशासनलाई प्रभावकारी रुपले संचालन गर्ने सकेमा मात्र समुन्नत तरिकाले देशको विकास हुने देखिन्छ ।

लेखक । उमेश प्रशाद अवस्थी जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत प्रहरी जवान छन्। 

चर्चामा

सम्बन्धित समाचार