शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • स्टक
  • पाक्नै लागेको बाली बाेटमै सुक्यो

पाक्नै लागेको बाली बाेटमै सुक्यो

  • बुधबार, अशोज १, २०७६
पाक्नै लागेको बाली बाेटमै सुक्यो
क्याप्सन : बाजुराको स्वामीकार्तिक खापर गाँउपालिका ४ वाईमा खडेरीका कारण सुकेको पाक्नै लागेको अन्नबाली तस्वीरः लक्ष्मीराज पाध्याय

लक्ष्मीराज पाध्याय बाजुरा  १ असाेज  : बाजुराको स्वामीकार्तिक खापर गाँउपालिका ४ वाई गाँउका ४ सय परिवारको पाक्नै लागेको अन्नबाली खडेरीका कारण सुक्न थालेको छ । जिल्लाको पुर्बउत्तर क्षेत्रमा पर्ने स्वामीकार्तिक र हिमाली गाउँपालिकामा सधैका बर्ष जस्तै यो बर्ष पनी पाक्नै लागेको बाली सुक्न थालेको हो । बाजुराको स्वामिकार्ति खापर गाँउपालिका वडा न ४ वाई गाँउका ४ सय परिवारको खेतमा लगाएको धान, मकै, र जनाले लगाएतका बाली सुक्दै आएको छ ।
बाजुराको स्वामीकार्तिक खापर गाँउपालिकाको वाई गाँउमा ४ सय परिवारको वाई जिउलो खेती योग्य जमिन ५ बर्षदेखि पुरै बाँझो रहेको थियो तर यस बर्ष अलीअली पानी परेका कारण खेती गरियो भदौ दोस्रो सातादेखी पानी पर्न रोकीएपछी बाली सुक्न थालेको स्थानीय नबिन गिरीले बताए । गाँउका सबै परिवारलाई त्यही जिउलोबाट उत्पादन हुने गरेको थियो । यस बर्ष त पानी पर्यो खेती हुन्छ सोचेका थियौ तर बोटमै सुकेर गयो स्थानीय गिरीले बताए । तल कर्णाली बगिरहेको छ, माथि पानि अभावमा पुरै जमिन बाँझो रहेको छ, त्यही कर्णालीको पानी हेरेर चित बुझाउनु भन्दा बाहेक अरु केही छैन उनले भने ।
खडेरीका कारण जिल्लाको उत्पादन क्षेत्रका रुपमा चिनिने हिमाली गाँउपालिको धिम, फैती, बोर्ता, स्वामिकार्तिक गाँउपालिको वाई, साप्पाटा, जुकोट गाँउमा रहेका जग्गा पुरै बाँझो रहेको स्थानीय शिक्षक मानबहादुर रोकायाले बताए । बुढिन्नदा नगरपालिका कृषि शाखाका प्रमुख घमण्ड भारतीका अनुसार बाजुराको उत्तरी क्षेत्रमा लामो समय देखी खडेरी कारण अन्नवाली उत्पादनमा निकै गिरावट आएको बताए ।
त्यसै त खाद्य संकट हुने क्षेत्र हो, अर्कोतिर पानी नै नआएपछि त्यो क्षेत्रका बासिन्दा निकै आजित भएका छन् । लगातारको खडेरीका कारण खेतीयोग्य जमिन पुरै खेत बाँझो हुन थालेको छ । खेती योग्य जमिन बाँझै रहेपछि स्थानीयमा चरम खाद्य संकट हुने त्रास बढेको छ ।

चर्चामा

सम्बन्धित समाचार