शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • पाटि पिच्छे भुव पर्व, २१ बर्ष देखी राजनितिक द्धन्दमा गाँउ

पाटि पिच्छे भुव पर्व, २१ बर्ष देखी राजनितिक द्धन्दमा गाँउ

सहोदर दाइभाइ पनि राजनितिक आस्थामा फर फरक भुव पर्वमा सहभागि

  • शनिबार, पुस १२, २०७६
पाटि पिच्छे भुव पर्व, २१ बर्ष देखी राजनितिक द्धन्दमा गाँउ
बाह्रबिसकाे त्रिशक्ति उमाबिमा भुव खेल्दै गरेकाे फाइल फाेटाे

प्रकाश सिंह
बाजुराका खप्तड छेडदह गाँउपालिका २ माटेसाँगुमा भने एउटै गाँउमा पाटि अनुसार फरक फरक भुव पर्व मनाएका छन् । गाँउमा दाईभाइ बिचमा भाइचारा कायम गर्नका लागि मनाउने परम्परागत मान्यता छ, तर माटेशागु गाँउमा भने एउटै भाई फरक फरक भुव मनाइरहेका छन् ।
माटेशागु बस्ने कुल बहादुर शाहि र मोहन ब शाही सहोदर भाई हुन् । बुवा पर्वत शाहिका ति दुई छोरा हुन् । कुल नेकपा पक्षमा छन् भने मोहन नेपालि कागे्रस पक्षमा छन् । कुल शाहि नेकपा समर्थकको भुव पर्व मनाइरहेका छन् भने, मोहन शाहिले कागे्रस पक्षको मा भुव पर्व मनाउन गएका छन् । उनिहरु अलगै भुव पर्व मनाउनुको एउटै कारण हो पाटि फरक भएकाले रहेको नेकपा जिल्ला कमिटि सदस्य गणेश शाहिले वताए । उनिहरु भुव पर्व अलगै मनाउन लागेको २१ बर्ष पुगेको छ ।
उनि जस्तै बिस्न बहादुर शाहि र धन बहादुर शाहि पनि सहोदर भाई हुन् । बिस्न नेकपा र धन कागे्रसमा छन् । एउटै बाबुका छोरा भएपनि भुव पर्व मनाउन भने आ आफनै पाटिको मनाउने ठाँउमा मनाइरहेका छन् । पाटिका कारणले भुवा पर्व जस्तै दशै, पुजापाँठमा अलग अलग सहभागि हुने गरेका छन् । १० बर्ष सम्म त पानि समेत बारबार थियो, जन्ति मलामी समेत अलगै जाने गरेका थियौ, अहिले त्यो केही कम भएको छ, तर चाडपर्व र सामाजिक काम भने अलगै मनाउने गरेको धन शाहिले वताएका छन् ।
२१ बर्ष पहिले गाँउमा नेपालि कागे्रस र तत्कालिन एमाले बिच बिवाद भएपछि उनिहरु गाँउमा मनाउने चाडपर्व देखी सामाजिक काममा समेत अलगै सहभागि हुने गरेका छन् । बिहिबार बाट सञ्चालन भएको भुव पर्व एक साता सम्म मनाउने गरको छन् । गाँउमा कसैले एक बर्ष भित्र बिहे, कसैको छोरा जन्मीएमा र नयाँ घरमा लगाएको भएमा घरमै पुगेर भुव खेल्ने गरेका छन् । अहिले गाँउमा जुन जुन पाटिको छन्, त्यहि अनुसार घरमा गएर खेल्न गरेको स्थानियले वताएका छन् ।
माटेशागु गाँउमा १ सय २३ परीवार बसोवास गर्ने गरेका छन् । ठकुरी बुढा, कटुवाल, सुनार, सार्की र नेपालि जातिको बसोवास रहेको छ । त्यसैमा पनि ठकुरी जातिको बाहुुल्यता रहेको छ । ३८ परीवार गाँउमा नेकपो समर्थक रहेका छन भने अरु सबै कागे्रस समर्थक रहेको सोही गाँउका नेकपा जिल्ला कमिटि सदस्य गणेश बहादुर शाहिले वताएका छन् ।
पहिला सबै कागे्रस थिए । केही परिवार एमाले भएपछि गाँउमा निकै द्धन्द चर्केर सबै कुरा अलग अलगै गर्न शुरु भएको गणेशले वताए । गाँउमा मनाउने मुख्य पर्व भुव, दशै र अन्य पुजापाठ अलग अलगै मनाइरहेका छन् । कागे्रस समर्थक रजवार गोकुल शाहि छन्, भने नेकपा समर्थक लाल बहादुर शाहि रहेको वडाअध्यक्ष मिन बहादुर शाहिले वताएका छन् । कागे्रसले अलगै नेकपा अलगै भुवा चाडपर्व र दशै मनाउछन् । पाटिका कारणले भाइ भाइ समेत अलग अलग सहभागि हुने गरेको स्थानियले वताए ।
सामाजिक काममा ल्याएका भाडाकुडामा समेत कागे्रस र एमाले भनेर नाम लेखीएका छन् । तत्कालिन समयमा नेपालि कागे्रसको तर्फ बाट पदम बहादुर शाहि र एमाले बाट डबल बहादुर शाहिले नेतृत्व गरेका थिए । दुबै जिल्ला स्तरका नेता हुन् । त्यो बेला दुबै पक्ष मिल्नुको साटो झन द्धन्दतिर गएको स्थानिय अगुवा बताउछन् । गाँउमा पाटिका कारणले चर्को विवाद भएपछि विकास निर्माणका काममा समेत अलग अलगै निर्माण भए र विकासमा समेत निकै बाधा भएको स्थानियले बताएका छन् । गाँउमा रहेको देबस्थलिय माबिमा समेत राजनितिक थलो बन्दै गएपछि बिद्यालय बाट एसएली बोर्डमा सहभागि भएदेखी ४ पटक सम्म बिद्यालय निल आउने गरेको बिद्यालयका एक शिक्षकले वताए । बिद्यालयमा पढाई भन्दा राजनितिक हुन्छ, अनि बिद्यार्थी कसरी पाँस हुन्छन् उनले वताए ।
गाँउको बिवाद मिलाउनका लागि पटक पटक प्रयास भएपनि अहिले सम्म मिल्न सकेको छैन् । नेकपा समर्थक नेता गणेश शाहि कागे्रसका कारणले गाँउमा द्धन्द भएको आरोप लगाउछन् भने कागे्रस समर्थक तथा वडा अध्यक्ष मिन बहादुर शाहि भने एमालेको कारण भएको आरोप लगाइरहेका छन् । धेरै पटक गाँउमा झगडा समेत भइरहने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार