बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • खप्तड छेडेदह
  • छेडेदह तालमा डुङ्गा सरर..

छेडेदह तालमा डुङ्गा सरर..

  • शुक्रबार, कार्तिक १, २०७६
छेडेदह तालमा डुङ्गा सरर..

कृष्ण ओली
छेडेदह ताल हेर्न जानेहरु छेउमा पुग्ने, फोटो खिच्ने र फर्किने गथ्र्ये । तर आजभोलि ताल हेर्न पुगेका सबैजसो ताल हेर्ने र फोटो खिचेर मात्र फर्किदैनन्, ताल माथिको जलयात्रा समेत गरेर फर्किने गरेका छन् । ताल घुम्न पुगेकाहरुका लागि हाल २ वटा डुङ्गा विहान ९ बजेदेखि नै तयारी अवस्थामा हुन्छन् ।
घुम्नेहरुले तालको सुन्दरता हेरेर मात्र फर्किदैनन्, ताल माथि यात्रा गर्ने र डुङ्गा चढ्दाको आनन्द लिएर फर्किने गरेको खप्तड छेडेदह गाउँपालिका ७ का कार्यबाहक वडा अध्यक्ष लालबहादुर खड्काले बताए । असोज २६ गतेदेखि छेडेदह तालमा डुङ्गा पनि सञ्चालन भईरहेको छ ।


प्रथम छेडेदह महोत्सवको अवसरमा कर्णाली नदीमा र्याफ्टीङ्गका लागि प्रयोग हुने २ वटा आधुनिक डुङ्गा तालमा बोटिङ्ग यात्रामा लागि राखिएका छन् । डुङ्गा नदेखेका र चढ्दा हुन अनुभव समेत नथाह पाएका स्थानीयका लागि रहरको विषय बनेको छ । ताल हेर्दा जति आनन्द लाग्थ्यो त्यो भन्दा बढी ताल माथि डुङ्गामा घुम्दा आनन्द आयो भन्छन्, स्थानीय नवराज रावत ।
सातादिन देखि तालकै संरक्षणका लागि छेडेदह महोत्सव सञ्चालन भईरहेको छ । त्यसैको अवसरमा महोत्सव हेर्न आएकाहरुका लागि तालमा घुमाउन डुङ्गा ल्याएको आयोजक जयमालिका यातायात प्रालिका अध्यक्ष प्रेम नाथ योगीले बताएका छन् ।
तालको संरक्षण गर्नु पहिलो उदेश्य हो, त्यसको आनन्द सर्वसाधारणले विभिन्न प्रकारले लिन सकुन भन्ने उद्देश्यले स्वामिकार्तिक गाउँपालिकासँगको सहकार्यमा डुङ्गा सञ्चालन गरिएको अध्यक्ष नाथले भने । तालमा पहिलो पटक डुङ्गा चढेर सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले उद्घाटन गरेका हुन् ।


छेडेदह जिल्लाकै ठूलो ताल हो । मार्तडी थामलेख सडक खण्डको छेउमै पर्ने र रारा खप्तड पैदल यात्रासँगै जोडिएकोले महिमा बढी छ । तर संरक्षण अभावमा ओझेलमा छ । महोत्सवले तालको संरक्षण र प्रचारमा सकारात्मक प्रभाव पर्ने खप्तड छेडेदह गाउँपालिका अध्यक्ष नरबहादुर रावतले बताएका छन् ।
तल हेर्दा पनि सुन्दर छ, चारैतिर हरियाली, बीच भागमा मनोमहक नै देखिन्छ, त्यसैमा बोटिङ्ग गर्दाको आनन्द छुट्टै अनुभूती भएको भन्छन्, स्थानीय कुम्भ ओली । ओली भारतको मुम्मईबा बस्छन् र दशैका लागि घर आएका हुन् । समुन्द्र माथि डुङ्गा चढेर यात्रा गर्दाको अनुभूति बिर्साएको ओलीले भने ।
गाउँपालिकाले अवदेखि तालमा नियमित डुङ्गा राख्ने तयारी समेत थालेको छ । डुङ्गा चढ्नेको आकर्षण बढेकोले अनिवार्य जस्तै भएको गाउँपालिका अध्यक्ष नरबहादुर रावतले बताएका छन् । छेडेदह प्रमुख गन्तव्य मध्येको एक हो, यसको संरक्षण संरचना निर्माणपछि मात्र हुने भएकोले डुङ्गा अनिवार्य सञ्चालन गर्न आवश्यक रहेको आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले उद्घाटन सहीत यात्रा गर्दा बताएका छन् ।


चाहे भन्दा बढीले डुङ्गामा यात्रा गरेको चालक मदननाथ योगीले बताएका छन् । हामीले अर्को गाउँपालिकाबाट भाडामा ल्याएका हौं, गाउँपालिका आफैले राख्दा राम्रो हुने नाथको सुझाव छ ।
महोत्सव अवधी भर १५ सय बढीले यात्रा गरेका छन् । दैनिक घुम्न आउनेकै लागि भएपनि आकर्षण बढाउन गाउँपालिकाले सुरुवाद गर्न जरुरी रहेको सर्वसाधारणको भनाई छ । डुङ्गामा यात्रा गर्दा बुढाबुढी र महिला बालबालिका बढी खुसी भएका छन् । गाउँमा आधुनिक डुङ्गा चढेर तालमा सरर घुम्दा उनीहरु खुसी छन् ।

चर्चामा

सम्बन्धित समाचार