भरतपुर महानगरपालिका–२९ जुगेडीस्थित नारायणगण–मुग्लिन सडकखण्डमा बसको ठक्करबाट गएराति पैदलयात्रीको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौँबाट रोल्पाका लागि आउँदै गरेको ना४ख २६०७ नंको बसले अन्दाजी २८ वर्षीय पुरुष व्यक्तिलाई ठक्कर दिँदा उनको घटनास्थलमै निधन भएको हो ।
फाइल तस्विर
मृ तकको नाम, थर र ठेगाना खुल्न सकेको छैन । श वलाई परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना राति १२ः३० बजे भएको हो ।
यो पनि पढ्नुहोस : वडा अध्यक्षको निधन
भरतपुर महानगरपालिका–१६ का वडाध्यक्ष चतुर्मान गुरूङको ५८ वर्षको उमेरमा निधन भएको छ । भरतपुर महानगरपालिकाका प्रवक्ता अरूण पीडित भण्डारीका अनुसार गुरूङको बिहान ११ बजे उपचारको क्रममा पुरानो मेडिकल कलेजमा निधन भएको हो ।
गुरूङ क्यान्सर रोगबाट पीडित हुनुहन्थ्यो । उहाँ तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षको उम्मेदवार भई विजयी हुनुभएको थियो । उहाँका एक श्रीमती र तीन छोरा छन् । दुई छोरा विदेश भएकाले अन्त्येष्टिका लागि केही दिन लाग्ने भण्डारीले जानकारी दिनुभयो ।
यो पनि पढ्नुहोस : बसको ठक्करबाट युवकको निधन
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा बसको ठक्करबाट एक युवकको निधन भएको छ । निधन हुनेमा गोरखा शहीद लखन गाउँपालिका–२ घर भई आँबुखैरेनी गाउँपालिका–३ बस्ने २८ वर्षीय यमबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पोखराबाट मुग्लिङतर्फ जाँदै गरेको लु१ख ८००२ नं को बसले विपरीत दिशाबाट आउँदै गरेको बा९९प १४७३ नंको मोटरसाइकललाई आँबुखैरेनी गाउँपालिका–३ बजार क्षेत्रमा ठक्कर दिँदा थापाको निधन भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक महेशराज पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार बसको ठक्करबाट घाइते थापाको स्थानीय छिम्केश्वरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा छन् ।