बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विचित्र संसार
  • २० औं पटक गर्भवती महिलाले उखुबारीमा जन्माइन् सत्रौं बच्चा

२० औं पटक गर्भवती महिलाले उखुबारीमा जन्माइन् सत्रौं बच्चा

  • शुक्रबार, पुस ४, २०७६
२० औं पटक गर्भवती महिलाले उखुबारीमा जन्माइन् सत्रौं बच्चा

दुनियाँमा कहिलेकाहीँ निकै दर्दनाक घटनाहरू हुन्छन् । भारतको कर्नाटकमा हालै एकजना महिलाले उखुबारीमा आफ्नो १७ औं सन्तानलाई जन्म दिइन् । तर विडम्बना त्यो नवजात शिशु जीवित रहन सकेन ।

बीसौं पटक गर्भवती भएकी ती महिलाले जन्माएको उक्त सत्रौं सन्तानको जन्मिनेबित्तिकै मृत्यु भएको थियो ।

समाचार अनुसार ती महिलाको नाम लंकाबाई हो । कर्नाटक राज्यको बिड जिल्लास्थित मझलगाउँमा उक्त घटना भएको हो । उक्त गाउँको उखुबारीमा काम गर्नका लागि महाराष्ट्रबाट उनी गएकी थिइन् ।

ती महिला हालसम्म २० औं पटक गर्भवती भएकोमा १७ वटा बच्चा उनले जन्माएकी छिन् भने तीन पटक गर्भ खेर गएको थियो । तर १७ वटा बच्चा जन्माए पनि अहिले उनले ११ वटा सन्तान मात्रै जीवित छन् । जसमा ९ छोरी र २ छोरा छन् । पाँच सन्तानको भने मृत्यु भइसकेको छ ।
एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार