शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • १ सय ५ परिवारलाई धुवारहित चुलो बितरण

१ सय ५ परिवारलाई धुवारहित चुलो बितरण

  • शुक्रबार, असार २०, २०७६
१ सय ५ परिवारलाई धुवारहित चुलो बितरण

बडिमालिका खवर
बाजुरा २० असार
बडिमालिका नगरपालिका वडा न ७ का १ सय ५ परिवारलाई धुवारहित चुलो बितरण गरिएको छ । बडिमालिका नगरपालिका वडा न ७ को समन्वय तथा बैकल्पीक उर्जा पर्बद्धन कार्यक्रमको सहयोगमा चुलो बितरण गरिएको हो । वडा न ७ को कार्यालयमा एक कार्यक्रमको आयोजना गरि चुलो बितरण गरिएको स्थानीय राम बहादुर धामीले बताए । वडालाई नै धुवारहित बनाउने उदेश्यका साथ कार्यक्रमलाई निरन्तरता दिने बडिमालिका नगरपालिका वडा न ७ का वडाअध्यक्ष धर्मराज पाध्यायले बताए । अहिले वडामा रहेका दलित जनजाती र बिपन्न परिवारलाई मात्र चुलो बितरण गरिएको वडाअध्यक्ष पाध्यायले बताए । यसपछीको नियमित कार्यक्रमले निरन्ताता पाउने भएकोले आउदो दिनमा वडा भरी चुलो बितरण गरेर धुवारहित वडा बनाउन सो कार्यक्रमलाइृ अगाडी बढाएको वडाअध्यक्ष पाध्यायको भनाइ रहेको छ । म स्वास्थ्य मेरो देश स्वस्थ्य सुखी नेपाली समृद्ध नेपाल भन्ने मुल नारालई आत्मसाथ गर्दै वडा स्वस्थ्य बनाउने उदेस्यले चुलो बितरण गरेको बताएको छ ,सरसफाइ धुवारहित चुलो कुपोषण मुक्त स्वास्थ्य जीवन निर्बाह गर्न कसरी सकिन्छ भन्ने बिषयलाई आत्मसाथ गर्दै वडामा सो कार्यको थालनी गरिएको वडाअध्यक्ष पाध्यायले बताएका छन् । सरसफाइ लगायत सामाजिक स्वास्थ्य, ब्यक्तिगत स्वास्थ्य लगायत सरसफाइ र स्वस्थ रहन स्थानिय तहको रणनिति भएकोले यो कार्यले पनी सघाउ पुग्ने स्थानीयले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार