शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • पलाष्टिकका भाँडाले लोप हुदै पुख्यौली पेशा

पलाष्टिकका भाँडाले लोप हुदै पुख्यौली पेशा

  • शुक्रबार, पुस ११, २०७६
पलाष्टिकका भाँडाले लोप हुदै पुख्यौली पेशा

बाजुरा ११ पुस । बाजुराका विभिन्न समुदायका पुख्र्यौली पेसाहरू लोप हुने अवस्थामा पुगेका छन् । माटोका भाँडा बनाएर जीविकोपार्जन गर्ने कुमालेहरू, तामाका भाँडा बनाउने टमटा, दूध(दही राख्ने काठका ठेकी बनाउने चँदारा र सुल्पा बनाएर छाक टार्ने जोहो गर्दै आएका गन्धर्वहरूका पुख्र्यौली पेसा लोप हुन थालेका हुन् ।
केही वर्षअघिसम्म बुढगिंगा नगरपालिकाको देवलसैनका ७० परिवार माटोकै भाँडा बनाएर गुजारा चलाउँथे । अहिले गाउँभरिमा मुस्किलले तीन जना वृद्धमात्रैले यो पेसालाई धानेका छन । स्थानीय मनोज कुमाल भन्छन । माटोका भाँडा बिक्री गरेर छाक टार्न कठिन भएकाले पेसा छाड्नुपर्ने अवस्था आएको हो ।’ उक्त गाउँका कुमालहरू बर्सेनी पुख्र्यौली पेसा छाड्दै गएपछि अहिले ६२ वर्षीय गच्चे कुमाललगायत तीन जनाले मात्रै आफनो पुख्र्यौली पेसालाई निरन्तरता दिएको स्थानीयहरु बताउछन ।
कुमालेको पुख्र्यौली पेसा लोपोन्मुख अवस्थामा पुगेजस्तै माँटाका भाँडा बनाउने टमटा समुदायका परिवारहरूले समेत आफ्नो पुख्र्यौली पेसा छाडिसकेका छन् । प्लास्टिकका भाँडाले माटो,तामा र पित्तलका भाँडालाई विस्थापित गरेपछि टमटाहरूको पेसा लोप भएको स्थानीय टेकबहादुर मिजारले बताए ।
चँदाराहरूको ठेकी बनाउने पेसा पनि टमटा र कुमालेहरूकै अवस्थामा छ । छेडेदह गाउपालिकाको जयबाग्यश्वरी,डोगडी, गुदुखाती,आटिचौर,बुढिगंगा नगरपालिकाको जुवापानी,त्रिबेणी नगरपालिकाका बडिमालिका नगरपालिको रजाली लगायतका स्थानमा चँदाराहरूको बसोबास छ । मिहिनेत अनुसारको आम्दानी नहुने भएकाले आफूहरूले पुख्र्यौली पेसा छाड्न बाध्य हुनु परेको बुढिगंगा नगरपालिकाका ९ का भुवाने चँदारा बताउँछन् । ’एउटा ठेकी बनाउन निकै मिहिनेत लाग्छ । मिहिनेतको तुलनामा मूल्य खासै पाइँदैन’, भुवानेले भने।
गन्धर्व समुदायका परिवारहरूले माटोका सुल्पा बनाएर गाउँ,गाउँमा गई बिक्री गरेर छाक टार्ने जोहो गर्थे । बाजुरामा न्यून संख्यामा रहेका गन्धर्व परिवारहरूले सुल्पा बनाउन छाडिसके । जीवनभर सुल्पा बनाएर गुजारा चलाउँदै आएका बुढिगैगा नगरपालिका गोठे गन्धर्व सुल्पा बिक्री हुन छाडेपछि आफ्नो पुख्र्यौली पेसा पनि लोप हुन लागेको बताउँछन्।

चर्चामा

सम्बन्धित समाचार