बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • गाउँपालिका अध्यक्ष पक्राउ

गाउँपालिका अध्यक्ष पक्राउ

  • सोमवार, पुस ७, २०७६
गाउँपालिका अध्यक्ष पक्राउ

बारा । बाराको एक गाउँपालिका प्रमुख सवारी ज्यान मुद्दामा पक्राउ परेका छन् । बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत सवारी ज्यान मुद्दामा पक्राउ परेका हुन् ।

फरार रहेका राउतलाई आज जिल्ला प्रहरी कार्यलय बाराको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विकाशराज खनालले जानकारी दिए ।

जिल्ला अदालत बाराले विसं २०६३ भदौ २९ गते सवारी ज्यान मुद्दामा २९ दिन कैद र रु दुई हजार जरिवानाको फैसला सुनाएको थियो ।

त्यसपश्चात केही समय उनी फरार रहेका थिए । त्यही फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक खनालले बताए ।

चर्चामा

सम्बन्धित समाचार